होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • प्रहरी कुट्ने कर्मचारी विरुद्ध सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा
Breaking News

प्रहरी कुट्ने कर्मचारी विरुद्ध सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा

  • नागरिक रैबार
[sharethis-inline-buttons]
प्रहरी कुट्ने कर्मचारी विरुद्ध सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा

नागरिक रैबार/बाजुरा २९ भदौ। शनिबार राति अनन्तेमेलामा मदिरा सेवनगरी प्रहरीमामाथि हातपात गर्ने पाँच जना कर्मचारीहरुलाई प्रहरीले मुद्धा दायर गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यलयले उभियुक्त पाँच जनाका नाममा सार्वजनिक शान्ति बिरुद्धको कसुरमा मुद्धा दायर गरेको हो ।

बडीमालिका नगरपालिका ८ मा लाग्ने अनन्ते मेलाको दोस्रो दिन सुुरक्षाका लागि खटिएका प्रहरी सहायक निरिक्षक मानबहादुर चन्द नेतृत्वको प्रहरी टोली माथि मदिरा सेवन गरेर मात्तिएका कर्मचारीहरुले हातपात गरेको आरोपमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको थियो ।

उनिहरुलाई आइतबार जिल्ला प्रशासन कार्यलयबाट १० दिनका लागि थुनामा राखि अनुसन्धान गर्न म्याद थप गरेको छ । प्रहरीलाई हातपात गर्ने बडीमालिका नगरपालिकाका सव इन्जिनियर गोरख थापा, मेरिस्टोप सेन्टर बाजुरामा कार्यरत अनमी धनि थापा, राष्ट्रिय बाणिज्य बैङक बाजुरा शाखाका सहायक प्रबन्धक अमृत बोहरा, केशव गिरी र जिल्ला सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी हरी शंकर जोशी रहेका छन् ।
यस्तो छ कानूनी ब्यवस्था

विज्ञापन

मुलुकी अपराध संहिता २०७४ अनुसार कुनै पनि नागरकिले सर्वजनिक शान्ति बिरुद्धको कसुर गरेमा छ महिना कैद तथा पाँच हजार रुपैयाँ सम्म जरिवा वा दुबै सजाय हुने ब्यवस्था छ । तर कुनैपनि सार्वजनिक पदमा रहेको ब्यक्तिले यस्तो कसुर गरेमा दोब्बर सजाए हुने ब्यवस्था समेत रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै