होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बुढिगंगामा ४४ दशमलव ९२ प्रतिशत मत खस्यो
समाचार

बुढिगंगामा ४४ दशमलव ९२ प्रतिशत मत खस्यो

  • नागरिक रैबार
बुढिगंगामा ४४ दशमलव ९२ प्रतिशत मत खस्यो
बुढीगंगा नगरपालिकाको वडा नम्बर ७ मा रहेको मतदान स्थालमा मत खसाल्दै स्थानीयहरु; तस्वीर देवेन्द्र शाहको फेसवुकबाट

नागरिक रैबार/बाजुरा २३ असार। बुढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चुन्न विहान ७ बजे देखी सुरु भएको मतदानमा १२ बजे सम्म ४४ दशमलव ९२ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय बाजुराले बताएकाे छ ।

गत वैशाख ३० गते भएको निर्वाचनमा एमाले र काँग्रेसका कार्यकर्ताविच मतदान स्थलमा झडप भएपछि निर्वाचन आयोगले त्यसलाई रद्द गरेर आजको मिति तय गरेको थियो । बैशाख ३० गते विभिन्न स्थानमा मतदानका क्रममा झडप भएको भएपनि आज भइरहेको मतदान प्रक्रिया भने शान्तिपूर्ण रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएकाे छ ।

प्रहरीका अनुसार बुढीगंगा नगरपालिका–९ को मतदान केन्द्रमा भने नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच मतदानको विषयलाई लिएर विवाद भएपछि तनावको स्थिति सिर्जना भएको थियो। दुईपक्षका कार्यकर्ता बीच भएको सामान्य विवादमा प्रहरीले हवाई फायर गरेको छ ।

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार