होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, माघ २२, २०७९
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • नेकपा एमालेद्धारा बाजुरामा सिठी फुकेर विरोध प्रर्दशन
बाजुरा बिशेष

नेकपा एमालेद्धारा बाजुरामा सिठी फुकेर विरोध प्रर्दशन

  • नागरिक रैबार
नेकपा एमालेद्धारा बाजुरामा सिठी फुकेर विरोध प्रर्दशन

नागरिक रैबार/बाजुरा १० मंसिर। नेकपा एमाले बाजुराले त्रिवेणी नगरपालिका वडा नम्वर ७ का अनेरास्ववियुका नेता चेतन अयडीको विभत्स हत्यामा संलग्न रहेकाहरुलाई तत्काल पक्राउ गरि कारवाही गर्न माग गर्दै मार्तडीमा सिठी फुकेर विरोध प्रर्दशन तथा धर्ना कार्यकक्रम गरेको छ ।

एमालेले सदरमुकाम मार्तडीमा शनिवार विरोध प्रदर्शन तथा धर्ना कार्यक्रमसहित सिठी फुकेर प्रशासनका विरुद्ध प्रर्दशन गरेको हो । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बाजुराका प्रतिनिधि सभा सदस्यका उम्मेदवार कणर्बहादुर थापाको नेतृत्वमा एमालेका उम्मेदवारहरु लगायत नेता कार्यकर्ताहरुले मार्तडीमा सिठि फुकेर विरोध प्रदर्शन तथा धर्ना कार्यक्रम गरेको हो ।

प्रर्दशनका क्रममा चेतनकाका हत्यारालाई पक्राउ गर, बुथ कव्जा गरिएका १७ वटा ठाउँमा पुनः मतदान गर र शान्पिूणर् तरिकाले आन्दोलन गरिरहेका अनेरास्ववियुका ११ जना निर्दोषहरूलाई रिहाईको माग जस्ता नारासहित सिठि फुकेर प्रर्दशन गरेको हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार