होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • विद्यार्थी नेता अयडीको बुढीग‌गा नदिमा अन्त्यष्टि
समाज

विद्यार्थी नेता अयडीको बुढीग‌गा नदिमा अन्त्यष्टि

  • नागरिक रैबार
विद्यार्थी नेता अयडीको बुढीग‌गा नदिमा अन्त्यष्टि

नागरिक रैबार/बाजुरा १२ मंसिर।नेपाली काँग्रेसका कार्यकर्ताको कुटपीटबाट मृत्यु भएका अनेरास्ववियुका विद्यार्थी नेता चेतन अयडीको एकसातापछि दाह संस्कार गरिएको छ । हत्यारा पक्राउ नगरेसम्म शव नबुझ्ने अडानमा रहेका आफन्तले सातादिन पछि शव बुझेर दाहसंस्कार गरेका हुन् । अयडीको मंसिर ४ गते साँझ गाउँमा काँग्रेसका कार्यकर्ताले कुटीकुटी हत्या गरेको चेतनका बुवा गगन अयडीले बताएका छन् ।

अयडीको शव जिल्ला अस्पताल बाजुरामा ७ दिनदेखि राखिएको थियो । यस अघि चेतनको पोष्टमार्टम गरिएपनि शव बुझ्न आफन्तले मानेका थिएनन् । प्रहरी प्रशासनले पक्राउको ग्यारेन्टी र कारवाही प्रक्रिया अघि बढाइ सकेको र क्षतिपूर्तिका लागि निर्णायक पहल सुरु गरेपछि आफन्तले शव बुझेर आज दाहसंस्कार गरेका हुन् ।

खुलामंचमा राखिउको अयडीको शवलाई श्रद्धाञ्जली दिन नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बाजुराका प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर थापा, एमाले केन्द्रिय सदस्य तथा प्रदेश सभा (ख) का उम्मेदवार लालबहादुर थापा, केन्द्रिय सदस्य प्रकाश शाह, जिल्ला अध्यक्ष कालीबहादुर शाही लगायत नेता कार्यकर्ताहरुले फुलगुच्छा सहित पार्थिव सरिरमा माल्यार्पण गरेका थिए ।

विज्ञापन

श्रद्धान्जली सभापछि अयडीको शवयात्रामा एमालेका हजारौ नेतातथा कार्यक्रर्तासहित आफन्तहरुले बुढीगंगा नदीमा हिन्दु परम्परा अनुसार दाहसंस्कार गरिएको हो ।

मंसिर ४ गते भएको संघ र प्रदेश सभा निर्वाचनको दिन बुथ कब्जा गर्न रोकेको आरोप सहीत स्थानीय काँग्रेस कार्यकर्ताले चेतनलाई घरमै गएर कुटीकुटी हत्या गरेका थिए । सोही दिनको बुथ केन्द्रमा भएको झडप नियन्त्रण गर्न प्रहरीले चलाएको गोली लागेर ज्यान गुमाएका सन्जीव अयडीको भने आफन्तले यस अघि नै दाहसंस्कार गरिसकेका छन् ।

चेतन अयडीको हत्याको आशंकामा आफन्तका तर्फबाट २२ जनाको नाममा कर्तव्य ज्यान मुद्दामा किटानी उजुरी दिएका छन् । उजुरी दिएका मध्ये २ जना पक्राउ परेका छन् । भने बाँकीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ । शवको दाहसंस्कार गरेपनि नेकपा हत्यारा पक्राउ र कब्जा गरिएका १६ वटा बुथको पुन मतदान नगराएसम्म आफ्नो चरणवद्ध आन्दोलन भने जारी राख्ने नेकपा एमालेले बताएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार