होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • राजनीतिसंगै कुखुरा पालन व्यवसाय गर्दै धनलक्ष्मी
राजनीति

राजनीतिसंगै कुखुरा पालन व्यवसाय गर्दै धनलक्ष्मी

  • नागरिक रैबार
राजनीतिसंगै कुखुरा पालन व्यवसाय गर्दै धनलक्ष्मी

राजेन्द्र बिक/ बाजुरा २५ साउन। पछिल्लो समयमा जिल्लाका अधिकाँस युवाहरु स्वदेश मा रोजगारी छैन भन्दै बिदेश पलायन भइराखेका बेला गौमुल गाउपालिका वडा न. ३ मानाकोट कि धनलक्ष्मी जोशीले भने कुखुरा पालन बाटै मासिक ३० देखि ४० हजार सम्म आम्दानी गर्नेे गरेकी छन् । बडीमालिका नगरपालिका वडा न.७ चुथीमा युवा जनचेतना पोल्ट्री फर्म नाम दिएर संचालनमा ल्याएको उक्त ब्यबसाय बाट अहिले आफुले एक छोरा र दुई भाइ बहिनी पढाई राखेको छिन् भने ७ जना को घरपरिवारलाई आबश्यक लत्ता कपडा र खर्च ब्यहोरी राखेको जोशीको भनाईछ ।
अहिले पोल्ट्री फार्ममा ३ सय जति कुखुराका चल्ला छन बर्खा भएर कम राखेकी हुंँ नत्र १५सय चल्ला सम्म राख्ने गरेकी छु उनले भनिन् । अझ यसलाइ ब्यबस्थित गरेर स्तरउन्नति गर्दै जानेछु उनको भनाइ छ । आफुले स्वदेश मै बयबसाय गरेर धेरै युवा लाई पाठ सिकाएको भए पनि कुनै संघ संस्था ले आफुलाई सहयोग नगरेको उनको गुनासो छ ।
अहिले काटेको कुखुरा को प्रती केजि रु ३ सय ४० र जिउँदो कुखुरा को २ सय ८० सम्म लिने गरेको छ । कुखुराको मासुका लागि बडिमालिका नगरपालिका वडा न.७ र कोल्टी क्षेत्रका ग्राहकहरु आउने गरेका छन् ।
स्वदेश मै ब्यापार ब्यबसाय गरेर आफ्नो र देश को भबिश्य उज्वल बनाउन तर्फ लाग्न उहाँले युवाहरुलाइ आग्रह समेत गरेकी छ्न् ।
२०७४ मा भएको संघको निर्वाचनमा तत्कालीन नयाँ शक्ति पार्टी बाट संघीय सांसदको समानुपातिक उम्मेदवारीमा उठेकी जोशि अहिले समाजबादी पार्टी कि केन्द्रिय सदस्य छन् । राजनीति गर्न पनि ब्यबसायिक हुन आबश्यक छ भन्ने कुरा उठिरहेका बेला धनलक्ष्मीको यो कार्यलाई सबैले उदाहरणीय कार्य भनेका छ्न् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार