होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १८ असार। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जिल्ला शाखा बाजुराले यही भदौ मसान्त भित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने भएको छ । प्रतिष्ठानको आज सदरमुकाम मार्तडीमा बसेको पूणर् बैठकले प्रतिष्ठानको केन्द्रीय निर्देशन बमोजिम भदौ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निणर्य भएको सचिव धनबहादुर विसीले बताएका छन् । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि […]
प्रकाश बिक/बाजुरा १८ असार।रेडियो र अनलाईन पत्रकारीता सम्वन्धि मार्तडीमा संचालन भएको ४ दिने तालिम सम्पन्न भएको छ । स्वतन्ब प्रेस, व्यवसायिक पत्रकारीता भन्ने मुल नाराका साथ असार १५ गतेबाट सूर भएको तालिम आज सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको थियो ।चार दिने […]
नागरिक रैबार बाजुरा १८ असार । बडीमालिका नगरपालिका वडा नम्बर ९ माझगांमा रहेकाे समाज सुधार युवा क्लवले शनिबार सरसफाई गरेका छन् । “भबिस्य सोचि सुधारौ बर्तमान,स्वच्छ वडा हाम्रो अभियान ´´भन्ने मुल नाराका शनिबार उक्त क्लवका युवाहरूले वडा नं ९ को ओखलढुंगा टोल र मालिका नमूना माध्यामिक बिध्यालयको बाहिर सरसफाइ साथै बाटो मर्मत गरेका हुन् । […]
नागरिक रैबार/बाजुरा १७ असार। जिल्ला प्रशासन कार्यालय बाजुराले आज सदरमुकाम मार्तडी बजारको अनुगमन गरेको छ । उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयको निर्देशन अनुसार आज बाजुराको सदरमुकाम मार्तडी बजारमा रहेका विभिन्न पसलहरूको अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र विष्टले बताएका छन् । जिल्ला प्रशासन कार्यालय बाजुराको अगुवाईमा मार्तडी बजारमा म्याद गुर्जिएका खाध्य बस्तु, कालोबजारी र […]
नागरिक रैबार/बाजुरा १७ असार। बुढीगंगा नगरपालिकामा यहि असार २३ गते हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा एमालेले अगुवा कार्यक्रर्ता भेला तथा प्रशिक्षण कार्यक्रम गरेको छ । नेकपा एमाले बुढीगंगा नगर कमिटीको आयोजनामा गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटी सदस्य कणर्बहादुर थापा, केन्द्रिय सदस्य लालबहादुर थापा, प्रकाश शाह, दयालबहादुर शाही, […]
नागरिक रैबार/ बाजुरा १६ असार। बाजुरामा १९ औं राष्ट्रिय धान दिवस अर्थात असार पन्द्र भव्यताका साथ मनाईएको छ । ‘धानमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोगं’ भन्ने मुल नाराका साथ बाजुरामा पनि उक्त दिवस भव्यताका साथ मनाईएको हो । कृषि ज्ञान केन्द्र बाजुरा, कृषि विकास शाखा बडीमालिका नगरपालिका र फियान नेपालको संयुक्त आयोजनामा दिवस मनाईएको […]
नागरिक रैबार/बाजुरा १६ असार। जिल्लाको जगन्नाथ गाउँपालिकाले गाउँपालिकाका कृषकलाई उन्नत जातका बाख्रा र फलफुलका विरुवाहरु वितरण गरेको छ । गाउँपालिकाले गाउँपालिका भित्रका जनताको आयआर्जन बढाउने उद्वेश्यले वडा नं १ देखि ६ सम्मका किसानहरूलाई कृषि विकास शाखा बाट पन्ध्र हजार कागती, सुन्तलाका बिरूवा र पशुसेवा शाखाबाट १६० वटा उन्नत जातका बाख्रा र १२ वटा बोयर जातका […]
नागरिक रैबार/बाजुरा १५ असार। अखिल नेपाल किसान महासंघ बाजुराले किसानहरुको खेतमै पुगी रोपाई गरेर राष्ट्रिय धान दिवस मनाएको छ । धानमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमासहयोग भन्ने मुल नाराका साथ महासंघले १९ औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव मनाएको हो । धान दिवसको अवसरमा अखिल नेपाल किसान महासंघले बुधबार विहान बडीमालिका नगरपालिका ९ का […]
नागरिक रैबार/बाजुरा १५ असार। रेडियो तथा अनलाईन पत्रकारिता सम्बन्धि बाजुराका पत्रकारहरुका लागि ४ दिने तालिम आजबाट मार्तडीमा सुरु भएको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना र बडीमालिका नगरपालिकाको आर्थिक सहयोगमा उक्त तालिम संचालन गरिएको हो । तालिमको एक कार्यक्रमका विच बडीमालिका नगरपालिकाका नगर प्रमुख अम्मर खड्काले उद्घाटन गरेका छन् । तालिमको प्रशिक्षकमा बरिष्ठ […]
नागरिक रैबार/बाजुरा १४ असार । बाजुरामा भिरबाट ढुङगा खस्दा विद्यालय गइरहेका एक बालक घाइते भएका छन्। प्रहरीका अनुसार जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका-२ का नर्जन बुढाका ५ वर्षीय छोरा लैजन बुढा घाइते भएका हुन्। सोमबार बिहान विद्यालय गइरहेका उनी भिरबाट खसेको ढुङगाले लागेर घाइते भएका र उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको जिल्ला प्रहरी कार्यालय […]
महेश कार्की ,बाजुरा : बाजुराको बुढिनन्दा नगरपालिका सबै सामुदायिक विद्यालयहरुमा र स्वास्थ केन्द्रमा फ्रीरी ईन्टरनेट सेवा जोडन गरिने भएको छ । शिक्षा क्षेत्रको गुणस्तर बढाउन र बिद्यालयलाई विश्वसँग जोडनका लागि इन्टरनेट सेवा जोडन गर्न लागिएको नगरपालिकाका नगर प्रमुख जनक बोहराले बताउनु भएको छ । यस भन्दा अगाडी कोल्टी क्षेत्रमा सुबिसु,एडिसल ईन्टरनेट सेवा संचालनमा भए पनि […]
जीवन कैला, बाजुरा। बाजुराको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनक कुमार वोहोराले खाद्यान्न समस्या समाधानका लागि कार्यालयका प्रमुखसंग छलफल गरिएकाे छ । नगर प्रमुख वोहोराले नेपाल खाद्य संस्थान डिपो कार्यालय कोल्टी र नुन डिपोका कर्मचारीसंग खाद्यान्न र नुनको अवस्था वारे जानकारी लिदै समस्या समाधानका लागि छलफल गरिएकाे हो । नेपाल खाद्य संस्थान कोल्टी प्रमुख भीमबहादुर वुढा र […]
बाजुरा । बाजुराका एक सयभन्दा बढी गाउँ बाढीपहिरोको उच्च जोखिममा छन्। जिल्ला प्रशासन कार्यलय बाजुराको तथ्यांकअनुसार नौवटै स्थानीय तहका एक सय १६ भन्दा बढी गाउँ बाढीपहिरोको जोखिममा परेका छन्। जिल्ला विपद् व्यवस्थापन समिति बाजुराले निर्माण गरेको जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना २०७७ मा एक सय १६ गाउँ बाढीपहिरोको जोखिममा रहेको पाइएको छ। बुढीनन्दा नगरपालिकाका […]
बाजुराः बाजुराको खप्तड छेडेदह गाउँपालिका- १ काँडाका बीरबहादुर रावलले रोपेको दुई वर्षमै स्याउ फल्न सुरु भएको छ। २०७७ सालको फागुन महिनामा इटालीबाट ल्याएको फुँजी, गाला र गोल्डेन जातको स्याउ लगाएको दुई वर्षमै फल्न सुरु गरेको हो। खप्तड छेडेदह गाउँपालिका वडा नं १ काँडाका स्थानीय बीरबहादुर रावलले कृषि ज्ञान केन्द्रको अनुदानमा एक हजार तीन सय र […]
गाउँ होस् वा शहर बजार जहाँ भए पनि गर्भपतन गराउने चलन नयाँ होइन। पहिलादेखि नै अवैध र इच्छा विपरीत बसेको गर्भ तुहाउने वा पतन गर्ने चलन यहाँको समाजमा रही आएको छ। तर त्यो घरमै ज्यानलाई जोखिममा राखरे अप्राविधिक व्यक्तिबाट जबरजस्त शैलीमा भइरह्यो। जब स्वास्थ्य संस्थामा सहज रुपमै गर्भपतन सेवा गाउँमा पुग्यो, त्यो बेला धेरैलाई जानकारी […]
एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड बाजुराले बाइक र्दुघटनामा परि मृत्यू भएका बलराज बराल (सुनार) की श्रीमती जयन्ति कुमारी शाहीलाइ चालिस लाख सात हजार एक सय एकाउन्न रुपैंया मृत्युदावी रकम भुक्तानी गरेको छ । एशियन लाइफ इन्स्योरेन्स क. लिं. बाजुराबाट बाइक र्दुघटनामा परि मृत्यू भएका स्व. बल राज बराल (सुनार) की श्रीमती श्री जयन्ति कुमारी शाही […]
जिल्लाकाे बडीमालिका नगरपालिकाले एघारौं नगर सभाबाट महत्वपूर्ण कार्यक्रम पारित गरेको छ । नगर प्रमुख अमर बहादुर खड्काकाे अध्यक्षतामा संचालन भएको नगरपालिकाको नगर सभामा २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुती गरिएको छ ।” समृद्ध नगर , खुसी नगरवासीको आधार, शिक्षा र स्वास्थ्यमा सुधार, पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोत तथा कृषिजन्य उत्पादनको व्यापार ” भन्ने मुल […]
नागरिक रैबार/बाजुरा १० असार । बुढीनन्दा नगरपालिकाले सातौँ नगर सभाबाट महत्वपूर्ण कार्यक्रम पारित गरेको छ । नगर प्रमुख जनक कुमार बोहराको अध्यक्षतामा संचालन भएको नगरपालिकाको सातौँ नगर सभामा २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुती गरिएको छ । सातौँ नगर सभबाट पारित भएका महत्वपूर्ण कार्यक्रम यी हुन नगर प्रमुख युवा स्वरोजगार कार्यक्रम प्रत्येक बिधालयमा […]
नागरिक रैबार/बाजुरा १० असार । बुढीनन्दा नगरपालिकाले ७ औं नगर सभाबाट लोकप्रिय कार्यक्रम ल्याएको छ । आज भएको ७ औं नगर सभाबाट महत्पूर्ण कार्यक्रमहरु पारित गरेको छ । बुढीनन्दा नगरपालिकाको नगरसभा तथा बजेट अधिवेशन आज एक बजेबाट सूरु भएको हो । स्थानीय तह निर्वाचन २०७९ पश्चात नगरपालिकामा आएका नजनिर्वाचित जनप्रतिनिधिहरुले आर्थिक वर्ष २०७९÷८० को नीति […]
‘चिसो मान्छे’ हलमा एक हप्तादेखि प्रदर्शनरत् छ। त्यसका विषयमा क्रियाप्रतिक्रिया आइरहेका छन्। सिर्जनाको मुख्य कमाइ नै प्रतिक्रिया हो। त्यसले समाजमा ल्याउने तरंग र पार्ने प्रभाव हो। पोष्टर सार्वजनिक भएदेखि नै प्रतिक्रियाले ‘रेकर्ड ब्रेक’ गरिसकेको छ। सहायक कमाइ आर्थिक उपलब्धि होला। निर्देशक दीपेन्द्र के खनालमा सन्तुष्टि देखिन्छ। प्यास र पैसाको प्राप्ति मानवका असीमित चाह हुन्। ‘भयो, […]