होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढीगंगामा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न
समाचार

बुढीगंगामा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न

  • नागरिक रैबार
बुढीगंगामा शान्तिपूर्ण तरिकाले निर्वाचन सम्पन्न

नागरिक रैबार/बाजुरा २३ असार। बुढिगंगा नगरपालिकामा आज भएकाे मतदान सम्पन्न भएको छ । सबै मतदान केन्द्रमा बिहान ७ बजे बाट शुरु भएको मतदान साँझ ५ बजे सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी प्रकाश चन्द अधिकारीले वताएका छन् ।

बुढिगंगा ९ को त्रिशक्ति मतदान केन्द्रमा बाहेक अन्य ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान सम्पन्न भएको प्रजिअ अधिकारीले बताएका छन् ।बुढिगंगा नगरपालिकामा रहेका १० वटा मतदान स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान गरि एउटा स्थलमा एक सय भन्दा बढी सुरक्षाकर्मी परिचालन भएका थिए । मतदान स्थलको सुरक्षा नेतृत्व नेपाल प्रहरी, शसस्त्र प्रहरीका अधिकृतले गरेका थिए ।

बुढिगंगामा नगरपालिका १३ हजार ६ सय ५९ मतदाता रहेका छन् । १० वटा मतदान स्थल र १९ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ ।

विज्ञापन

नगरप्रमुखमा नेकपा एमालेबाट रामबहादुर बानियाँ र नेपाली काँग्रेसबा रङ्ग बहादुर खाति उम्मेदवार रहेका छन् । भने उपमेयरमा एमालेबाट माया खड्का (कुँवर) र काँग्रेसबाट रिता शाही छन् ।

बुढीगंगामा एमालेले नगरप्रमुख उपप्रमुख सहित १० वटा वडामा उम्मेदवार बनाएको छ भने नेपाली काँग्रेसले नगरप्रमुख उपप्रमुख सहित ९ वटा वडा र ९नम्बर वडामा नेकपा एकिकृत समाजवादीलाई वडा अध्यक्षमा उम्मेदवार बनाएको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार