होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा तीन वर्षमा ३९ जनाले गरे आत्महत्या
समाचार

बाजुरामा तीन वर्षमा ३९ जनाले गरे आत्महत्या

  • नागरिक रैबार
बाजुरामा तीन वर्षमा ३९ जनाले गरे आत्महत्या
बाजुरामा तीन वर्षमा आत्महत्या गर्नेहरुको तथ्याक प्रस्तुति गर्नुहुदै प्रहरी निरिक्षक जनकराज ढुगाना । तस्विर नागरिक रैबार

नागरिक रैबार/बाजुरा २४ भदौ।जिल्ला प्रहरी कार्यालय बाजुराले बाजुरामा ३ वर्षमा ३९ जनाले आत्महत्या गरेको तथ्याङ्क सार्वजनिक गरेको छ ।

मंगलबार विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा बडीमालिका नगरपालिकामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा प्रहरीले आत्महत्या गर्नेको तथ्याङ्क सार्वजनिक गरेको हो ।

प्रहरीको तथ्याङ्क अनुसार ३ वर्षमा बाजुुुरामा आत्महत्या गर्ने २० जना पुरुष छन् भने १९ जना महिला रहेका छन् । यी मध्ये आत्महत्या गर्ने अधिकाँस १६ देखि ३६ वर्ष उमेर समूहका रहेका छन् । जसमध्ये १६ वर्ष मुनिका ६ जना बालवालिकाले आत्महत्या गरेका छन् ।

विज्ञापन

प्रहरीको ३ वर्षको तथ्यांक हेर्ने हो भने आत्महत्याको दर बढ्दै गएको छ । यस अवधिमा ३४ जनाले झुण्डी आत्महत्या गरेको देखिन्छ भने अन्य ५ जनाले विष सेवन गरेर आत्महत्या गरेका छन् ।

आर्थिक वर्ष ०७३ र ७४ मा १३, आव ०७४ र ७५ मा १० र ०७५ र ७६ मा ११ र आव ०७६ र ७७ मा ५ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक जनकराज ढुंगानाले बताएका छन् ।

गरिबी, बेरोजगारी, अशिक्षा, तनाब, घरायसी समस्या, नकरात्मक सोच, माया–प्रेममा असफल र पछिल्लो समय सामाजिक संजाल जस्ता कारणले पनि बाजुरामा आत्महत्याका घटनाहरु वृद्धि हुँदै गएको छ निरिक्षक ढुगांनाले भने ।

बाजुरामा विश्व आत्महत्या रोकथाम दिवस मनाईयो

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार