होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चेतनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै आजपनि बाजुरामा प्रर्दशन
समाचार

चेतनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै आजपनि बाजुरामा प्रर्दशन

  • नागरिक रैबार
चेतनको हत्याका दोषीलाई कारवाहीको माग गर्दै आजपनि बाजुरामा प्रर्दशन

नागरिक रैबार/बाजुरा ७ मंसिर।बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा मंसिर ४ गते राति घर सुतिरहेका अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य नेता चेतन अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेको विषयलाई लिएर बाजुरामा अनेरास्ववियु ३ दिनदेखि आन्दोलित बनेकाे छ ।

चेतनको घटनाको विषयलाई लिएर ३ दिन देखि सदरमुकाम मार्तडी बजार तनावग्रस्त बनेको छ । चेतनको हत्यामा संलग्न रहेका काँग्रेसका कार्यकर्ताहरुलाई तत्काल पक्राउ गरि कारवाही नगर्दासम्म अनेरास्ववियुले बाजुराका विभिन्न ठाउँमा बजार बन्द, सडकमा टायर बालेर आन्दोलन गरिरहेको छ ।

चेतनको विभत्स हत्या भएको ४ दिन वित्न लाग्दा समेत सम्वन्धित निकायले दोषीहरुलाई पक्राउ गर्न नसकेको भन्दै अनेरास्ववियुले आज पनि सदरमुकाम मार्तडीमा रहेका सरकारी कार्यालय, शैक्षिक स‌स्था र बजारहरु अनिश्चित कालका लागि बजार बन्द गरेको छ ।

विज्ञापन

May be an image of 11 people, people standing and outdoors

त्यस्तै नेता चेतन ऐडिका हत्याराहरुको पक्राउमा प्रशासनको नियोजित ढिला सुस्ती विरुद्ध अनेरास्ववियु बाजुराले कोल्टीमा समेत प्रर्दशन गरेको छ । चेतन हत्याका आरोपितहरुलाई कानुनी दायरामा नल्याए सम्म अनेरास्ववियुले बाजुरामा निरन्तर आन्दोलन गरिरहने विद्यार्थी नेता लक्ष्मण रोकायाले बताएका छन् ।

नेकपा एमाले बाजुराले पनि हिजो पत्रकार सम्मेलन गरेर चेतन हत्याका दोषीलाइ कार्वाही नगरेसम्म निर्वाचनका कुनैपनि गतिविधि अगाडि बढ्न नदिने बताएको छ ।

May be an image of 10 people, people standing, fire and outdoors

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार