होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
राजेन्द्र बिक/ बाजुरा २५ साउन। पछिल्लो समयमा जिल्लाका अधिकाँस युवाहरु स्वदेश मा रोजगारी छैन भन्दै बिदेश पलायन भइराखेका बेला गौमुल गाउपालिका वडा न. ३ मानाकोट कि धनलक्ष्मी जोशीले भने कुखुरा पालन बाटै मासिक ३० देखि ४० हजार सम्म आम्दानी गर्नेे गरेकी छन् । बडीमालिका नगरपालिका वडा न.७ चुथीमा युवा जनचेतना पोल्ट्री फर्म नाम दिएर संचालनमा […]
प्रमित विक /बाजुरा २५ साउन। यतिखेर जिल्लाका अधिकाशं क्षेत्रमा पहिरोले कसैको घर पुरिएका छन् त कसैको ज्यान नै गैसकेको छ । पहिरोको उच्च जोखिमले कसैको छ, ओतमा त्रिपाल मुनिको बास बिहान बेलुका ज्यान कसरी बचाउने भन्ने चिन्तामा छन् । त्यस्तै बाजुरा जिल्ला गौमुल गाउँपालिका वडा नं. ६ शान्तीटोलमा गएको साता घर माथिबाट आएको पहिरोले परिएर […]
धादिङ — शुक्रबार बेनीघाटरोराङ–३ सलाङघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । २१ जना अझै बेपत्ता छन् । मृतक मध्ये ५ को मात्रै सनाखत भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक अजय दास र विजय कुर्मी तथा बेपत्ता कण्डक्टर ऋषि उप्रेतीको शव शुक्रबार नै पहिचान भएको थियो। कृष्णभीर निर फेला परेका २ […]
उमेश अवस्थी/बाजुरा २४ साउन । जिल्लामा हुने अधिकाँस अपराधिक घटनाहरुको मुख्य कारण मदिरा भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा उत्पादन तथा सेवनलाई नियन्त्रण गर्न मुख्य अभियानका रुपमा संचालन गर्दै आईरहेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराको उक्त अभियानलाई साथ दिन बडीमालिका नगरपालिका वडा नं. ९ का महिला आमा समूहहरुले सक्रियताका साथ मदिरा नियन्त्रण अभियान […]
धादिङ – त्रिशूली बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। त्रिशूली नदिबाट थप दुई जनाको शव निकालिएको प्रमुख जिल्ला अधिकारी भगिरथ पाण्डेले जानकारी दिए। पाण्डेका अनुसार १६ जनाको सकुशल उद्दार गरिएको हो। अझैं २५ जना हराइरहेको उनले बताए। बेपत्तहरुको खोजी कार्य जारी रहेको उनको भनाई छ। शुक्रबार बिहान साढे ३ बजेतिर धादिङको बेनिघाट रोराङ […]
काठमाडौं । धादिङको बेनीघाट रोराङ गाउँपालिका–३, सलाङघाटस्थित त्रिशूली नदीमा खसेर दुर्घटना भएको बसमा ४५ जना यात्रु सवार रहेको पुष्टि भएको छ । सर्लाहीको मलंगवाबाट काठमाडौंका लागि छुटेको ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे दुर्घटना भएकाे थियाे । जसमा ३ जनाको मृत्यु भइसकेको छ भने १६ जनाको उद्धार गरिएको छ । दर्जनभन्दा […]
काठमाडौं, २४ साउन । बिहानीको सिमसिम साउने झरी । घरको आँगनमा जनप्रतिनिधिसहित स्थानीयवासी । गोलो आकारको उपस्थितिले आँगनकोबीच भाग खाली छ । फुङ्लिङ् नगरपालिका–५ की वडाध्यक्ष भीमादेवी ओझाले ढिला नगरी उपभोक्ता समिति गठन निर्देशिका वाचन गरिन् । “ठूला योजना पनि माघसम्म सम्पन्न गर्ने अभियानमा छौं ।” वडाध्यक्ष ओझाले भनिन्, “साउन मसान्तसम्म उपभोक्ता समिति गठन गर्छौं । […]
२४ साउन, काठमाडौं । सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १४ भन्दा बढी घाइते भएका छन् भने दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ । ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो । […]
नागरिक रैबार/ बाजुरा २२ साउन। बाजुरा जिल्लाको लोक देउडा क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै तीन जना चर्चित देउडाहस्तीहरु सम्मानित भएकी छन् । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा बाजुराको आयोजनामा मगलबार भएको तेस्रो जिल्ला अधिवेशन तथा वृहत साँस्कृतिक कार्यक्रममा चर्चित देउडीया सुना विक, कला विक र गंगा दमाईलाई एकसाथ सम्मानित गरिएको हो […]
नागरिक रैबार/ बाजुरा २२ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुरा जिल्ला कार्यसमितिको अध्यक्षमा नरबहादुर विश्वकर्मा सर्वसम्मत चुनिएका छन् । समितिको तेस्रो जिल्ला अधिवेशनबाट विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो । प्रतिष्ठानका केन्द्रीय महिला सचिव राधिका हमाल, केन्द्रिय प्रतिनिधि विनोद बाजुराली लगायतको आतिथ्यतामा भएको अधिवेशनले प्रथम उपाध्यक्ष विष्णु धामी, […]
ऐतिहासिक पृष्ठभुमि :हिमालका काखमा अवस्थित हिमखण्ड नेपाल जहाँको सँस्कृतिक सनातन आर्य धर्ममा सर्माहित भइ युगयुग देखि चलायमान छ । अनेकैँ हिमसिखर देत्वको सवाल सँगै भगवान शिवको आवास छ । नेपाल धर्ति भित्रको मालिका हिम शिखर सुदुर पश्चिम बाजुरा जिल्लाको पूर्व दक्षिणमा अवस्थित शैफाल हिमालको हिम शृखला हो । समुद्रि सतहबाट ४२१४ मिटर उचाइमा रहेको मालिका […]
नागरिक रैबार/ बाजुरा २१ साउन। बाजुरामा विप्लव समूहका एक कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । कोल्टी बाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको कमाण्डमा खटिएको प्रहरीको टोलीले बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. ६ खरकाँडा भन्ने स्थानबाट सोही वडाका विप्लव समूहका २३ वर्षिया लालबहादुर शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाटले बताएका […]
रमित वि.क./बाजुरा १९ साउन। गौमुल गाउँपालिकाको वडा नं. ६ शान्तिटोलमा पहिरोमा परेर पीडित बनेका परिवारहरुलाई गौमुल १ अन्द«ाडी र अम्लिसका युवाहरुले आर्थिक सहयोग गरेका छन् । गत विहिबार घर माथिबाट आएकोे पहिरो बाट पीडित बनेका परिवारलाई १६ हजार आर्थिक रकम राहत स्वरुप सहयोग गरेका हुन् । सानो रकम भएपनि पहिरो पीडितको घाउमा मलम लगाउनका लागि […]
नागरिक रैबार/बाजुरा १९ साउन । बडीमालिका नगरपलिका वडा नं ९ का महिलाहरुको घरेलु मदिरा नियन्त्रण अभियानमा मदिरा उत्पादन गर्ने महिलाहरु पनि सक्रिय रुपमा लाग्ने भएका छन् । सदरमुकाम मार्तडी बजारमा घरेलु मदिरा सप्लाई गर्ने केन्द्रको रुपमा चिनिने बाउलीका जनजाति महिलाहरुले यस अभियानमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् । अबैध मदिरा अन्य समुदायका मानिसहरुले पनि उत्पादन गर्ने […]
धर्मराज सुनार/बाजुरा १९ साउन । बाजुराको हिमाली गाउँपालिका वडा नं १ कि १६ वर्षिया किशोरी बासमति भण्डारीको २ महिना १० दिन पछि वेवारिसे अवस्थामा शव फेला परेको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि विच्छ्या माध्यामिक विद्यालय बाट खेलमा सहभागी भएकी बासमति भण्डारी जेष्ठ महिनाको ७ गते बाट बेपत्ता भएकि थिईन् । किसोरी भण्डारीको शनिबार […]
नागरिक रैबार/साउन १८ बाजुरा। बाजुराको सदरमुकाम मार्तडीमा वृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान जिल्ला कार्यसमिति बाजुराको आयोजनामा मार्तडीमा साउन २१ गते उक्त कार्यक्रम हुन लागेको हो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला कार्यसमिति बाजुराको चौथो जिल्ला अधिवेशन संगै राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सहभागीतामा वृहत साँस्कृतिक कार्यक्रम हुने […]
प्रमित वि.क./बाजुरा १७ साउन। बाजुराको गौमुल गाउँपालिका वडा नंं. ६ शान्ति टोल शोकमा डुवेको छ । विहिवार राति परेको अविरल वर्षाका कारण शान्ति टोल माथिबाट आएको पहिरोमा पुरिएर २६ वर्षिया निरुता चंदारा र उनकी छोरी ६ वर्षिया नावालिका किस्मिता चंदाराको मृत्यु भएको छ । विहिबार राति करिव २ वजेको समयमा आमा छोरी घरमा सुतिरहेको बेला […]
१७ साउन, काठमाडौं । आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविदले पूर्वानुमान गरेका छन् । शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ्ग पर्ने र पश्चिमको पहाडि भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविदको भनाइ छ । हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भूभागभन्दा दक्षिणतिर अवस्थित छ । […]
नागरीक रैबार/ बाजुरा, साउन १७। बाजुराको गौमुल गाउँपालिका वडा नं.६ शान्तीटोलमा बिहीबार रातीको अविरल बर्षाका कारण घर माथीबाट पहिरो जदाँ आमा छोरीको मृत्यृ भएको छ । भने एकको अवस्था गम्भीर रहेका छ, मृत्यृ हुनेमा सुके चदाँराकी बुहारी २६ बर्षिया निरुता चदाँरा र उहाँकी छोरी किस्मिता चदाँराको मृत्यृ भएको हो । सुके चदाँराका बुवा १०५ बर्षिया […]
नागरिक रैबार/बाजुरा १६ साउन। बाजुरा जिल्लामा भईरहेका अधिकाँस आपराधिक घटनाहरुको मुख्य कारण मदिरा भएको भन्दै जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा नियन्त्रणलार्ई मुख्य अभियानका रुपमा संचालन गर्दै आईरहेको छ । प्रहरीले चलाएको मदिरा नियन्त्रण अभियानलाई बडीमालिका नगरपालिका वडा नं. ९ का महिलाहरुले पनि साथ दिने भएका छन् । मदिरा सेवनकै कारण समाजमा विभिन्न हिँसाहरु बढेको भन्दै […]