होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • थुमा माविको मतदान केन्द्रमा साढे २ बजेसम्म ११३१ मत खस्यो
समाचार

थुमा माविको मतदान केन्द्रमा साढे २ बजेसम्म ११३१ मत खस्यो

  • नागरिक रैबार
थुमा माविको मतदान केन्द्रमा साढे २ बजेसम्म ११३१ मत खस्यो

नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा आज विहान ७ बजेबाट पुनः मतदान भईरहेको छ । यस अघि बैशाख ३० गते भएको मतदान स्वतन्त्र र निष्पक्ष रुपमा नभएको भन्दै निर्वाचन आयोगले रद्ध गरेको थियो ।

बैशाख ३० मा भएको निर्वाचनलाई आयोगले रद्ध गरेपछि आज विहान ७ बजेबाट भईरहेको मतदानका क्रममा केही मतदान केन्द्रमा छिट््पुट घटना भएको भएपनि अहिले सवै ठाउँमा शान्तिपूणर् रुपमा मतदान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी प्रमुख सुर्य थापाले बताएका छन् ।

विहानबाट भएको बुढीगंगा नगरपालिकाको १० वटै वडामा अहिले २ बजेसम्म ५९ दशमलव ६३ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएको छ ।

विज्ञापन

यस्तै दिउसो २ः३० बजेसम्म नेपाली काँग्रेसबाट मेयरका उम्मेदवार समेत रहेका रंगबहादुर खातिको गृह वडा हो । थुमा माविको मतदान स्थलको (क) मतदान केन्द्रमा ५ सय ३० र(ख) मा ६ सय १ मत खसेको मतदान अधिकृत हर्कबहादुर सिंहले बताएका छन् ।

यस अघि बैशाख ३० मा भएको निर्वाचनमा १ हजार ७ सय ९ जना मतदाता रहेको थुमा माविको मतदान केन्द्रमा १६ सय ९९ मत खसेको थियो ।

आज भइरहेको बुढीगंगाको मतदानमा मतदातालाइ शान्तिपूर्ण र भयरहित बातावरणमा मतदान गर्नका लागि १ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार