होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • त्रिशूलीमा बस खस्यो, ३ जनाको मृत्यु, दर्जन बढी हराइरहेको आशंका
समाचार

त्रिशूलीमा बस खस्यो, ३ जनाको मृत्यु, दर्जन बढी हराइरहेको आशंका

  • नागरिक रैबार
त्रिशूलीमा बस खस्यो, ३ जनाको मृत्यु, दर्जन बढी हराइरहेको आशंका
साँकेतिक तस्विर

२४ साउन, काठमाडौं । सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको बस धादिङमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । १४ भन्दा बढी घाइते भएका छन् भने दर्जनभन्दा बढी यात्रु नदीमा हराइरहेको आशंका गरिएको छ ।

ना ६ ख ७४६९ नम्बरको रात्रिबस शुक्रबार बिहान ३ः३० बजे धादिङको बेनी रोराङ गाउँपालिका–३, सलाङघाटमा दुर्घटना भएर त्रिशूलीमा खसेको हो ।

धादिङमा कार्यरत नेपाल प्रहरीका एसपी राजकुमार बैदवारले दुर्घटनामा ३ जनाको मृत्यु भएको पुष्टि गरे । एसपी बैदवारका अनुसार, मृतकको सनाखत हुन बाँकी छ ।

विज्ञापन

दुर्घटनामा अन्य १६ जना घाइ भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएको छ ।

बसमा ३८ यात्रु सवार रहेको बताइएको छ । ३ को मृत्यु र १६ को उद्धार गरिएकाले बाँकी यात्रु त्रिशूली नदीमा हराइरहेको हुनसक्ने एसपी बैदवारले अनलाइनखबरलाई जानकारी दिए । यद्यपि, बसमा ठ्याक्कै यति नै यात्रु थिए भन्ने नखुलेकाले हराउनेको संख्या यकिन हुन नसकेको उनले बताए ।

‘बसमा ३८ यात्रु चढेको जानकारी हामीलाई आएको छ’, एसपी बैदवारले भने, ‘बीच–बीचमा झार्दै र चढाउँदै ल्याइएकाले दुर्घनाको समयमा कति यात्रु थिए भन्ने यकिन गर्न सकिएको छैन । तर, केही यात्रु नदीमा हराइरहेका छन् ।’ उनले नदीमा डुबेको बस तानेर हराइरहेकाहरूको खोजीकार्य भइरहेको बताए ।

बस सडकबाट अन्दाजी २ सय मिटर तल त्रिशूली नदीमा खसेको छ ।  दुर्घटनाको कारण नखुलेको र यसबारे थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ । अनलाइनखबरबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार