होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १४ भदौ । बाजुराका स्थानीय तहहरुमा जनप्रतिनिधीहरुको सुविधाका लागि खरिद गरिएका सवारी साधानहरु दुरुपयोग भईरहेको पाईएका छन् । यसै क्रममा बुढीगंगा नगरपालिकाका अधिकाँस मोटरसाइकलहरु दुरुपयोग भईरहेका छन् । नगरपालिकाको कामका लागि मोटरसाईकल खरिद गरिएका भएपनि वडा अध्यक्षहरुले आफ्नो निजी कामका लागि विदाको समयमा समेत प्रयोग गर्ने गरेको पाईएको छ । नगरपालिकाले नगरभित्रका सेवाग्राहीको […]
काठमाडौं : बहुविवाह गर्ने व्यक्तिले सरकारी जागिर नपाउने कानुन बन्दै छ। संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले बहुविवाहलाई अपराध मानेको छ। अन्य फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहरिएका व्यक्ति पनि निजामती सेवामा अयोग्य हुनेछन्। जसमा भ्रष्टाचार, किर्ते, राष्ट्रविरुद्ध जासुसी, लागुऔषध करोबार, सम्पत्ति शुद्धीकरण, पुरातात्त्विक वस्तु बेचबिखन, मानव बेचबिखन, अपहरण, शरीर […]
नागरिक रैबार/बाजुरा १२ भदौ। बुधबार राति परेको अविरल वर्षाका कारण खारगाणा खोलाको बाढीले कटान गर्न थालेपछि बडीमालिका नगरपालिका वडा नं ८ गणखेतमा रहेको ऐडीबाणाको सिंगो बस्ती नै जोखिममा परेको छ । खोलामा आएको बाढीका कारण बस्तीको मुनिबाट निरन्तर कटान सूरु गरेपछि बस्तीमा रहेका १८ घरधुरीका घरहरु जोखिममा पर्दै गएका हुन् । प्रत्यके वर्ष वर्षातको समयमा […]
महेश कार्की/कोल्टी १२ भदाै। बुढीनन्दा नगरपालिकाको कोल्टी बजारबाट हिमाली गाउँपालिकाको धुलाचौर जाँदै गरेको जीप दुर्घटना भएको छ । से १ ज १०६४ नम्बरको जीप विहिबार बुढीनन्दा गरपालिका १ मटेला गाउँ नजिकै को ओरालोमा ब्रेक फेल भई दुर्घटनामा परेको थियो । जीप दुर्घटनामा हिमाली गाउँपालिका नदापाटा निबासी बर्ष १७ कि सिर्जना कार्की र मुगु खत्याड गाउँपालिका […]
राजेन्द्र बिक बाजुरा १२ भदौ । यातायात को असुबिधा का कारण स्याउ खेती गर्ने किसान लाई बिक्री गर्न सास्ती ब्यहोर्नु पर्ने बाध्यात्मक अवस्था रहेको छ । बाजुरा जिल्ला का बुढिनन्दा नगरपालिका, जगन्नाथ गाउपालिका र स्वामिकार्तिक गाउपालिका मा अधिकांश किसान हरुले स्याउ खेति गर्ने गरेका छन्।निकै मिहिनेत गरेर फलाएको स्याउ लाई बजार सम्म ल्याउन यातायात को […]
मदन विक/बाजुरा ११ भदौ। नजिकिदै गरेको तीज पर्वलाई लक्षित गरेर आयोजना गरिएको तीज अवार्ड २०७६ मा बाजुराका राजेश कुमारलाई सवोत्कृष्ट भिडियो सम्पादकको विधामा अवार्ड प्रदान गरिएको छ । प्राईम टाइम्स टेलिभिजन र प्रियसी म्युजिक प्रालिको व्यवस्थापनमा बुधबार काठमाण्डौंमा सम्पन्न भएको उक्त अवार्डमा राजेश कुमारलाई “माईतिमा जाउँ कसरी जाउँ” बोलको तीज गीतबाट सर्वोत्कृष्ट तीज भिडियो सम्पादकको […]
२०६६ को एउटा अनिदो बिहान । पश्चिमोत्तर सुदूरको पाहाडमा घामले राम्ररी पखेँटा फिँजाइसकेको थिएन । बासिविदो बसेजस्तो आकाशमा टम्म बादल बास बसेको थियो । एकजना दीनहीन बालिका, आफूजस्तै दुब्लो, भोक, रोगग्रस्त र शोकमग्न अनुहारको बालक पिठ्युँमा बोकेर घाम नझुल्कँदै प्रकाश सिंहको औषधि पसलमा आइन् । अहेव सिंह बाजुराको देवलसिङ स्वास्थ्यचौकीमा काम गर्थे । रोगले गाँजेका र […]
पञ्चतत्व पृथ्वी, आकाश, जलवायु र अग्नीले बनेको यस व्रह्माण्डको उत्पतिसंगै विभिन्न कालखण्ड पार गर्दै प्राणी जगत जलचर, थलचर र बायुपंक्षीको उत्पति र मुख्य गरी थलचर प्राणीको विकास बाँनर, ढेडुबाँनर, बनमान्छे, अर्ध–बनमान्छे हुँदै मान्छेसम्म आईपुग्यो आजको सर्वश्रेष्ठ प्राणि मानव । आदिमकाल देखि प्रकृति र मानव विचको संघर्ष र श्रमले आजको विकसित मानवको प्राप्ती सम्भव भएको हो […]
डडेल्धुरा : जीप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको भागेश्वर गाउँपालिका-४ सेरागाडमा म १ ज २१० नम्बरको जीप दुर्घटना हुँदा बैतडीको पाटन नगरपालिका-७ तिम्तोलीका ६५ वर्षीया मानमती चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको हो। अजयमेरु गाउँपालिकाको देवलदिव्यपुरबाट जिल्ला सदरमुकाम आउँदै गरेको जीप भागेश्वरमा दुर्घटना हुँदा ३ जना […]
धनगढीमा आयोजित गौरा महोत्सव सोमवार सम्पन्न भएको छ। हाम्रो संस्कृती हाम्रो पहिचान नेपाल नामक संस्थाको आयोजनामा गौरा महोत्सवको आयोजना गरिएको थियो। गौरा महोत्सवको अवसरमा आयोजित डेउडा प्रतियोगितामा कञ्चनपुरको टिम प्रथम भएको छ भने कैलाली गाउँको टिम द्धितिय र तारानगरको टिम तृतिय भएको छ। आयोजक सस्थाका अध्यक्ष सुरत रावत डोटेली कान्छाले सुदूरपश्चिमको भाषा सस्कृतीको प्रवद्र्धन र […]
नागरिक रैबार/बाजुरा ९ भदौ। बाजुराको बडीमालिका नगरपालिका ७ जिल्लीकी २१ वर्षिया बसन्ती नेपालीको ३ दिनपछि सोमबार अन्तिम दाहसंस्कार गरिएको छ । नेपालीको सुत्केरी हुने क्रममा गत शनिबार जिल्ला अस्पताल बाजुरामा निधन भएको थियो । उनको हिन्दु परम्परा अनुसार मार्तडीको बाहुली खोलामा अन्तिम दाहसंस्कार गरिएको हो । गत शनिबार उपचारका क्रममा मृत्यु भएकि उनको डाक्टरहरुकै लापरवाहीका […]
काठमाडौं : टेलिभिजन प्रस्तोता रवि लामिछाने पाँच लाख धरौटीमा रिहा भएका छन्। उनलाई चितवन जिल्ला अदालतका न्यायधीश हेमन्त रावलको इजलासले धरौटीमा रिहा गरेको हो। पत्रकार युवराज कँडेल तीन लाख धराैटीमा रिहा भएका छन् भने अस्मिता कार्की तारेखमा रिहा भएकी छन् । रवि र युवराजले धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन्। उनीहरुविरुद्ध पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगसहित अघिल्लो […]
नागरिक रैबार/बाजुरा ९ भदौ। जिल्लाको त्रिवेणी नगरपालिकाको मालागाड खोलामा काठेपुल निर्माण गरिएको छ । त्रिवेणी नगरपालिकाले वर्षातको समयलाई मध्येनजर गर्दै उक्त खोलामा सहजरुपमा जीप तथा मोटरसाईकल संचालनका लागि खोलामा काठेपुल निर्माण गरेको हो । त्रिवेणी नगरपालिकाको वडा १, २, ३, र ४ नम्बर वडालाई जोडने प्रमुख नाकाका रुपमा रहेको सो खोलामा वर्षातको समयमा खोलामा पानीको […]
नागरिक रैबार/बाजुरा ८ भदौ। जातीय भेदभाव गरेको आरोपमा पक्राउ परेका २ जना जिल्ला प्रहरी कार्यालय बाजुराबाट ४ दिन पछि सरी दिदी भन्दै छुटेका छन् । हिमाली गाउँपालिका वडा नं. ६ धिमका गोरख सार्की र उनकी पत्नी आप्सरी ऐडी सार्कीले आफुलाई घरमै आएर सोही ठाउँका चिरिम मल्ल र भुपी मल्लले जातीय भेदभाव हुने गरी गाली गलौज […]
नागरिक रैबार/बाजुरा ८भदौ। बाजुरा जिल्ला अस्पतालमा शनिबार विहान सुत्केरी महिलाको ज्यान गएको छ । तीन दिन अघि प्रसुती गराउन जिल्ला अस्पतालमा आएकी बडीमालिका नगरपालिका वडा नं. ७ कि २१ बर्र्षीया बसन्ती नेपालीको शनिबार विहान अस्पतालको शैयामा मृत्यु भएको थियो । आईतबार प्रमुख जिल्ला अधिकारी सहित अन्य सरोकारवाला निकाय र मृतकका आफन्तहरुको छलफलका क्रममा स्वास्थ्यकर्मीहरुले विरामीको […]
राजेन्द्र बिक/बाजुरा ८ भदौ। बडीमालिका नगरपालिका वडा न.५ स्थित रुघाखोचा बस्ती पहिरोको उच्च जोखिमा रहेको छ । जडाङ्गा देखि मना सम्म जाने सडक जथाभावि तरिकाले कटान गरेपछि उक्त बस्ती पहिरोको उच्च जोखिम्मा परेको हो । बस्ती माथिबाट बडीमालिका नगरपालिकाले सडक कटान गरेपछि उक्त बस्तीमा बसोबास गर्ने स्थानीयहरुलाई ज्यान जोगाउन समस्या उत्पन्न भएको छ । भिरालो […]
नागरिक रैबार/बाजुरा ७ भदौ। जिल्ला अस्पताल बाजुरामा एक जना सुत्केरीको उपचारका क्रममा मृत्यु भएको छ । बडीमालिका नगरपालिका वडा नं. ७ जिल्ली निवासी कृष्ण नेपालीकि २१ वर्षिया श्रीमति बसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको हो । शनिबार विहान सुत्केरी नेपालीले दोस्रो सन्तानका रुपमा शिशुलाई मृत अवस्थामा जन्मदिएकि थिइन । घरमै सुत्केरी व्यथाले च्यापेपछि आफन्तहरुले शुक्रबार साँझ […]
नागरिक रैबार/बाजुरा ६ भदौ। बाजुराको त्रिवेणी नगरपालिकामा रहेको प्रशिद्ध धार्मिक स्थल नाटेश्वरी मन्दिरमा ८० लाख बराबरको लगानिमा अतिथि गृह निर्माण गरिने भएको छ । मन्दिरमा पुजा तथा भ्रमणका लागि आउने श्रदालु भक्तजन र पर्यटकको सुविधालाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेश सरकारले उक्त मन्दिरमा अतिथी गृह निर्माण गर्न लागेको हो । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा […]
नागरिक रैबार/बाजुरा ६ भदौ। बडीमालिका नगरपालिका वडा नं. ९ का महिलाहरुको सक्रियतामा बरामत गरिएको अवैध घरेलु मदिरा नष्ट गरिएको छ । सदरमुकाम मार्तडी बजारका विभिन्न होटल तथा पसलहरुबाट बरामत गरेको अबैध घरेलु मदिरा जिल्ला प्रहरी कार्यालय परिषरमा शुक्रबार महिला र प्रहरीको रोहबरमा नष्ट गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाजुराले चलाएको मदिरा नियन्त्रण अभियानलाई सहयोग […]
सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। गौरा पर्वको मुख्य दिन, आज अठवली अर्थात् अष्टमी हो। यस दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व ९ वटै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ। प्रदेश बाहिर र विदेशमा समेत बसोबास गर्ने सुदूरपश्चिमेलीले गौरा पर्व मनाउँदैछन्। भदौ […]