होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • अनेरास्ववीयुले आज मार्तडी बजार र सरकारी कार्यालय बन्द गर्ने
Breaking News

अनेरास्ववीयुले आज मार्तडी बजार र सरकारी कार्यालय बन्द गर्ने

  • नागरिक रैबार
अनेरास्ववीयुले आज मार्तडी बजार र सरकारी कार्यालय बन्द गर्ने

नागरिक रैबार/बाजुरा ६ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा निर्वाचनका दिन भएको घटनाको विषयलाई लिएर नेकपा एमालेको अनेरास्ववीयुले आजपनि सदरमुकाम मार्तडी बजार र सरकारी कार्यालय बन्द गर्ने भएको छ ।

अनेरास्ववीयुका केन्द्रिय सचिवालय सदस्य तथा बाजुराका क्याम्पसका स्ववियु सभापति चेतन अयडीको हत्यामा संलग्नहरुलाई कारवाहीको माग गर्दै अनेरास्ववीयु बाजुराले मंगलबार विहान सदरमुकाम मार्तडीको तुफान डाँडामा टायर बालेर प्रर्दशन सूरु गरेको अनेरास्ववीयुका लक्ष्मण रोकायाले बताएका छन् ।

मतदान सम्पन्नपछि नेपाली काँग्रेसका कार्यकर्ताहरुले अयडीको विभत्स हत्या गर्दापनि सुरक्षाकर्मीहरु टुलुटुलु हेरेर बसेकाले मृतक अयडीको न्यायका लागि आज मार्तडी बजार र सरकारी कार्यालय बन्द गर्न बाध्य भएको अनेरास्ववीयुका रोकायाले बताएका छन् ।

विज्ञापन

त्यस्तै सोही दिन सुरक्षाकर्मीको गोली लागेर सोही वडाका सन्जिव अयडीको पनि ज्यान गएको थियो । अहिले मृतक सन्जिवको शव मतदान स्थलमै राखिएको छ भने चेतन अयडीको शव बयालपाटा अस्पतालमा छ । यता स्थानीय प्रशासनले भने सर्वदलीय बैठक बसेर शवको व्यवस्थापन गर्ने बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार