होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • Breaking News
  • हिमालीले करार कर्मचारीहरुको तलब १० प्रतिशतले बढायो
Breaking News

हिमालीले करार कर्मचारीहरुको तलब १० प्रतिशतले बढायो

  • नागरिक रैबार
हिमालीले करार कर्मचारीहरुको तलब १० प्रतिशतले बढायो

नागरिक रैबार/बाजुरा २१ असार । जिल्लाको हिमाली गाउँपालिका अन्तरगर्त कार्यरत करार कर्मचारीहरुको क्षमता अभिवृद्धि तथा उच्चमनोबल कायम गराउन  खाइपाइ आएको तलबमा १० प्रतिशतले वृद्धि गरिएको छ।

गाउँपालिकामा भरीका करार तथा स्वयंसेवक शिक्षेक कर्मचारीहरुलाई आर्थिक वर्ष २०७९/८० को निति कार्यक्रम तथा बजेट  विनियोजनमा प्रस्तुत गरिएको छ।

आउँदो साउन महिना बाट लागू हुने गरी बजेट व्यवस्थापन मिलाएको गाउँपालिकाका प्रमुख प्रसाशकीय अधिकृत राजबहादुर भण्डारीले बताएका छन् । उनका अनुसार पालिकाका बाट खटिएका कर्मचारी हरुलाई कामकाज थप उर्जाशक्ति दिने प्रदान गर्नेको लागी विशेष गरि नीति तथा बजेट व्यवस्था गरेको हो।

विज्ञापन

विगत आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम गाउँपालिका प्रत्येक करार कर्मचारी  तथा स्वयंसेवक शिक्षेकहरुलाई सबैलाई तलबमा रु.२,०००/-(दुई हजार) रुपैयाँ थपेको थियो । फेरिपनि अहिलेको नयाँ बजेट अनुसारको निति तथा कार्यक्रममा  प्रस्तुतिमा पालिका अन्तर्गत कर्मचारी हरुलाई साउन महिना बाट लागू हुनेगरी मासिक तलब १० प्रतिशतले वृद्धि गरिएको हिमाली गाउँपालिका  प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ ।

कर्मचारीले गाउँपालिकाका कार्यालय लागि कामप्रती गरिरहेका  जिम्मेवारीपूर्वक क्रियाकलाप लाई पालिकाको जनशक्ति थप प्रेरणादायी गर्नेको लागि हामिले करार कर्मचारी क्षमता अभिवृद्धि तथा उच्चमनोबल कायम गराउन तलब १० प्रतिशत वृद्धि गरिएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार