होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • महिलाहरुले चलाएको मदिरा नियन्त्रण अभियान प्रभावकारी बन्दै
समाज

महिलाहरुले चलाएको मदिरा नियन्त्रण अभियान प्रभावकारी बन्दै

१ हप्तामा २ हजार ३ सय ३० लिटर अवैध मदिरा बरामत

  • नागरिक रैबार
महिलाहरुले चलाएको मदिरा नियन्त्रण अभियान प्रभावकारी बन्दै

उमेश अवस्थी/बाजुरा २४ साउन ।
जिल्लामा हुने अधिकाँस अपराधिक घटनाहरुको मुख्य कारण मदिरा भएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले मदिरा उत्पादन तथा सेवनलाई नियन्त्रण गर्न मुख्य अभियानका रुपमा संचालन गर्दै आईरहेको छ ।


जिल्ला प्रहरी कार्यालय बाजुराको उक्त अभियानलाई साथ दिन    बडीमालिका नगरपालिका वडा नं. ९ का महिला आमा समूहहरुले सक्रियताका साथ मदिरा नियन्त्रण अभियान चलाईरहेका छन् ।


समाजमा मदिरा सेवनकै कारण हिँसाहरु बढेको भन्दै बडीमालिका नगरपालिका ९ का महिला आमा समूहले प्रहरीलाई साथ दिईरहेका छन् ।
प्रहरीसंगै सहकार्य गरेर जिल्लाको सदरमुका मार्तडीमा दिनहुँ भित्रिने अवैध घरेलु मदिरा र मदिरा सेवन गरेर दिउसै गाउँमा हल्लिने मदिरा सेवन कर्तालाई कारवाही गराउनका लागि महिला आमा समूहले मदिरा नियन्त्रण अभियान सक्रियताका साथ चलाएको महिला आमा समूहकी अध्यक्ष कविता विकले बताईन् ।
मदिरा नियन्त्रण अभियान चलाएको एक हप्ता वित्न लाग्यो उनले भनिन् महिलाहरुले चलाएको अभियानमा अहिले पूरुषहरुले पनि साथ दिएका छन् । अहिले समुदायमा होहल्ला पनि हुँदैन सबैतिर शान्त छ ।

विज्ञापन


मदिरा नियन्त्रण अभियान संचालन गरेको एकहप्ता दिनमा बडीमालिका नगरपालिका ९ का महिला आमा समूहले झण्डै २ हजार ३ सय ३० लिटर अवैध मदिरा नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बाजुरालाई बुझाएका छन् ।


यता जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरिक्षक उद्धवसिंह भाट भन्छन् जिल्लामा मदिरा नियन्त्रण गर्नु प्रहरीको मात्रै दायित्व नभएर आम बाजुराबासी समुदायको समेत दायित्व भएकोले सबै बाजुराबासीले मदिरा नियन्त्रण अभियानमा साथ दिन आवश्यक रहेको छ ।
जिल्ला प्रंहरी कार्यालय बाजुराले ०७५ कार्तिक महिना देखि श्रावण पहिलो सातासम्म १७ हजार बढी अवैध घरेलु मदिरा नष्ट गरिसकेको छ भने मदिरा सेवन गर्ने ९ सय ३० जनालाई कारवाही गरिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार