होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चेतन हत्या: दोषीलाई कारवाहीको माग गर्दै एमालेको रिले अनशन
समाचार

चेतन हत्या: दोषीलाई कारवाहीको माग गर्दै एमालेको रिले अनशन

  • नागरिक रैबार
चेतन हत्या: दोषीलाई कारवाहीको माग गर्दै एमालेको रिले अनशन

नागरिक रैबार/बाजुरा १४ मंसिर। नेकपा एमाले बाजुराले रिले अनशन सुरु गरेको छ । विद्यार्थी नेता चेतन अयडीका हत्यारा पक्राउ र कब्जा गरिएका बुथमा पुन मतदानको माग सहीत नेकपा एमालेले रिले अनशन सुरु गरेको हो । जिल्ला प्रशासन कार्यालय बाजुरा अगाडि नेकपा एमालेले अनशन सुरु गरेको पार्टी सचिव भरत थापाले बताएका छन् ।

मंसिर ४ गते बुथ कब्जा गर्न नदिएको बाहनामा घर भित्रैबाट तानेर कुटीकुटी हत्या गर्ने अयडीका हत्यारालाई पक्राउ गरिनु पर्ने र प्रहरी प्रशासनकै मिलोमतोमा नेपाली काँग्रेसबाट कब्जा गरिएका बुथहरुमा पुन मतदानको मिति घोषणा गरिनु पर्ने माग सहीत नेकपा एमाले चरणवद्ध आन्दोलनमा रहेको छ ।

२ जनालाई पक्राउ पछि विद्यार्थी नेता अयडीको शव दाहसंस्कार गरेको नेकपा एमाले किटानी जाहेरी परेका २२ जनालाई तत्काल पक्राउ गर्न माग गरिरहेको छ । किटानी जाहेरीमा नाम उल्लेख भएका सबै जनालाई पक्राउ नगरेसम्म र कब्जा बुथमा पुन मतदान नगरिएसम्म आन्दोलन जारी राख्ने अनेरास्ववियुका केन्द्रीय उपमहासचिव नरेश रोकायाले बताएका छन् ।

विज्ञापन

घाइते अवस्थाको व्यक्तिलाई खाट बाट तानेर कुटीकुटी हत्या गर्ने अमानवीय व्यवाहार भएका दानवी प्रवृत्तीका हत्याराहरुलाई पक्राउ नगरिएसम्म अनेरास्ववियुले विश्राम नलिने केन्द्रीय उपमहासचिव रोकायाले बताएका छन् । अनेरास्ववियुले पनि हत्यारा पक्राउ र कारवाहीको माग सहीत देशव्यापी चरणवद्ध आन्दोलनको घोषणा गरेको छ ।

May be an image of text that says 'रिले अनशन कार्यक्रम चेतन दिप ऐडीका हत्यारालाई पक्राउ गर कला गरिएका बुथमा पुनः निर्वाचन गर गिरफतार गरिएका निर्दोशहरुलाई रिहा गर शान्ति सुरक्षा कायम गर नेकपा (एमाले) जिन्दावाद! नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी, वाजुरा'

नेकपा एमालेले हत्यारालाई पक्राउ गरि कारवाही प्रक्रिया अघि बढाउनु पर्ने, १६ बुथमा पुन मतदान हुनु पर्ने, ११ जना विद्यार्थीलाई विना सर्त रिहाइ गरिनु पर्ने, हत्या गरिएका चेतन अयडी र प्रहरीको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडीको परिवारले क्षतिपूर्ति र न्याय पाउनु पर्ने माग अघि सारेको बताएको छ ।

May be an image of 6 people, people standing and text that says 'रिले अनशन कार्यक्रम Tpy S SE M'

रिले अनशनमा नेकपा स्थायी कमिटी सदस्य कर्णबहादुर थापा, केन्द्रीय सदस्य लालबहादुर थापा, प्रकाश शाह, नेताहरु बसुन्धरा रोकाया, लालबहादुर ओली, पेम्बा गुरुग भोटे, भरत थापा, काशी विक, हरि रोकाया, अमर खड्का, सिता थापा, माया खड्का, नरेश रोकाया सहीत सहभागि छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार