होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • बाजुरामा विश्व आत्महत्या रोकथाम दिवस मनाईयो
Breaking News

बाजुरामा विश्व आत्महत्या रोकथाम दिवस मनाईयो

  • नागरिक रैबार
बाजुरामा विश्व आत्महत्या रोकथाम दिवस मनाईयो

नागरिक रैबार/बाजुरा २४ भदौ । बाजुरामा पनि विश्व आत्महत्या रोकथाम दिवस विभिन्न जनचेतना मुलक कार्यक्रम गरि भव्य रूपमा मनाईएको छ ।
आत्महत्या रोकौं, उनीहरुको नजिक जाऔं र जीवन बचाऔ भन्ने नाराका साथ उक्त दिवस बाजुरामा पनि सचेतनामूलक कार्यक्रम गरी मनाईएको हो ।
जिल्ला प्रहरी कार्यालय बाजुराको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत उक्त दिवस बाजुरामा पनि मनाईए जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

दिवसको अबसरमा बडीमालिका नगरपालिकाको तालिमहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरेर विश्वमा मानिसहरुले आत्महत्या किन गर्छन् ? कति उमेर समुहका व्यक्तिले आत्महत्या गर्छन्् ? आत्महत्या गर्नुको प्रमुख कारण केहो ? यसको रोकथाम कसरी गर्न सकिन्छ ? भन्ने बारेमा जानकारी गराईएको छ ।

पछिल्लो समयमा बाजुरा जिल्लामा पनि आत्महत्याका घटनाहरु बृद्धि हुँदै गएकोले यसको रोकथामका लागि जिल्ला स्थित सरोकारवाला निकाय, जनप्रतिनिधि, विद्यालयका शिक्षक विद्यार्थी नागरिक समाज लगायत सरोकारवाला निकायलाई आत्महत्या बारे जानकारी गराईएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

विज्ञापन

जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख तथा प्रहरी निरिक्षक जनकराज ढुंगानाका अनुसार बाजुरामा आत्महत्या गर्नेको संख्या बढ्दै गएकोले यसको रोकथामका लागि प्रहरीले आगामी दिनमा पनि बाजुरामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आत्महत्या सम्वन्धि विभिन्न सचेतना मुलक कार्यक्रमहरु संचालन गर्ने बताएका छन् ।

सामुदायिक सेवा केन्द्रका अध्यक्ष काल्चे दमाईको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख पदम बडुवाल रहेका थिए । कार्यक्रममा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपाने, जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय प्रमुख डाः रोहित गिरी लगायत कार्यक्रममा विद्यार्थी, शिक्षक, नागरिक समाज, प्राध्यापक, जनप्रतिनिधि लगाएत १ सय बढीको सहभागीता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार