होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा अनन्ते पर्व मेला सुरु,
समाचार

बाजुरामा अनन्ते पर्व मेला सुरु,

मेला व्यवस्थित गर्न सर्वदलीय बैठक

  • नागरिक रैबार
बाजुरामा अनन्ते पर्व मेला सुरु,

नागरिक रैबार/बाजुरा २७ भदौ । दशैँ र तिहारपछिको दोस्रो ठूलो पर्वका रुपमा मानिने अनन्ते मेला पर्व शुक्रबार बाट विधिवत रुपमा सूरु हुने भएको छ ।
तीन दिनसम्म लाग्ने यस मेलामा यहाँका स्थानीयहरुले रातदिन आ–आफ्नै शैली र परम्परा झल्किने गरी अनन्ते खेल्ने गरेका छन् ।
जब नेपालमा नेपाली र अंग्रेजहरुको युद्ध चलेको थियो । त्यही युद्धको बेलादेखि नेपालमा यस अनन्ते मेलाको सुरुवात भएको र अंग्रेजहरुले नेपालीलाई अन्याय गरेकोले अन्यायको अन्यहोस् भनेर अनन्ते मेला पर्व मनाउने चलन रहेको स्थानीय धनसिंगे रावलले बताएका छन् ।
यो पर्व मनाएपछि आफूले सोचेका मनोकांक्षा पूरा हुने स्थानीयहरुको जन विश्वास रहदै आएको छ ।
यस पर्वलाई महाभारतमा कौरवसँगको लडाइमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा पाण्डवका समर्थक तथा न्यायका पक्षधरले मनाउने विजय उत्सवको रुपमा यो पर्व हरेक वर्ष मनाउने गरिन्छ ।

अनन्ते पर्वलाई सत्यको विजय भएको दिनको सम्झनामा मनाउने गरिन्छ । मेला अवधीभर लाखेनाच, माँगल, पाण्डवहरुको युद्ध कौशल, लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गर्ने गरिन्छ ।  स्थानीय लोक सँस्कृति र जिल्लाको पहिचान स्वरुप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्विस लगाएत एक दर्जन बढी क्षेत्र धुमधामका साथ मनाइने गरिन्छ ।
देउडा साँस्कृतिको जगेर्ना, आफन्तसँगको भेटघाट र मित्रताको सूरुवातको संकेतका रुपमा पनि यस पर्वलाई मनाउने गरिएको स्थानीय बासीले बताउने गरेका छन् ।  मेलाको अवसर पारेर यतिखेर माईतमा गएकि चेली, लेक खर्क बेसीबाट आफन्त, गोठाला, विद्यार्थी र कर्मचारी एकै ठाँउमा जम्मा हुने गर्दछन् ।

मेलामा मेला हेर्न आउनेहरुका लागि होटल, पसलहरु समेत राख्ने गरिन्छ । मेला अवधीभर कौरव पाण्डवको युद्ध कला बाहेक, दिनरात देउडा, दोहोरी लगाउने चलन छ । केटा र केटी एक आसपमा माया प्रेमसँगै महाभारतको कथाबस्तुलाई कलात्मक पाराबाट व्यक्त गर्ने गर्दछन् ।
पुरुषको पर्वका रुपमा चिनिने अनन्ते मेलामा पुरुषहरु गोल घेरामा लाम लागि हातमा काँसा घातुबाट निर्मित मीजुरा बजाएर दुई पट्टिले पालै पालो गीत, गाथा गाएर रमाइलो गर्ने गर्दछन् । मेला अवधी भर स्थानीयले कुले देवता कैलाश र मष्टाको पूजा आजा गर्ने र पारिवारीक खुसी, दिर्घायु र सुख शान्तिका लागि कामना गर्ने गर्दछन् । यो अवधिमा ग्रह दशाका लागि भन्दै दर्जनौ बोका बलि दिने गरेका छन् ।

विज्ञापन

मेला व्यवस्थित गर्न सर्वदलीय बैठक

अनन्ते मेला पर्वलार्ई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि सर्वदलीय बैठक बसेको छ । शुक्रबार बसेको सर्वदलीय बैठकले मेला अवधिभर शान्ति सुरुक्षा , स्वंम सेवक परिचालन, र मदिरा सेवनमा प्रतिवन्ध गर्ने निर्णय गरेको छ ।नगरपालिका प्रमुख पदम बडुवालको अध्यक्षतामा बसेको सर्वदलीय वैठकले यस वर्षको अनन्ते मेला पर्वलाई सभ्य र मर्यादित बनाउने निर्णय गरेको छ ।

मेलामा मदिरा विक्रि वितरण गर्नेलाई पाँच हजार र मदिरा सेवन गरेर होहल्ला गर्नेलाई २ हजार ५ सय जरिभाना सहित कारवाही गर्ने निर्णय गरेको छ ।त्यस्तै मेला हेर्न आउने दर्शकहरुको उचित व्यवस्थापनका लागि बडीमालिका नगरपालिका वडां ८ र ९ का ३० जना स्वंयम सेवक समेत परिचालन गरिने बडीमालिका ९ का वडा अध्यक्ष विनोद कुमार विकले बताएका छन् ।

मेला अवधिभर शान्ति सुरक्षा कायम गर्नका लागि जिल्ला प्रहरी कार्यालय बाजुरा र शसत्र प्रहरी बलका गरी ५० जना सुरक्षाकर्मीहरु परिचालन गरिने जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाले बताएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार