होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • गौमुल
  • बाजुरामा आईएनएफ नेपालको ७० औं वार्षिकोत्सव मनाईयो
गौमुल

बाजुरामा आईएनएफ नेपालको ७० औं वार्षिकोत्सव मनाईयो

  • नागरिक रैबार
बाजुरामा आईएनएफ नेपालको ७० औं वार्षिकोत्सव मनाईयो

नागरिक रैबार/बाजुरा १३ मंसिर। आईएनएफ नेपाल बाजुरा शाखाले आफ्नो संस्थाको ७० औँ स्थापना दिवस मनाएको छ । बुढिनन्दा नगरपालिका सिबपार्क स्थित नगर सभाहलमा एक कार्यक्रमका बिच स्थापना दिवस मनाएको हो ।

बि.स. २०६९ साल देखी बाजुरामा काम गर्दै आएको आईएनएफ बाजुराले जिल्लामा जिवकोपार्जन, सरसफाई लागयतका कार्यहरु गर्दै आएको छ । संस्थाले हिमाली गाउँपालिकाबाट सुरु गरेका परियोजनाहरु हाल हिमाली गाउँपालिका स्वामिकार्तिक खापर गाउँपालिका बुढिनन्दा नगरपालिका बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा स्वास्थ्य सरसफाई र जिवीकोपार्जन लगायतका परियोजना संचालन गर्दै आएको छ ।

No description available.

विज्ञापन

संस्थाको बार्षिकउत्सवको अवसरमा यस अघि पोखरा, सुर्खेत लगायतका ठाउँमा मनाईसकेको जनाएको छ । आईएनएफ नेपाल बाजुराका परियोजना अधिकृत रुक्साल पण्डित को अध्यक्षतामा संचालन भएको कार्यक्रमका प्रमुख अतिथि बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा रहेका थिए ।

कार्यक्रमको बिषिष्ठ अतिथि सोही नगरपालिकाका उप-प्रमुख राम बहादुर बोहरा रहेका थिए । कार्यक्रममा बुढिनन्दा नगरपालिका सबै वडा अध्यक्ष पत्रकार लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत मन्तब्या आईएनएफ नेपाल बाजुराका सहायक परियोजना अधिकृत बसन्ती बुढा ज्युले गरेककी थिइन ।

कार्यक्रम को संचालन सहायक परियोजना अधिकृत शंकर उखेडा ले गर्नु भएको थियो । आईएनएफ नेपालका कार्यक्रमको स्वागत संगै बाजुरामा हाल सम्म गरिएका कार्यहरु र आगमी दिनमा गर्ने कार्यक्रमका बारेमा समेत जानकारी गराएका थिए ।

May be an image of 5 people

त्यस्तै सो संस्थाको स्थापना दिवस गौमुल गाउँपालिकामा समेत मनाईएको छ । गाउँपालिकामा आज एक कार्यक्रमको आयोजना गर्दै आईएनएफले आफ्नो ७० औं वार्षिकोत्सव मनाएको हो । गौमुलमा मनाईएको आईएनएफको स्थापना दिवसमा संस्थाका प्रतिनिधीहरु, गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकाया, उपाध्यक्ष सिता थापा लगायत वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

May be an image of 4 people, people standing and balloon

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार