होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मुक्त हलिया समाजका पदाधिकारी र हलिया अधिकारकर्मीलाई दुई दिने तालिम
समाचार

मुक्त हलिया समाजका पदाधिकारी र हलिया अधिकारकर्मीलाई दुई दिने तालिम

  • नागरिक रैबार
मुक्त हलिया समाजका पदाधिकारी र हलिया अधिकारकर्मीलाई दुई दिने तालिम

नागरिक रैबार/बाजुरा २३ भदौ । बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा मुक्त हलिया समाजका पदाधिकारी तथा हलिया अधिकारकर्मीहरुलाई २ दिने तालिम आज शुरु भएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ आयाेजनामा मुक्त हलिया समुदायको प्रतिनिधित्व र पैरवीमा सुधार तथा न्यायिक पुनस्र्थापनाका लागी हलिया समुदायको प्रभावकारी र शसक्त पैरवीका लागी जिल्लामा रहेका मुक्त हलिया समाजका पदाधिकारी तथा हलिया अधिकारकर्मीहरुलाई २ दिने तालिम संञ्चालन गरेको हो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका अध्यक्ष विर बहादुर विकको अध्यक्षता संञ्चाला भएको तालिममा प्रमुख अतिथि राष्ट्रिय हलिया महासंघका सचिव डबल विक, बिशिष्ट अतिथि जिल्ला मुक्त हलिया समाजका जिल्ला अध्यक्ष लालवीर सार्की त्यस्तै सल्लाहाकार तथा दलित अधिकारकर्मी गोरख सार्की, पार्वती सुनार, शंकर चदाँरा लगायत अतिथिमा रहनु भएको थियो । अध्यक्ष तथा प्रमुख अतिथिबाट संयुक्त रुपमा व्यानर खोलेर तालिमको उदघाटन गर्नुभएको थियो ।

विज्ञापन

उक्त तालिममा स्वागत मन्तव्य शकर चदाँराले राख्नु भएको थियो । रोशन सडका कार्यक्रमको जानकारी गराउदै तालिममा सहभागीहरु सबैले कार्यक्रममा सिकेकार कुरा समाजमा लिएर जानु पर्ने आग्रह गर्नुभएको छ । तालिममा प्रमुख अतिथि, विशिष्ट अतिथि,अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका उदेश्य ः मुक्त हलिया समाजसंग हलिया समुदायको हक, अधिकार र न्यायीक पुनस्र्थापनाको सवालमा समन्वय, सम्पर्क तथा सहकार्य बलियो बनाउने मुक्त हलिया समाज भित्र हलिया महिलाका सवाललाई समिक्षा गदै कसरी यो सवाललाई संवोधन गर्ने जस्ता थुप्रै बिषयमा छलफल गर्ने बताउनु भएको छ । तालिमको प्रशिक्षण इमान शिहले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार