होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • रुघा खोकी र भाइरल ज्वरोका विरामी बढे, उपचारका लागी स्वास्थ्यकर्मी पुगे गाउँमै
समाचार

रुघा खोकी र भाइरल ज्वरोका विरामी बढे, उपचारका लागी स्वास्थ्यकर्मी पुगे गाउँमै

गाउँमै शिबिर संचालन २५० भन्दा बढीले पाय उपचार

  • नागरिक रैबार
रुघा खोकी र भाइरल ज्वरोका विरामी बढे, उपचारका लागी स्वास्थ्यकर्मी पुगे गाउँमै

नागरिक रैबार/बाजुरा २३ भदौ । बाजुराको बुढीगंगा नगरपालिका ताप्रा चौपाटीमा मा स्वास्थ्य शिविर संञ्चाल गरेको छ । वडा नं. २,३ मा रुघा खोकी र भाइरल ज्वरोका विरामीको चाप बढे पछि स्वास्थ्यकमीर्ले गाउँमा गएर शिबिर संचालन गरेको हो ।

रुघा खाेकी र भाइरल ज्वरोका विरामीको चाप बढेपछि स्वास्थ्य संस्था भन्दा टाढा रहेका गाउँका बिरामी स्वास्थ्य संस्थामा आउन नसके पछि त्यहा युवाहरुले केही बिरामीलाई बोकेर स्वास्थ्य संस्थामा लियो तर असम्भवको कुरा विरामी एक दुइजनालाइ त लिन सकिन्छ, तर पुरै गाउँमा भाइरल ज्वरोका बिरामी मात्र छन् । युवाहरुलाई अरु विकल्प केहि पनि थिएन् जबकी स्वास्थ्य संस्थामा खबर गर्नु मात्र थियो । त्यहाका युवाहरुले वडा नं. ३ मा रहेको आधारभुत स्वास्थ्य सेवा केद्रमा खबर गरेपछि स्वास्थ्यकर्मी उपचारका लागी

विज्ञापन

गाउँ पुगेका हुन । गाउँमा रुघा खोकी र भाईरल ज्वरोका बिरामीहरुको संख्या बृद्धी भएपछि बृद्धबृद्धा, बच्चा, अशक्तको स्वास्थ अबस्थालाई ख्याल गर्दै ताप्रा चौपाडिमा आज स्वास्थ शिबिर संचालन गरिएको स्वास्थ्य इन्चार्ज आशा थापाले बताउनुभयो । दिनहूँ स्वास्थ्य चौकीमा भाइर ज्वराका विरामी २५ देखि २० जना आउने गरेको थापाले बताइन् ।

गाउँका युवाहरु राकेश थापा, कर्ण थापा, सर्कल थापाको अगुवाईमा र ताँप्रा स्वास्थय ईकाईको प्राविधिक सहयोगमा शिबीर संचालन गरिएको स्वास्थ्य इकाई इन्चार्ज थापाले जानकारी दिनुभयो । बृद्धबृद्धा,बालबालिका तथा अन्य बिरामीहरुको उपचारमा सहजताको लागी ताँप्राका युवाहरुको पहँलमा गाउमै शिवीर संचालन गरेको युवा राकेश थापाले बताउनुभयो ।

हामी जनताका साथमा छौ भन्दै वडा नं ३ मा रहेको स्वास्थ्य चौकीका अहेव हरिलाल जोशी लगायतका स्वास्थ्यकर्मीको टोली गाउँमै गएर शिविर संचालन गरेको हो । निरन्तरता आफनो कामलाई अगाडि बढायर गाउँ समाजको सेवामा लागी परेको अहेव हरिलाल जोशीले बताए । मौसम परिवर्तन दुषित खाने पानी र फोहोर मैलाकोका कारण गाउमा भाईरल अत्यधिक बढेको छ । भाइरल लाग्नुको कारण स्थानीयहरुले स्वस्थमा ध्यान नदिएको र सरसफाईको कमीले गर्दा दिन प्रतिदिन विरामीको चाप बढ्दै गएको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

भाईरलबाट बच्न पानी फिल्टर वा उमालेर खानु घर आगन बाताबरण सफा राख्नु र मौसम अनुकुलको लुगा लगाउनु स्वास्थ्यकर्मीहरुले स्थानीयलाई आग्र गरेका छन ।  भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक प्रकारको सरुवा रोग हो । विशेषगरी रोग लागेका व्यक्तिको शरिरमा भएको तरल पर्दाथबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीले खोक्दा, हाँच्छ्यु गर्दा, हाई काढ्दा उसको शरिरमा भएका व्याक्टेरिया सजिलै अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीको नजिक बस्दा स्वस्थ मानिसको नाक, मुखबाट यस्ता भाइरस सर्ने गर्छन् ।

एक्कासि ज्वरो आएमा, श्वासप्रश्वासमा अप्ठ्यारो, जीउ दुख्ने, टाउको दुख्ने लक्षणहरू देखा परेमा त्यस व्यक्तिलाई इन्फ्लुएन्जा भएको भनिन्छ । प्रायः कडा घाम र पानी पर्ने मौसममा यसले प्रकोपको रूप लिने गरेकाले यसलाई मौसमी इन्फ्लुएन्जा पनि भन्ने गरिन्छ । यो हावाबाट सर्ने रोग हो । यसको प्रभाव जाडो मौसममा भन्दा गर्मी मौसममा बढी रहन्छ । यो रोग भाइरसका कारण हुन्छ । बदलिँदो मौसम, वायु प्रदूषण तथा दूषित पानीका कारण भाइरल संक्रमण बढी भएको र यसबाट बच्न बढी सरसफाइमा ध्यान दिनु पर्ने स्वास्थ्य इन्चार्ज आशा थापाले बताइन् । शिबिर संचालन गरेपछि वडा नं. २,३ गरी २५० भन्दा बढी भाइरल ज्वराेका बिरामीहरुले गाउँमै उपचार पाएका छन् । गाउँमै उपचार पाएपछि स्थानीय खुसी भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार