होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • बाजुराकै उत्कृष्ट शिक्षक बने शुभराज पाध्याय
शिक्षा

बाजुराकै उत्कृष्ट शिक्षक बने शुभराज पाध्याय

  • नागरिक रैबार
बाजुराकै उत्कृष्ट शिक्षक बने शुभराज पाध्याय

नागरिक रैबार/बाजुरा २५ भदौ। बाजुरा जिल्लाकै उत्कृष्ट शिक्षकमा मालिका नमुना माविका प्राचार्य शुभराज पाध्याय छनोट भएका छन् ।

४० औ राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाध्यायलाई देशका ७७ जिल्ला मध्ये बाजुरा जिल्लाकै उत्कृष्ट शिक्षकमा छनोट गरेको हो ।

बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविका प्राचार्य समेत रहेका पाध्यायलाई बाजुराको शिक्षा क्षेत्रमा गरेको विकास र विद्यालय व्यवस्थापनमा बाजुरामै उत्कृष्ट कार्य गरेको भन्दै वर्ष उत्कृष्ट शिक्षक छनोट गर्नुका साथै राष्ट्रिय शिक्षा पदकबाट सम्मान समेत गरिएको हो ।

विज्ञापन

जिल्लाका अढाईसय सामुदायिक विद्यालयहरु मध्ये पाध्याय वर्ष उत्कृष्ट शिक्षकमा बाजुराबाट छनोट हुनु भएको मालिका माविका शिक्षक उत्तमराज जैशीले बताएका छन् ।

वि.स. २०४३ सालदेखि प्रावि तहबाट शिक्षण पेशा सूरु गरेका पाध्यायले २०५३ सालबाट सदरमुकाम मार्तडीमा रहेको मालिका माविमा मावि तहको सहायक शिक्षक भएर शिक्षण गराउँदै आउनु भएको थियो ।

२०६३ सालबाट मालिका नमुना माविको प्राचार्य भएर विद्यालय संचालन गरिरहेका पाध्यायले पछिल्लो एकदशक यता विद्यालयको शैक्षिक गुणस्तर सुधार तथा बाह्य व्यवस्थापनमा उल्लेखनीय भुमिका खेल्दै आउनु भएको छ ।

पाध्याय प्राचार्य समेत रहेको मालिका मावि बाजुराकै पहिलो नमुना मावि घोषणा गरिएको विद्यालय हो । विद्यालयमा हाल विभिन्न २ हजार बढी विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार