होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख २४, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • पहिरो पीडितलाई गौमुलका युवाहरुले गरे आर्थिक सहयोग
Breaking News

पहिरो पीडितलाई गौमुलका युवाहरुले गरे आर्थिक सहयोग

  • नागरिक रैबार
पहिरो पीडितलाई गौमुलका युवाहरुले गरे आर्थिक सहयोग

रमित वि.क./बाजुरा १९ साउन। गौमुल गाउँपालिकाको वडा नं. ६ शान्तिटोलमा पहिरोमा परेर पीडित बनेका परिवारहरुलाई गौमुल १ अन्द«ाडी र अम्लिसका युवाहरुले आर्थिक सहयोग गरेका छन् । गत विहिबार घर माथिबाट आएकोे पहिरो बाट पीडित बनेका परिवारलाई १६ हजार आर्थिक रकम राहत स्वरुप सहयोग गरेका हुन् ।
सानो रकम भएपनि पहिरो पीडितको घाउमा मलम लगाउनका लागि गौमुल १ अन्द«ाडी र अम्लिसका युवाहरुले व्यक्तिगत रुपमा रकम संकलन गरि पहिरो पीडितलाई सहयोग गरेको गौमुल १ का अर्जुन रोकायाले बताएका छन् । दुःखमा परेको बेला सानो भएपनि आफुहरुको पहलमा रकम संकलन पिडितलाई सहयोग गरेको उनले बताएका छन् ।
युवाहरुले पनि दुःखमा साथ दिन्छन् भन्ने सन्देश दिनका आफुहरुले सानो सहयोग गरेको धन बहादुर रोकायाले बताएका छन् । आफुहरुले गरेको सहयोगले पिडितको घाउमा मलम लगाउन नसके पनि सहानुभूतिका लागि सहयोग गरिएको उनले बताएका छन् ।
गत विहिबार राति पहिरो पुरिएर २६ वर्षिया आमा निरुता चंदारा र उनकी छोरी ६ वर्षिया किस्मिता चंदाराको मृत्यु भएको थियो भने ५ जना घाइते भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै