होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र १७, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरामा यस्तो स्वास्थ्य चौकी, जहाँ डरैडरमा सेवा दिन्छन् स्वास्थ्यकर्मी
समाचार

बाजुरामा यस्तो स्वास्थ्य चौकी, जहाँ डरैडरमा सेवा दिन्छन् स्वास्थ्यकर्मी

  • नागरिक रैबार
बाजुरामा यस्तो स्वास्थ्य चौकी, जहाँ डरैडरमा सेवा दिन्छन् स्वास्थ्यकर्मी

बाजुराः बाजुराको एक स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मीले पहिरोले पुर्ला कि भन्ने डरैडरमा सेवा प्रवाह गर्नुपरेको छ। जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकीमा बिरामीको उपचार गर्न स्वास्थ्यकर्मीले आफ्नो ज्यानलाई समेत दाउमा लगाएर सेवा दिनुपर्ने अवस्था बनेको हो।

असारको १३ गते स्वास्थ्य चौकीमाथिबाट आएको पहिरोले बर्थिङ सेन्टर पुरिदिएको थियो। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका–५, डोगडी स्वास्थ्य चौकी कतिखेर पहिरोमा पर्ला भन्ने डरैडरमा स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्। बिरामीको उपचार गर्नेबेला बाहिर एक जनालाई पहिरो हेर्न राखेर स्वास्थ्य चौकीभित्र बस्नुपर्ने अवस्था रहेको डोगडी स्वास्थ्य चौकीका प्रमुख दलबहादुर रावतले बताए।

उनका अनुसार अहिले स्वास्थ्य चौकीमा धेरै जस्तो गर्भवती महिला आउने गरेका छन्। डोगडी स्वास्थ्य चौकीले पालिकाभरीका स्थानीयलाई स्वास्थ्य सेवा दिँदै आएको छ। यस्तै स्वास्थ्य चौकीमा पहिरोको जोखिम बढेपछि पहिरोकै डरले धेरै बिरामी नआउने गरेको बताइएको छ। स्वास्थ्य चौकीमा आठ जना कर्मचारी कार्यरत छन्।

विज्ञापन

यता, खप्तड छेडेदह गाउँपालिकाकाले भने स्वास्थ्य चौकीलाई सार्नेबारे छलफल भैरहेको बताएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार