होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • घरेलु मदिरा उत्पादक नै मदिरा नियन्त्रणमा सक्रिय
समाचार

घरेलु मदिरा उत्पादक नै मदिरा नियन्त्रणमा सक्रिय

  • नागरिक रैबार
घरेलु मदिरा उत्पादक नै मदिरा नियन्त्रणमा सक्रिय

नागरिक रैबार/बाजुरा १९ साउन । बडीमालिका नगरपलिका वडा नं ९ का महिलाहरुको घरेलु मदिरा नियन्त्रण अभियानमा मदिरा उत्पादन गर्ने महिलाहरु पनि सक्रिय रुपमा लाग्ने भएका छन् ।
सदरमुकाम मार्तडी बजारमा घरेलु मदिरा सप्लाई गर्ने केन्द्रको रुपमा चिनिने बाउलीका जनजाति महिलाहरुले यस अभियानमा सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।
अबैध मदिरा अन्य समुदायका मानिसहरुले पनि उत्पादन गर्ने भएपनि प्रहरी र महिला समुहको निशाना बन्ने गरेको गुनासो सहित उनिहरुले आफुपनि मदिरा नियन्त्रण अभियानमा सक्रिय रुपमा लाग्ने बताएका हुन् ।
घरेलु मदिरा उत्पादनको दोष जनजातीलाई थुपारेर पटक पटक अपमानित बनाएकाले यहि अभियानमा महिलाहरुलाई साथ दिने नेपाल भोटे जनजाती सेवा समितिका अध्यक्ष बुद्धि बोगटीले बताए । उनले भने “अवैध मदिरा नियन्त्रणका नाममा जनजातिको धर्म र अत्मसम्मानमा आँच आउने र अपमान गर्नु कसैले पनि हुदैन”
सामान्य रुपमा धर्मकर्ममा चल्ने हुनाले जाँड रक्सीबाट जनजाति समुदाय अलग हुन नसक्ने जनजाती महिला तनी थापा बताउछन् । उनले भनिन् “ आय आर्जनको अरु विकल्प नहुँदा लुकिछिपी मदिरा बिक्री गर्नु बाध्यता हो , तर समाज सुधारको अभियान शरु हुन्छ भने हामी बेच्नका लागी मदिरा उत्पादन बन्द गछौँ र अरुले गरेपनि कारवाही गछौँ ।”
प्रहरीको सहयोगमा शनिबार आमा समुहका महिलाहरुले बाउली क्षेत्रमा खानतलासी गर्दा हजारौँ लिटर मदिरा र कच्चा पदार्थ बरामत गरि प्रहरीलाई जिम्मा लगाएका थिए ।
धर्म र प्ररम्पराको नाममा बाउली क्षेत्र बजार भित्रका बिभिन्न ठाँउहरु अवैत्र घरेलु मदिरा उत्पादन र बिक्रिवितरणका अखाडा बनेकाले महिलाहरु बाध्य भएर मदिरा नियन्त्रणमा लागेको आमा समुहकी संयोजक कविता विकले बताईन । समाजमा विभिन्न किसिमका अपराध, महिला हिंसा, कलह, झगडाको प्रमुख कारक घरेलु मदिरा रहेको आमा सहुहको दावि छ ।
स्थानीय अन्य समुदाय र जनजाती विच सदभाव कायम गर्नका लागि एक आपसमा सहमति र समझदारी कायम गर्न ९ नं वडा कार्यालयले गरेको छलफलमा यस्तो सहमति भएको वडा सदस्य लालबहादुर नेपालीले बताए ।
वडा क्षेत्र भित्र घरेलु मदिरा उत्पान र बिक्रिवितरणमा थप कडाई गरी नियन्त्रण गर्न वडाकार्यलयले कुनै कसर बाँकि नराखेर आमा समुहलाई र प्रहरीलाई सहयोग गर्ने वडा अध्यक्ष विनोदकुमार बिकले बताए ।
मदिरा नियन्त्रणको यो अभियानमा प्रहरीको सहयोगीको रुपमा महिला सक्रिय भएपछि पहरीको हौसला बढेको र आमा समुहको साथमा निरन्तर रुपमा लाग्ने जिल्ला प्रहरकिार्यलयले बताएको छ ।
केहि दिन देखि ब न पा ९ का महिलाहरु आमा समुह मार्फत निरन्तर रुपमा अभियानका लागि रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै