होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख २३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बासमति भण्डारीको २ महिनापछि शव फेला
समाचार

बासमति भण्डारीको २ महिनापछि शव फेला

  • नागरिक रैबार
बासमति भण्डारीको २ महिनापछि शव फेला

धर्मराज सुनार/बाजुरा १९ साउन । बाजुराको हिमाली गाउँपालिका वडा नं १ कि १६ वर्षिया किशोरी बासमति भण्डारीको २ महिना १० दिन पछि वेवारिसे अवस्थामा शव फेला परेको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि विच्छ्या माध्यामिक विद्यालय बाट खेलमा सहभागी भएकी बासमति भण्डारी जेष्ठ महिनाको ७ गते बाट बेपत्ता भएकि थिईन् ।
किसोरी भण्डारीको शनिबार हिमाली गाउपालिका वडा नं. ६ धुलाचौर स्थित कर्णालि नदिको किनारमा मृत अवस्थामा शव फेला परेको इलाका प्रहरी कार्यालय धुलाचौरले बताएको छ ।
शनिबार घाँस काट्न गएका स्थानिय रन सार्किले भण्डारीको शवलाई फेला पारेर धुलाचौर प्रहरीलाई खबर गरेका थिए ।
किशोरी भण्डारीको टाउकोको खप्पर र लगाएको कपडा फेला परेको थियो । उनले लगाएकोे कपडाले बासमति भण्डारीे नै हो भनेर उनका दाजु जोख वहादुर भण्डारीले स्वीकार गरेको सहायक प्रहरी निरिक्षक दिलिप सिँह महतले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै