होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, मंसिर १०, २०७९
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • चेतन घटना: चाैथाे दिन पनि बाजुुरा बन्द, प्रर्दशनकारी ७ जना प्रहरीको नियन्त्रणमा
बाजुरा बिशेष

चेतन घटना: चाैथाे दिन पनि बाजुुरा बन्द, प्रर्दशनकारी ७ जना प्रहरीको नियन्त्रणमा

  • नागरिक रैबार
चेतन घटना: चाैथाे दिन पनि बाजुुरा बन्द, प्रर्दशनकारी ७ जना प्रहरीको नियन्त्रणमा

नागरिक रैबार/बाजुरा ८ म‌सिर। अनेरास्ववियूका नेता चेतन अएडीको विभत्स हत्याको बिषयलाई लिएर अनेरास्ववियु बाजुराले आज चाैथाे दिनपनि बिहानैदेखि बजार बन्द गरेको छ । अनेरास्ववियु  चेतन अयडीको घटनामा स‌लग्न रहेकाहरुलाइ तत्काल पक्राउ गर्न माग गर्दै बाजुरामा ४ दिनदेखि प्रर्दशन गर्दै आएको छ ।

अनेरास्ववियुले हिजो साँझ प्रर्दशनका क्रममा मुख्य निर्वाचन अधिकृत सुरक्षा निकायका प्रमुखहरुलाई दुर्यवहार गरेको आरोपमा ७ जना बढि अनेरास्ववियुका विद्यार्थी नेताहरुलाइ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिएका छन्।

चेतन हत्याको विषयलाई लिएर सदरमुकाम मार्तडी, काेल्टी, फालसैन लगायतका बजार बन्द छन् । भने यातायात शैक्षिक स‌स्था कार्यलय पनि ठप्प पारेकाे छ । सदरमुकाम मार्तडीमा टायर बालेर चेतनको न्यायका निम्ति प्रर्दशन गरेकाे छ ।

विज्ञापन

अनेरास्ववियूका नेता अएडीको हत्यारालाई कानुनी दायरामा नल्याउन्जेल सम्म निर्वाचनका कुनैपनि गतिविधिहरु अगाडि बढ्न नदिने अनेरास्वियु बाजुराले जनाएकाे छ । नेरास्ववियू बाजुराले हत्यामा संलग्न ब्यक्तिहरुलाइ पक्राउ नगरुन्जेल आन्दोलनका चरणहरु निरन्तर जारी राख्ने समेत जनाएको छ । चेतनका बुवा गगन अयडीले  हत्यामा स‌‍लग्न  भन्दै २२ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी समेत दिएकाे छन्। तर प्रहरीले भने घटनामा सलग्न रहेका कसैलाइपनि पक्राउ गर्न सकेकाे छैन ।

त्रिवेणी नगरपालिका वडा नम्वर ७ मा मंसिर ४ गते मतदान सम्मपन्न भइसकेपछि राति घरमा सुतिरहेका चेतन अयडीलाई नेपाली काँग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेको विषयलाई लिएर बाजुरामा अनेरास्ववियु ४ दिनदेखि आन्दोलित बनेकाे छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार