होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जिल्ला अस्पताल बाजुरामा सुत्केरीको मृत्यु
समाचार

जिल्ला अस्पताल बाजुरामा सुत्केरीको मृत्यु

  • नागरिक रैबार
जिल्ला अस्पताल बाजुरामा सुत्केरीको मृत्यु

नागरिक रैबार/बाजुरा २५ भदाै। बाजुराको बुढीनन्दा नगरपालिका वडा नं. १० पाण्डुसेनकि ३५ वर्षिया निर्मला बोहराको सुत्केरी भईसकेपछि उच्च रक्तश्रावका कारण जिल्ला अस्पताल बाजुरामा मृत्यु भएको छ ।

बुधबार साँझ पौने ६ बजे जिल्ला अस्पताल बाजुरामा सुत्केरी भईसकेपछि उच्च रक्तश्रावका कारण मृत्यु भएको उपचारमा सलग्न जिल्ला अस्पताल बाजुरा डाक्टर दुर्गाराज महर्जनले बताएका छन् ।

सुत्केरी बोहराले मृत अवस्थामा शिसुलाई जन्मदिएकि थिईन् तर उनको शरिरबाट अत्याधिक रगत बगेपछि मृत्यु भएको हो ।
सुत्केरी बोहरा सुरक्षित सुत्केरी सेवा लिनका लागि ३ महिना अगाडि जिल्ला सदरमुकाम मार्तडीमा आएकी थिईन् ।

विज्ञापन

यस अघि भदौ ७ गते जिल्ला अस्पताल बाजुरामा बडीमालिका नगरपालिका वडा नं. ७ जिल्लीकि २१ वर्षीया बसन्ती नेपालीको उपचारका क्रममा मृत्यु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार