होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • त्रिशूली दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो, २१ अझै बेपत्ता
Breaking News

त्रिशूली दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो, २१ अझै बेपत्ता

  • नागरिक रैबार
त्रिशूली दुर्घटना अपडेट : मृतकको संख्या ८ पुग्यो, २१ अझै बेपत्ता

धादिङ — शुक्रबार बेनीघाटरोराङ–३ सलाङघाटमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । २१ जना अझै बेपत्ता छन् । मृतक मध्ये ५ को मात्रै सनाखत भएको छ ।

मृत्यु हुनेमा भारतीय नागरिक अजय दास र विजय कुर्मी तथा बेपत्ता कण्डक्टर ऋषि उप्रेतीको शव शुक्रबार नै पहिचान भएको थियो। कृष्णभीर निर फेला परेका २ शवको पनि पहिचान भएको छ। ती शवहरु मलंगवा १ निवासी ४० वर्षीय सुनिलकुमार श्रीवास्तव र उनकी श्रीमती ३५ वर्षीय नीमाको भएको आफन्तले पहिचान गरेका छन्।

कन्डक्टर उप्रेतीको शव गोर्खातर्फको किनारमा लागे पछि प्रहरीले दिएको तस्बिरका आधारमा आफन्तले शव पहिचान गरेका थिए। शुक्रबार देवघाट र जेगेडीमा फेला परेका ८ शवहरु मध्ये २ जनाको सनाखत हुन नसकेको प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए। दुर्घटनामा ज्यान गुमाएका एक महिला र एक बालिकाको सनाखत हुन सकेको छैन। घटनास्थलमा दुर्घटनामा बेपत्ता परिवारका आफन्तजनहरु आउनेक्रम जारी छ।

विज्ञापन

शुक्रबार बिहान सर्लाहीको मङ्लगवाबाट काठमाडौंतर्फ आउँदै गरेको सृष्टि डिलक्स ना ६ ख ७४६९ नं बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो।

पृथ्वी यायायात समितिमा आवद्ध कृष्ण यातायातको उक्त बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो।केही यात्रु पौडी खेलेर त केही भिरमा अड्किएर बाँचेका थिए। दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौंमा र बाँकीको अन्य अस्पतालहरुमा उपचार भइरहेको छ। बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए।

दुर्घटनामा २१ भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले बताए। सशस्त्र प्रहरीले गोताखोरसहितको टोलीले शनिबार पनि त्रिशूलीमा डुंगाको प्रयोग गरि बेपत्ताको जारी राखेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि