होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • अपराध
  • अप्डेट:घाईते प्रहरीलाई उपचारका लागि धनगढी लगियो
अपराध

अप्डेट:घाईते प्रहरीलाई उपचारका लागि धनगढी लगियो

  • नागरिक रैबार
अप्डेट:घाईते प्रहरीलाई उपचारका लागि धनगढी लगियो

नागरिक रैबार/बाजुरा २९ भदौ। बाजुराको सदरमुकाम मार्तडीमा जारी अनन्ते मेलामा मदिराले मात्तिएका कर्मचारीहरुको कुटाईबाट शक्त घाईते बनेका प्रहरी सहायक निरिक्षक मानबहादुर चन्दलाई थप उपचारका लागि धनगढी लगिएको छ ।

शनिबार साँझ मार्तडीमा लागेको अनन्ते मेलाको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरिक्षक चन्द नेतृत्वको प्रहरीको टोलीलाई राष्ट्रिय बाणिज्य बैकमा बाजुरा शाखामा कार्यरत अमृत्त बोहरा र केशब गिरी, सरकारी वकिल कार्यलयका कार्यालय सहयोगी हरिशंकर जोशी, बडीमालिका नगरपालिमा कार्यरत प्राबिधिक गोरख थापा र मेरिस्टोप सेन्टर नामक गैर सरकारी संस्थामा कार्यरत अनमि धनी थापाले ढुंगा मुडा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

पाँच जना कर्मचारीहरुको कुटाईबाट शक्त घाईते भएका प्रहरी सहायक निरिक्षक चन्दको टाउकोमा गहिरो चोट लागेको छ । उनको बाजुरा अस्पतालमा उपचार सम्भव नभएपछि धनगढी पठाईएको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख जनकराज ढुंगानाले बताएका छन् ।

विज्ञापन

कन्चनपुर जिल्लाको बनगाउँ घर भएका प्रहरी सहायक निरिक्षक चन्द हाल स्वामीकार्तिक खापर गाउँपालिकाको प्रहरी चौकीमा कार्यरत रहेका छन् ।

मदिरा सेवन गरि मेलालाई बिथोल्ने उद्देश्यका साथ आएका कर्मचारीहरुलाई प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरी माथि हातपात भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

यस अघि बडीमालिका नगरपालिकाको बैठकले अनन्ते मेलालाई व्यवस्थित गर्न ६० जना स्वंयसेवक परिचालन, मेलामा मदिरा उत्पादन तथा विक्रि गर्नेलाई ५ हजार र सेवन गर्नेलाई २५ सय जरिभाना तिराउर्ने निर्णय गरेको थियो । तर मेलामा मदिरा सेवन गरेर होहल्ला गरि प्रहरीमाथि हातपात गर्ने विरुद्ध कानुन बमोजिम कारवाही गर्नका लागि आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

बाजुराबासीको दशैं र तिहार अघिको मुख्य पर्वका रुपमा लिईने अनन्ते पर्वलाई सत्य र न्यायको जीत भएको किम्वदन्तीका आधारमा ३ देखि एकहप्तासम्म धुमधामका साथ मनाउदै आएका छन् । अनन्ते मेला सदरमुकाम मार्तडी सहित, बुढीगंगा, जुगाडा, आटिचौर, बाह्रविस लगायत एक दर्जन ठाउँमा लाग्ने गर्दछ । सदरमुकाम मार्तडीमा शुक्रवार शुरु भएको मेला आज साँझ सम्पन्न हुने भएको छ ।

याे पनि पढ्नुहोस: अनन्ते मेला भाड्ने पाँच जना कर्मचारी पक्राउ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार