होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, जेष्ठ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • मानसिक रोगी सुनारलाई प्रहरीको आर्थिक सहयोग
बाजुरा बिशेष

मानसिक रोगी सुनारलाई प्रहरीको आर्थिक सहयोग

  • नागरिक रैबार
मानसिक रोगी सुनारलाई प्रहरीको आर्थिक सहयोग

नागरिक रैबार/बाजुरा २५ भदौ। बाजुराको बडीमालिका नगरपालिका वडा नं. ७ सिराडीका २४ वर्षिया मानसिक रोगबाट पीडित बनेका देबेन्द्र सुनारको उपचारका लागि जिल्ला प्रहरी कार्यालय बाजुराले आर्थिक सहयोग गरेको छ ।

बुधबार जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख एंव प्रहरी निरिक्षक जनकराज ढुंगानाले पिडित बनेका सुनारका बुवा गोल सुनारलाई नगद १० हजार आर्थिक रकम सहयोग गरेका हुन् ।

आर्थिक अभावकै कारण उपचार नगराइ घरमै बसेका पिडित सुनारको उपचारका लागि जिल्ला बाहिर लिन समस्या भएपछि प्रहरीले उनको उपचारमा सघाउनका लागि आर्थिक सहयोग गरेको प्रहरी निरिक्षक ढुंगानाले बताएका छन् ।

विज्ञापन

विगत ३ वर्ष यता मानसिक रोगकै कारण सुनार पीडित बनेका थिए । उनको मानसिक रोगको उपचार गराउनका लागि जिल्ला बाहिर लिएर उनको उपचार गराउन नसकेपछि उनका बुवा गोल सुनारले छोराको उपचारका लागि भन्दै ३ दिनदेखि सदरमुकाम मार्तडीमा रहेका विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका कर्मचारी र व्यवसायीहरुलाई आर्थिक सहयोग गरिदिन आग्रह गर्दै सहयोग मागेका थिए ।

सदरमुकाम मार्तडीका विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी र व्यवसायीहरुबाट पिडितका बुवाले ८ हजार बढी आर्थिक सहयोग रकम संकलन गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय बाजुराको १० हजार र कर्मचारी, व्यवसायीहरुबाट संकलन भएको ८ हजार रकमले पिडीत सुनारलाई आजै उपचारका लागि जिल्ला बाहिर लगिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार