होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १, २०८१
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • भु–स्वर्ग बडिमालिका बाजुरा !
विचार/ब्लग

भु–स्वर्ग बडिमालिका बाजुरा !

  • नागरिक रैबार
भु–स्वर्ग बडिमालिका बाजुरा !

ऐतिहासिक पृष्ठभुमि :हिमालका काखमा अवस्थित हिमखण्ड नेपाल जहाँको सँस्कृतिक सनातन आर्य धर्ममा सर्माहित भइ युगयुग देखि चलायमान छ । अनेकैँ हिमसिखर देत्वको सवाल सँगै भगवान शिवको आवास छ । नेपाल धर्ति भित्रको मालिका हिम शिखर सुदुर पश्चिम बाजुरा जिल्लाको पूर्व दक्षिणमा अवस्थित शैफाल हिमालको हिम शृखला हो ।

समुद्रि सतहबाट ४२१४ मिटर उचाइमा रहेको मालिका पर्वतको पूर्वमा नेपालकै लामो नदि कर्णली र पश्चिममा बुढिगंगा नदि बग्दछन । प्राकृतिक सौन्दर्य सम्पदा र समग्र हिन्दुहरुको लागि आस्ता श्रद्धा विश्वास र भत्तिभावको केन्द्र मानिन्छ । बडिमालिका देवि १०८ देवीका शक्ति पिठ मध्य एक महत्व पूर्ण पिठ हो । पार्वती र भगवतिको स्वरुपकी यी मातालाई हृदय बासीनी दुःख नासिनी खुसिकी सैगुनी ज्ञानकी खानी मनकामना सन्तान शक्ति मोक्ष प्राप्तीका रुपमा लिइन्छ ।

बडिमालिका देवी दक्ष प्रजातीकी छोरी श्रृष्टिका स्वामीसँग भएको विवाह पिता दक्ष प्रजाती विपरित भएको हुदा उहाँले आफ्नो यज्ञमा सम्पुर्ण देवि देविता ऋषीलााई आमन्त्रण गरेको तर सत्य देवि शिव अर्घाङ्गीनी सृष्टि कर्ता ,कैलाशपति महादेवलाईु आमन्त्रण नगरेको अपहेलना सहन नसकी सती देविले पिताको योग्य कुण्डमा हाम फालिन जसले गर्दा शिवजीको क्रोधले शति देविको मृत शरिर बोकेर संसार घुम्ने क्रममा बाजुराको मल्लीका गिरी पर्वत (मालिका ) देविको बाँया कुम पतन भएकोले यो स्थान सती देविको शक्ति पीठका रुपमा लिइयो ।

विज्ञापन

बाजुरा जिल्ला भौगोलिक विभिधतासँगै विभिन्न जातजाति भाषा भाषी , सँकृति रहन सहन ,प्राकृतिकको अनुपम सौर्धको खानी ,कला साहित्य लोक भाका , लोक गित ,पन्चे बाजा , देउडा , मागल , सगुन ,आरती ,पड्छो ,भुवो , भोस्सो , पैठ ,हुड्केली ,जस्ता स्वागत सत्कारका लागी जिउदो रुप हो । पौराणीक कथा अनुसार सिजा,लामावाडा कनकसुन्दरी वार्क नेपाल्गन्ज,बागेश्वरी, सल्यान खैरवाङ्ख भगवती ,बैतडी त्रिपुरा सुन्दरी, डोटी शैलेश्वरी,डडेलधुरा उग्रतारा मदय कि जेठी बहिनी ,मालिका हुदा बडिमालीका भनिएको हो ।

,बडिमालीका देविको उत्पती र देवभुमीको रोचक पौराणीक कथा श्री स्वस्थानी ब्रर्त कथाको दशँौ अध्यायमा गरिएको बणनले यहाँको महत्व झल्कीन्छ । भनेपछि जंग बहादुर राणले मालिका देविको नियमित पुजाका लागि पैमा पुजारी निवासमा देविको निवास भण्डार गृह निर्माण व्यबस्थापन गर्न नित्य पुजाका लागि गुठीको व्यबस्था गरेको छ ।
बडीमालिका क्षेत्रका देव स्थलहरु :
१) त्रिवेणी क्षेत्र
तिन नदिको सगम त्रिवेणीालाइ चलन चल्तीको भाषामा विनी अर्थात त्रिवेनी भन्दछन । फराकिला ,ठुला घाँसे मैदान , करिब ३८६० मिटर उचाईमा अवस्थित यहाँ पुर्वी दिशामा खेतिवेती प्राकृतिकले बनाएका खेत धान (बग्ने नदि वेणु ,उत्तरी क्षेत्रबाट रुद्रा र श्रीर नदिको मिलन हो त्रिवेणी । बडिमालिका जाने दर्शन यात्री भत्तजनहरु एक दिन त्रिवेणी बास बसि स्नान गरि बडिमालिका मन्दिर फर्कन्छन । प्रकृतिको औलौकिक सौन्दर्य बाइस पाटन ठुला घाँसे मैदान हुन ।

यहाँ स्नान गरे पछि मनोकाग्छा पूरा हुने पाप दुःख कष्ट नष्ट तन मन शुद्ध हुनका साथै कतिपयले आफ्ना स्वर्गीय पृतिहरुको आत्मा शान्तिका लागि पुजा अर्चना सँगै स्नान गर्दछन । पृतिहरुलाई यहा लिदा स्वर्गमा बास मिल्ने जन भनाइ रहेको छ । त्रिवेणी क्षेत्रसँगै सो क्षेत्रमा अन्य धार्मिक तथा पौराणीक मह्वका देब स्थलहरु पर्दछन । जस्तै जोगी पहिरो , ब्रहमाण्डना ,लैडी , विनार्थक ,मासडण्डी , गुुराँस डण्डी , भङकी पर्ने , बासुधारा , पञ्चपुर , देबघाट विष्णुपानी बृद्ध कन्धरा धवाल पुरीहरु नाटेश्वरी माई ,मौरे शिव क्षेत्र प्रमुख धार्मिक आस्थाका केन्द्र मानिन्छन ।

२) नाटेश्वरी माई :
हिन्दु सँस्कृतिमा उत्तर वैदिक युगदेखि नै देविको मह्व प्रकट बन्दै गएको छ । कुल देवता र देवीलाई जिवन रक्षा र मनकामना पूर्णताको शक्ति मानिन्छ । बाजुरा जिल्लाको कैलाशमाण्डाँै हाल त्रिवेणी नगरपालिकामा अवस्थित बडिमालिका त्रिवेणी क्षेत्र नाटेश्वरी माई मौरे क्षेत्र प्राचिन समय देखिको देब भुमि तपोभुमिका रुपम रही देविको नाच गान मनोरन्जन गर्ने थलो हुनाले यसलाई नाचन थली पनि भनिन्छ । भगवतीको स्वरुपमा लिइन्छ ।

यस क्षेत्रमा चैत्राष्टमी श्रवण शुक्ल पूर्णिमामा गंगा दशरा जनैपूर्णिमामा भव्य मेला लाग्छ । परम्परा काल देखि नाटेश्वरी माइका पुजारी छत्याल बंसिय ठकुरी हुन । बाइस पाटनको धनी र देविको रक्षात धरपुरो देवता सँगै कालिका माईको मन्दिर सँगै जोडिएको छ । वि.स .२०३७ साल माघमा राजा विरेन्द्र र रानी यस्वर्यले जगदम्बा देविको पूजा आरधना र वि.स.२०५७ श्रवणमा योगी नरहरी नाथ यीनका सक्रियतामा श्री १०८ विश्व शक्ति पोटी होम संचालनले यहाको महत्व झल्किन्छ ।

३) बुढीनन्दा :
सत्यता र प्राकृतिक सौन्दर्यताको अनुपम उपहार बाजुरा जिल्लाको कुन्ना क्षेत्र ऐतिहासीक एवंम धार्मिक पर्यटकिय तिर्थ स्थल हो । समुद्रि सतह देखि ४४८८ मि. उचाईमा अवस्थित सैपाल हिमालको दक्षिणी हिमश्रृङखला उत्तरम फुलै गुम्बा , सैन पाटन दक्षिणमा कोल्टि , कुरु गाड , तलिगाठि कैलाश पर्दछ । वरकि देवि सोचेको पुग्नको वुढिनन्दालाई मालिका देविकी बहिनिका रुपमा मान्दछन् । जुम्ला चन्द नाथको तालसँगै सुनालिस्नी रुपालिस्नी र पञ्चाल झरनाले सत्यकि देवि बुढिनन्दालाई सोभायमान बनाएको हो । देविको दर्शनमा बाजुरा जिल्ला लगाएतका कालिकोट , हुम्ला , जुम्ला ,अछाम, बझाङ तथा बाहिरीका जिल्ला बाट दर्शनार्थिहरु आउछन् ।
                                                              खुसि भया बुढिनन्दा सुदि भमाई माटी ।
                                                                देउदेउ माता बुढिनन्दा देउदेउ बरदान ।।

४) देवि सुनन्दा :
कर्णालीपारी जुकोट खुडुलि लेक शम्भुनाथको मन्दिरलाई साईमाडु भनिन्छ । नौ ऋषिका माडु र स्वामिकार्तिक शम्भुनाथकि बहिनिका रुपमा सुनन्दा देवि हुन । आह्देविको श्रावण पुर्णिमाका दिन पुजा आरधाना हुने गर्दछ । दुन लेख जाल्पादेवि बुढिनन्दा देविको बहिनि हु्न् । देवि सुनन्दा जाल्पादेवि जुगाडा पण्डित कार्कि जार्तरा कुल देवता हो । बाजुरा जिल्लाका विभिन्न भागमा अवस्थित धार्मिक स्थलहरु , आटिचैरमा बडालेक ३०० फिट , दोगडिको जुगाडामा , सैमगाड, कैलाशमाणै नण कैलाश ,घटाल, कैलाशको नित्य पुजा आरधानो यहाँको संस्कृतिक झल्किन्छ ।
बडिमालिका क्षेत्रको भौगोलिक अवस्था ः
शुदुरपश्चिम प्रदेशको सु्न्दर धर्ती बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकामा पर्ने मालिका त्रिवेणी क्षेत्र आदीशती चराचर जगतक्ी रचैता र रक्षिका मालिका माता हिउदमा हिउको सिरक ओडेर बस्छिन् भने बर्षायाममा ढकमक्क कुटिरो ओडी घुम्टो भित्र लुक्छिन् । अग्र्ला तिन धरातल फराकिला घाँस , मैदान , त्रिवेणी बाइस पाटन अनेकौ प्राकृतिक बगैचा भएको शिव पार्वतीकोृ धर्ती स्वर्गसरी छ । यो क्षेत्रमा पुग्न उपयुक्तm मौसम बैशाख देखी भाद्र महिना हो । यहाँ विश्वकै लोपन्मुख बहुमुल्य जडिबुटीका भन्डार बन्यजन्तु चराचुरुगी बोटविरुवा , फुलका साथै थुर्पै किसिमका खनिज , चट्टानहरु पाईन्छन् । जहाँ राष्ट्रकै सम्पती हो । र यसले राष्ट्रकै समृद्धीमा टेवा पुग्नेछ ।

बडिमालिकाको पुर्व तिर सैपाल हिमाल जेठी बैरानी शिखर सुर्मा सरोवर लेक , खप्तड लेक , उत्तर दिसामा मुगुका चिनाउने सिस्ने पातरसी , हिमाल पर्दछनछ् । मालिका , त्रिवेणी पाटन क्षेत्र प्रकृतीको एक त्रिवेणी सङगा्रलय हो । कस्तुरी , मृर्ग चितुवा , बाघ , भालु , रतुवा , थार , बदेल , ब्वासा , घोरल डाँफे , मुनाल , कालिज , ढृुुक्कुर , हलेसा , जस्ता विभिन्न प्रजातिका जंगली जनावर तथा पन्छी पाइन्छन् । यहाँका बुट्यानहरुमा दुर्लभ यार्सागुम्वा , पाँचऔले , कटुकी , सतुवा , पदमचारो , गदाल्र्नु , जटामसी , चिराइतो , सुगन्धवाल रुघासाग जस्ता बहुमुल्य जडिबुटीको भन्डार क्षेत्र हो ।

यस क्षेत्रमा कोणधारी अल्पायन ठन्ठा , सितोष्ण , अल्पायन , जलवायु हावापानी र विभिन्न किसिमका खनिज काइनेट अभ्ख , चुनढुगाँ ग्रेरनाइट , फलाम , सुनचादी आदी पाईन्छन । यस क्षेत्र बाट पश्चिम तर्फ बग्दै बुढिगंगा नदीमा थुर्पै खोलाहरु जस्तै सेरेखोला , बाउली गाड , विरेखोला , कोर्दीगाड , मनागाड , मालागाड , चामागाड बग्दछन् भने पुर्व तिर कर्णली नदिमा ठिनी खोला जुलीखोला , वुर्काखोला, सानीगाड , रुप्सागाड बग्दछन् ।
मालिका क्षेत्रको पदयात्रा मख्य माग ः
ऐतिहासिक धार्मिक , साँस्कृतिक तथा पर्यटकिय महत्व बोकेको मनोरम सौन्दर्यले भरिपुर्ण बडिमालिका देविको महिमा र गरिमा बेजोड छ । पदयात्रा आफैमा साहासि कार्य हो । यस क्षेत्रमा हिउमा अत्याधिक जोड हिउ पर्ने हुनाले जेष्ठ देखी भाद्र महिना जान सकिन्छ । सो समयमा अधिकांस पाटनहरु भेडा , चेङगा्र , गाई , भैसी गोठहरुमा गोठालाहरु हुन्छन् । खर्कहरुमा बस्छन् । अघिपछी तँहा कुनै होटेलहरु हुदैनन् । तर जात्रा मेलाको समयमा ठाँउ ठाँउमा खाना बस्ने व्यवस्थाका अस्थाई होटेलहरु हुन्छन् । प्राय जसो दर्शन यात्रीहरु आ आफ्नो व्यवस्थामा जाने गर्दछन् ।

साथै आफैले बोकेका खाने कुरा खाई आरामका साथ विभिन्न दृष्ट्रिहरु हेर्दै ठाँउ ठाँउमा मालिका देविकोे जय जय कार गर्दै लहरै हिड्ने गरिन्छ । बडिमालिका देविको पुजा आरधना श्रवण शुक्ल चतुरदसिका दिन हुने भएकाले तृदशिका दिन त्रिवेणी धाम स्वान गरिन्छ । स्वान गरिसकेपछी बडिमालिका माताको स्थलमा गई पुजा गरिसकेपछी पछिल्लो दिन नाटेश्वरिमा गई मन्दिरमा पुजा गरिन्छ । र जनैपूणिमा अर्थात रक्षाबन्धनको दिनमा नाटेश्वरी माताको दर्शन सगै मौरे शिवालयको दर्शन गरी आ आफ्नो घर लगिन्छ ।

मालिका जाने तिर्थयात्रीले यहाँको मौसमको जानकारी लिन जरुरी छ । अत्याधिक चिसो हुने हुदा यस निमोनिया श्वासप्रश्वास समन्धीका विरामीलाई अप्ठेरो हुन सक्छ । बाक्ला लुगा झोलिलो खाने कुरा स्लीपिङ व्याग रेनकोट , टेन्ट , हाईफुड , टर्चलाइट पानी खाने भाडो छाता ,पलास्टिकका साथै प्रथमिक आपतकालिन औषधीको व्यवस्था गर्नुपर्ने हुन्छ । खानेकुरा जथाभावी खानाले आकस्मिक बिरामी हुन सक्छन् ।
बडिमालिका बाजुरा सम्म जानेरुटहरु ः
१ः काठमान्डौ बाट धनगढी .. गाडी रात्रीबस वा हवाईजहाज
२ः धनगढी–वाजुरा गाडी (रात्री वस ) कैलाली सदरमुकाम मार्तडि वाम्कावजार सम्म
३ कञ्नपुर महेन्द्रनगर सदरमुकाम वाम्कावजार वाम्का वजार (रात्री वस )
४ बाजुरा वाम्का वजार त्रिवेणि नगरपालिका नाटेश्वरि मन्दिर हुदै मालिका थलिसम्म १५ किमि पैदल यात्रा
५) बाजुरा मार्तडि फुल चढाउना हुदै मालिका थलि सम्म १० किमि पैदल यात्रा
६) बाजुरा वडिमालिका नगरपालीका जडाङ्गगा हुदै कोर्ध गाउ मालीका थलि किमि पैदल यात्रा
७) वाजुरा त्रिवेणि नगरपालिका ९ पैमा पुजारि निवास भण्डार गृहहुदै मना गाउ छोटा ढुङ्गगा फुल चढाउना हुदै मालीका थलिसम्म ६ दिन पैदल यात्रा
बडीमालिका देवि प्रतिको जनविश्वास ः
आदित्य प्रकृति भित्र यि जगज्जननी को निवासमा मनूस्यले पाइला टेक्दैमा आत्म सान्ती एवम् पूर्ण प्राप्ति हुनुकन साथै मनोकाक्षा पुरा हुन् विश्वास गरिन्छ । मालिका देवि भन्दा प््िरायलोक मोज दिने स्थान तिनैलोकमा छैन । दुस्कर्म दुरव्यवहार दुराचार अभिमानी भावना देवीको परक्रम जेथर्ल पवित्र हुदै जान्छ । दशर््नार्थीले आफ्नो दुख पिडा असान्ती वाट मुतmका लागी ध्वजाफुर्का भेटिघाटी वाधो वन्धक सुन चादी गरगहना शंख्ख घण्ट आलम धुप पाती फलफूल सुद्ध तोरिको तेल चामल सिन्दुर केशरि चढाउने गरिन्छ । दुखपिडा अशान्तिवाट मुतिmको गन्तव्य जनविश्वास रहेको छ ।
बडीमालिका देविको नित्यपुजा परम्परा ः
पुजा भनेको देविदेवता ऋषी महर्षाी ग्रह नक्षत्र पृथ्वी जलचेज वायु आदास , वृक्षवनस्पती अन्य जस्ता उपकारी तत्व तथा पितृगण प्रती कृतज्ञाता स्तुती भतmीको साररिक अवयवको विनय र विविध पर्दाथको निवेदन हो ।
ध्यान महावान चैव भक्त्या यच्च निवेदन निराजन प्रमाण मञ्च पञ्चपुचोपचारका ।
अर्थात ध्यान आवाहान निवेदन निराजन र प्रमाण समेतका पञ्चपुचोपचार बाटको पुजा हो ।
जात्रामा शुदुरपश्चिम तथा मध्यपश्चिमका सम्पुर्ण जिल्ला देशभरीका अन्य भुभागबाट आन्तरिक दर्शनार्थी , पर्यटक र भारतिय कमाउ , गढवाल , देहरादुन , मित्रराष्ट्र बाट हजारौं तिर्थ यात्री भतmजन पैदल यात्रा गर्दै बाटो बाटोमा बास बस्तै त्रिवेणी धाम पुग्दछन् ।

त्रिवेणीबाट करिव ६१६ घन्टा पछी मालिका थलिमा पुगिन्छ । आफ्नो बस्ने व्यवस्था मिलाइ सकेपछी रातभर आराधाना भोजनकृतन गर्दछन् देवीको स्थान हेर्दा सानो लाग्ने तर जती मान्छे पनी अटाउने जादुमय शतmी अच्चमको छ । देविको पुजा श्रवण चतुदर्शीका दिन लाग्ने हुदा बाह्रबजे पछी लाइनमा लाग्ने गरिन्छ । हजारौं व्यतmीको भिड हुने हुन्छ । मन्दिरमा पवित्र विधिशास्त्र विद्यानले पुजा गरिन्छ । सरकारी टोली डोटी , कणली , जुम्ला , कालिकोटको पुजा गरिन्छ । रातभरी मागल भजन गाई देविको जयजयकारले मालिका पवित्र भुमी गुन्जायमान हुन्छ ।

पुजा अर्चना संगै विहान हवम शुरु हुन्छ । जौ, तिल, घ्यू , तेल , विधी विधान र मन्त्रबाट हवम कुन्डमा हाम भई टिका , तिलक , प्रसाद स्वरुप देविलाई चढाई सम्पुर्ण भतmजन दर्शनार्थीलाई दिइन्छ । देवीको मुल पुजामा पुजारी पैमा निवासी तिमिल्सीना वंसका वा्रहमण बस्छन । र वख्र्याल पुजारी होम कुन्ड तथा त्रिवेणी धाममा बस्दछन् । बडिमालिका माताको पुजा पछी तिर्थयात्री , नाटेश्वरी फर्कन्छन् र पुजा गर्दछन् ।

पैमा पुजारी मुल घर भन्डार गृह फर्की बाजागाजा पञ्च कलस सहित देविलाई भव्य स्वागतका साथ डोली घरमा भित्त्रयाउन्छन् । खस सामान्यताका तैनाथी थर्पुराज्य जुम्ला , बाजुरा , डोटी , तत्कालिन आ आफ्नो राज्य व्यवस्था बाट पुर्वपुजा र नृत्य पुजामा पैमा पुजारी संग रहेका सिजापती महाराज प्रिती मल्लका शाके १३४३ । १३४८ का ताम्रपत्रमा मालिका देविका पुजारी पैमा गाउका सुमेसर उपाध्यायका नाममा जारी गरिएको थियो ।

नेपाल एकिकरण पछी अमरसिंङ थापाले महाकाली पश्चिम विजय प्राप्ती पछी देविको पुकार लागेको ले अमरसिंङ थापाले डोटी बाट सरकारी टोली पुजा सामाग्री पुजा पेटारो डोली पढाउने गरेको व्यवस्थाले अहिले पनी डोटीको सरकारी पुजा टोली आउने गर्दछ् । कालिकाट फुकोट निवासी वढर्याल पुजारी जिल्ला प्रशासन कार्यलयको सरकारी टोली प्रतिनिधी सहित आउने गर्दछन् । त्रिवेणीमा डोली डोेटी र कर्णलीको सरकारी टोलीलाई चाँदीको शुत्र बख्र्याल पुजारीले बनाउने र पुजा गर्ने परम्परा छ । जुम्ली बाइसे राजा शुदर्सन शाहीले बडिमालिका माताका नाममा चढाइएको छत्रले नुवाउने चलन छ ।
बडीमालिका क्षेत्रको विकास सम्भावना समस्या र समाधान ः
आजको भौतिक वादी समयमा पनि प्रकृतिले शुस्ती गरि रहेको भु–स्वर्ग बडिमालिका बाजुरा बौद्धिक ग्रन्थ पुराण देवि देउताको क्रिडा भुमि ऐतिहास भेटिन्छ । सन्चारलाई सुन्दर अवस्थाले हेर्दा प्रत्येक चिजहरु सुन्दर बहुमुल्य हुन । बार्जुको थली मालिका बुढिनन्दा ,खप्तडको माझमा बुढिगंगा बगेको छ । जलविद्युत देखि अन्तरिक बाह्य पर्यटकमा सिह दरवारका आँखाले नदेखिएको यो तपोभुमी संरक्षण सम्वर्धनको प्रखाइमा छ ।

साथै यस क्षेत्रको विकास अध्यायन खोज र अनुसन्धानका विषयमा राज्यबाट उपेक्षित भएको नेपाल देशकै मानब विकास शुचाङ्कमा पछी परेको बाजुरा जिल्लालाइ विकासको मुल्य प्रवाहमा ल्याउन गरिवीको रेखामुनी बाट उठाउन धार्मिक प्रर्यटकिय गन्तब्यको रुपमा चिनाउन जरुरी छ । त्यसैले सिङ्गो बाजुरा जिल्ला मात्र नभई राष्ट्रकै समृद्धिमा टेवा पु¥याउने छ ।
पहिलो बर्ष देशका उत्कृट सय पर्यटकिय गन्तब्य बडिमालिका परेको र अगामी बर्ष पर्यटकिय बर्षका रुपमा मनाउदै गर्दा त्यहाँको भौतिक पूर्वाधार लगायत अन्य विकासमा जोड दिने सबैले लाग्नु पर्ने देखिन्छ । एका तिर यहाँको अथाहा सम्पती अमूल्य जडीबुटी बन्य जन्तु खनिज चोरीको सम्भावना दिनानुदिन बढ्दै छ ।

त्यसलाई जरुरी अर्को तिर यस क्षेत्रलाइए राष्ट्रिय निकुन्ज संरक्षण क्षेत्रको घोषणा गरिनु आजको आवश्यकता हो । प्राचिन राजा रजैटाले यस क्षेत्रको मह्त्व आत्मसाथ गरेको र तत्कालिन रानी दिव्यश्री शाहले मालिका गुठी निर्माण गरि दर्ता गरेका र श्री १००८ परमदेश स्वमी सुर्यचन्दान ,सरस्वती , खप्तड बाबाले खप्तड बसेपछि बडिमालिका व्यबस्थित योजना बनायका थिए । वि.स. २०२८ सालमा राजा विरेन्द्र र रानी ऐश्वर्य खप्तड स्वामी तत्कालिन सुदुर पश्चिम बहिनीपति भरत केशरी शाहले मन्दिर निर्माण योजना बनाएका थिए ।

यसपछि तत्कालिन जि.वि.स सभापति छत्र ब. शाह पुजारी मनिराम पाध्याय ,हर्क खत्री , चक्र ब.थापा , सर्पे बुढा , दल ब. रावल , कोल्टी वि.स. २०३६ साल गई मन्दिर निर्माण गरेको थियो । देशमा १० बर्ष जनयुद्ध त्यहाका मुर्तिहरु चोरी भएको र त्यस पश्चात पुजारी श्री भोजराज पाध्याय र श्री नेत्रराज पाध्यायले पहिलो पटक २०६३ चैत्र ६ गते देखि १२ गते सम्म सतचण्डी ज्ञान माहायोग्य तथा गायत्री लघु पश्चरण अनुष्ठानको आयोजना गरेको थियो ।

नेपाल सरकारले २०७२÷७३ को निति तथा कार्यक्रममा मालिका क्षेत्रको विकास र पूर्वाधार निर्माणमा प्राथमिकतामा पारेको तथा विकास हुन सकेको छैन । भौगोलिक विकटता र विकासको गति पछाडी परेको यो क्षेत्रलाइ सरकारी गैरसरकारी निकाय बाट पर्र्यटन बोर्ड स्थानिय निकायको पहलमा अगाडी बढाइ विकासका पूर्वाधार सञ्चार , विजुली ,बाटो, यातायात सँगै केबलकारको निमार्ण गर्न सके आन्तरिक तथा बाह्य पर्यटक पद यात्राको गन्तब्य बनेमा हामीले ठुलो आर्थिक उन्नती हासिलका साथै रोजगारीका बाटाहरु सिर्जना हुनेछन । समृद्ध र समुन्नत बाजुराका लागि धार्मिक पर्यटनका क्षेत्र खप्तड ,छेडेदह लाई ऐतिहासिक स्थल चिनाउन सके नेपालकै शिर फुल हुनेछ ।

                                                                  पथ्यरीकी नन्दादेवि कोट घर कालिका
                                                                   बाजुरा बैकुण्ठ रहीछ धन्य हो मालिका ।

लेखक भरत बुढा नेपाल विद्यार्थी संघ नेता तथा सामाजिक अभियान्ता हुन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै