होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • राष्ट्रिय लोक-दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा विश्वकर्मा
समाचार

राष्ट्रिय लोक-दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा विश्वकर्मा

  • नागरिक रैबार
राष्ट्रिय लोक-दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा विश्वकर्मा

नागरिक रैबार/ बाजुरा २२ साउन । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुरा जिल्ला कार्यसमितिको अध्यक्षमा नरबहादुर विश्वकर्मा सर्वसम्मत चुनिएका छन् । समितिको तेस्रो जिल्ला अधिवेशनबाट विश्वकर्माको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो ।
प्रतिष्ठानका केन्द्रीय महिला सचिव राधिका हमाल, केन्द्रिय प्रतिनिधि विनोद बाजुराली लगायतको आतिथ्यतामा भएको अधिवेशनले प्रथम उपाध्यक्ष विष्णु धामी, द्धितिय उपाध्यक्ष प्रेम नेपाली महिला उपाध्यक्ष रिता शाही, सचिवमा धनबहादुर विसि, कोषाध्यक्षमा प्रमिला थापा, सह–सचिवमा निशान्त रोकाया, सह–कोषाध्यक्षमा देवबहादुर बोहरालाई छनोट गरेको छ ।
त्यस्तै, कार्यसमिति सदस्यमा राजेश पायल विक, मनिशा दानी, कल्पना वि.क., प्रेम नेपाली, सपना विक, राजेन्द्र रावत, छत्र साउँद, गणेश चौतारी, धर्म सुनार लगायत रहेका छन् ।
सबै पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन भएको निर्वाचन समितिका संयोजक अधिवक्ता पुरबहादुर रावतले जानकारी दिएका छन् ।
नवनिर्वाचित बाजुराको कार्यसमितिलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रिय महिला सचिव राधिका हमालले पद तथा गोपनियताको सपथ ग्रहण गराएकी हुन् ।
२१ जनाको जिल्ला कार्यसमिति रहने प्रावधान अनुसार नयाँ कार्यसमितिको पहिलो बैठकबाट अन्य सदस्यहरु मनोनित गरिने नवनिर्वाचित अध्यक्ष नरबहादुर विश्वकर्माले बताएका छन् ।
उनले अबको नयाँ कार्यसमितिले जिल्लामा लोकगीत, संगीत तथा लोक संस्कृतिको संरक्षण तथा जर्गेना गर्न बाजुरामा नयाँ कार्यसमिति चयन भएसंगै जिल्लामा पहिलो पटक बाजुरा आईडल समेत संचालन गर्नका लागि लाग्ने प्रतिवद्धता व्यक्त समेत गरेका छन् । बाजुरामा २०५९ सालमा स्थापित भएको लोक दोहोरी गीत प्रतिष्ठानले सुरुआती चरणमा अत्यन्तै बाधा, अड्चन र कष्टका साथ अगाडि बढेको थियो । हाल बाजुराको प्रतिष्ठानमा ३ सय ६१  साधारण सदस्यहरु रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार