होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कालोझण्डा झुण्डाईयो
समाचार

बाजुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कालोझण्डा झुण्डाईयो

  • नागरिक रैबार
बाजुरामा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कालोझण्डा झुण्डाईयो

नागरिक रैबार/बाजुरा ७ मंसिर। बाजुराको त्रिवेणी नगरपालिका वडा नम्वर ७ का चेतन अयडीको विभत्स हत्याको घटनामा संलग्न रहेका नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई पक्राउ गरि कारवाही नगरेको भन्दै अनेरास्ववियु बाजुरा ३ दिनदेखि आन्दोलित बनेको छ ।

मंसिर ४ गते राति घरमा सुतिरहेका अनेरास्ववियुका अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेको ४ दिन वित्न लाग्दा समेत स्थानीय प्रशासनले वेवास्ता गरेको भन्दै अनेरास्ववियुले आज आन्दोलनको तेस्रो दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा कालोझण्डा गाडेको छ ।

चेतनको घटनाको विषयलाई लिएरे ३ दिनदेखि आन्दोलित रहेको अनेरास्ववियुले सदरमुकाम मार्तडी, कोल्टी, फालासेन र बाम्का बजार लगायत जिल्लास्थित सरकारी कार्यालय र शैक्षिक संस्था र सडक संचालनमा बन्द गरेको छ ।

विज्ञापन

चेतनको हत्यामा संलग्न रहेका काँग्रेसका कार्यकर्ताहरुलाई पक्राउ गरि कारवाही नगर्दासम्म अनेरास्ववियुले बाजुराका विभिन्न ठाउँमा बजार बन्द, सडकमा टायर बालेर विरोध प्रर्दशन गरिरहेको छ । चेतनको विभत्स हत्यामा संलग्न रहेकाहरुको पहिचान गरि कारवाही गर्न अनेरास्ववियुले जोडदार माग गर्दै आएको छ ।

चेतनका बुवा गगन अयडीले जिल्ला प्रहरी कार्यालयमा घटनामा संलग्न रहेका २२ जनाविरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएका छन् । तर अहिलेसम्म प्रहरीले कसैलाई पक्राउ नगरेको र प्रमाण संकलनलगायत अरु अनुसन्धानका काम पनि नथालेको भन्दै पीडित परिवारले गुनासो गरिरहेको छ ।
मृतक अयडीको शव जिल्ला अस्पताल बाजुरामा राखिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार