होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हिँडडुल गर्नैै सास्ती छ, ज्यान कसरी जोगाउनु ?
समाचार

हिँडडुल गर्नैै सास्ती छ, ज्यान कसरी जोगाउनु ?

  • नागरिक रैबार
हिँडडुल गर्नैै सास्ती छ, ज्यान कसरी जोगाउनु ?

प्रमित वि‍क‍ /बाजुरा २५ साउन। यतिखेर जिल्लाका अधिकाशं क्षेत्रमा पहिरोले कसैको घर पुरिएका छन् त कसैको ज्यान नै गैसकेको छ । पहिरोको उच्च जोखिमले कसैको छ, ओतमा त्रिपाल मुनिको बास बिहान बेलुका ज्यान कसरी बचाउने भन्ने चिन्तामा छन् ।
त्यस्तै बाजुरा जिल्ला गौमुल गाउँपालिका वडा नं. ६ शान्तीटोलमा गएको साता घर माथिबाट आएको पहिरोले परिएर आमा छोरीको ज्यान गयो ।
दिनहुँको वर्षाका कारण शान्ति टोलका स्थानीय एक सातायता राम्रो निदाउन पाएका छैनन् ।’गड्याङगुडुङको आवाज सँगै थालेको सबै काम छोडी सुरक्षित स्थानमा पुग्नुपर्ने बाध्यता छ । शाान्तीटोलका स्थानीय बस्ती समेत पहिरोको चपेटमा परेको देखाउँर्दै बासका लागि अन्यत्र जानु पर्ने बाध्यता रहेको उक्त गाउँका सन्तोष चंदाराले बताए ।
पहिरोमा गौमुल गाउँपालिकामा रहेका शान्तीटोल, बाम्नी, टुनी, टाडाकोट, गैरीबाडा, र अन्दा्रडी लगायतका ठाउँका स्थानीय प्रभावित भएका छन् ।
वडा नं. ६ मै पर्ने गैरीवडाका स्थानीय पहिरो वग्न थालेपछि गाउ छोडेर सडकको छेउँमा त्रिपाल मुनि बस्न थालेका छन् । त्रिपाल मुुनि बस्न त कस्लाई हुन्छ, रहर तैपनि बाध्यता ज्यान बाचाउन कै लागी ओतमा बस्न बाध्य भएका छौ गैरीबाडाका स्थानीय बताउन्छन् । बस्तीको तलबाट सडक कटान भएपछि जमिन भासीएर बस्ती पहिरोको उच्च जोखिममा रहेको हो ।

अहिले गैडिबाडाका स्थानीय सडकको छेउँमा त्रिपाल मुनि बस्न थालेका छन् । गौमुलका अधिकाशं क्षेत्रका बस्ती पहिरोको उच्च जोखिममा रहेका छन । भिरालो जमिनमा बस्तीहरु भएको र बर्षेनी जमिन भासिदै गएपछि पहिरो बग्न थालेपछि बस्ती जोखिममा रहेका हुन । त्यहाका स्थानीय भन्छन् कहिले बर्षातको समय जाला, र खान, बस्न, सुत्न पाउँला दिन भरी काम गरेर राती नसुतेर जागाराम बस्नु परेको गौमुल गाउँपालिका वडा नं. ६ शान्तीटोलका स्थानीय जुना चदाँराले बताइन् ।

विज्ञापन


उहाँले भन्नु भो राती नसुतेरै रात काट्छौ कति खेर पहिरोले पुरीन्छौ मनमा डर त्रास मै रात बित्छ, आँसु बगाउदै चदाँराले भन्नुभयो । त्यस्तै दिनमा यात्रा गर्दा पनि मनमा झरझरले यात्रा गर्न बाध्य गौमुल वडा नं. का ६ का बासीन्दालाई छ ।
सडकमा हिड्ने बेलामा पनि पहिरो बग्दै यात्रा गर्नु पर्ने बाध्यता छ । त्यहाँका स्थानीय दिनमा ढुक्क संग हिड्छन् नत राती सुत्छन् । अहिले दर्जनौ परिवार पाल टाँगेर बस्ने गरेका छन् ।
पहिरोले कयौँ ठाउँका बाटाहरु भत्किएर सागुरो भएका र हिडडुल गर्न गारो भएको स्थानीय बताउन्छन् । बाटो भत्किएपछि स्थानीयलाई आवतजावत गर्न गारो भएको छ, गौमुल गाउँपालिका वडा नं. ६ मा रहेको बाढी, शान्तीटोल, टाडाँकोट, बाम्नी, टुनी, लगायतका ठाउँका स्थानीयलाई आवत जावत गर्न निकै कठिन भएको छ ।
गाैमुल गाउँपालिकाको सहयोग
गौमुल गाउँपालिकाले पहिरोको उच्च जाखिमा रहेका परिवारलाई त्रिपाल वितरण गरेको छ । गाउँ पहिरोको उच्च जोखिममा रहेको हुदा सुरक्षित स्थानमा बस्न त्रिपाल र अन्य सामाग्री वितरण गरेको हो । जोखिममा रहेका परिवारलाई पूर्व तयारीका साथ बस्न आग्रह गरेको छ ।


बस्ति सार्न गाउँपालिकाको पहल
गौमुल गाउँपालिकाले पहिरोको उच्च जोखिममा रहेका बस्तिलार्ई सार्न पहलका लागि संघिय सरकारलाई अनुरोध गर्ने निर्णय गरेको छ । मानव बस्ती बस्न लायक नभएका र भूगर्भ्िवद्हरुले नै बस्ती सार्न सिफारिस गरेका गाउँपालिका क्षेत्र भित्रका सबै बस्तीलाई सार्न संघीय सरकारलाई पहल गर्ने निर्णय गरिएको गाउँपालिकाका प्रवक्ता वीरेन्द्र रोकायाले बताए ।
जोखिममा रहेका गाउँपालिका १ को अन्द्राढी ६ को टुनी,बाम्नी, शान्ति टोल र गैरीबाडाका सबै बस्ती सार्न पहल गर्ने निर्णय गरिएको अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभयो । कार्यपालिकाको बैठकले संघिय सरकारसँग पहिलो माग नै बस्ती सार्नका लागि हुने बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार