होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमाले बाजुराले भन्यो : सत्ता गठबन्धनको आडमा अयडीको हत्या भयो
समाचार

एमाले बाजुराले भन्यो : सत्ता गठबन्धनको आडमा अयडीको हत्या भयो

  • नागरिक रैबार
एमाले बाजुराले भन्यो : सत्ता गठबन्धनको आडमा अयडीको हत्या भयो

नागरिक रैबार/बाजुरा ५ मंसिर।बाजुराको त्रिवेणी नगपालिका ७ मा मंसिर (४) गते हिजो सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा अनेरास्ववीयुका केन्द्रिय कमिटी सचिवालय सदस्य एंव सुदूरपश्चिम विश्व विद्यालयका अध्यक्ष चेतन अयडीको हत्या सत्ता गठबन्धनको आडमा भएको नेकपा एमाले बाजुराले बताएको छ ।

नेकपा एमाले बाजुराले सोमबार (आज) एक प्रेस विज्ञप्ति जारी गर्दै त्रिवेणी नगरपालिका ७ मा अयडीको हत्या सत्ता गठबन्धनको आडमा सुनियोजित तरिकाले भएको जनाएको छ । हिजो सम्पन्न भएको निर्वाचनमा नेपाली जनताको उत्साहजनक सहभागितामा मतदान सम्पन्न भईसकेपछि अयडीलाई आफ्नै घरमा सुतिरहेको अवस्थामा नेपाली काँग्रेसका गण्डाहरुले सत्ताको आडमा कुटीकुटी हत्या गरेको नेकपा एमाले बाजुराले जारी गरेर विज्ञप्तिमा भनिएको छ ।

अयडीमाथि काँग्रेस कार्यकर्ताहरुले घटना घटाईरहेको बेला नेकपा एमालेले प्रहरी प्रशासनलाई जानकारी गराउँदा समेत स्थानीय प्रशासन र प्रहरी प्रशासनको गम्भिर लापरवाहीले अयडीको विभत्स हत्या भएको एमाले बाजुराले जनाएको छ ।विद्यार्थी नेता अयडीको विभत्स हत्या गरिएको घटनाले पार्टीलाई स्तव्ध बनेको र उक्त अमानवीय घटनाको घोर भत्सर्ना गर्दछ एमाले बाजुराद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञापन

जिल्लामा यसरी सुनियोजित रुपमा परमादेशबाट निर्माण भएको असक्षम सत्ता गठबन्धनको सरकारले निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढंगबाट सम्पन्न गर्न नचाहानु र सत्ताको आडमा जनताको हत्या हुँदा सम्म स्थानीय प्रशासन तथा सुरक्षा निकाय टुलुटुलु हेरिरहुनु सरकार अपराधिक गतिविधिको संरक्षणमा लागेको प्रमाणित भएको एमालेले विज्ञप्तिमा भनेको छ ।

सत्ता गठबन्धनको आडमा भएको अयडीको विभत्स हत्यामा सलग्न व्यक्तिहरुलाई तुरुन्तै पक्राउ गरी हत्याको यथार्थ छानविन गरेर कानुनी दायरामा ल्याउन एमाले बाजुरा जोडदार माग गर्दछ एमाले बाजुराले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।अयडिको विभत्स हत्यामा सलग्नहरुलाई पक्राउ गरी कानुनी दायरामा नल्याए जुनसुकै मुल्य चुकाउन तयार रहेको सम्वन्धित निकायलाई विज्ञप्ति मार्फत एमालेले ध्यानाकर्षण गराएको छ ।साथै स्थानीय प्रशासन आफ्नो जिम्मेवारीमा उदासिन रहेकोले उच्च स्तरबाट घटनाको छानविन गर्न एमाले बाजुराले माग गरेको छ ।

हेर्नुहोस एमाले बाजुराको प्रेस विज्ञप्ति

No description available.

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार