होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • बुढीगंगाको निर्वाचनका लागि ९५ जना कर्मचारी खटाइए
राजनीति

बुढीगंगाको निर्वाचनका लागि ९५ जना कर्मचारी खटाइए

  • नागरिक रैबार
बुढीगंगाको निर्वाचनका लागि ९५ जना कर्मचारी खटाइए

नागरिक रैबार / २० असार बाजुरा । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकाको असार २३ गते हुने पुन मतदानका लागि कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले जनाएको छ । बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा स्वच्छ,निपष्क्ष र स्वतन्त्र वातावरणमा मतदान नभएपछि निर्वाचन आयोगले पुन निर्वाचन गर्ने निर्णय गरेको थियो ।

जेठमा बसेको सर्वदलीय बैठकले असार २३ गते गर्ने राजनितिक दलको सहमतीपछि बुढीगंगामा पुन निर्वाचन हुन लागेको हो । पुन निर्वाचनका लागि १९ जना मतदान अधिकृत र १९ जना सहायक मतदान अधिकृत र सहायक कर्मचारी गरी ९५ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत माधव प्रसाद घिमिरेले बताएका छन् ।

निर्वाचनका लागि खटाइएका १९ जना मतदान अधिकृतमा मध्ये एक जना महिला मात्र मतदान अधिकृत खटाइएको छ । जिल्ला अस्पताल बाजुरामा कार्यरत धनकला थापालाई बुढीगंगा नगरपालिका–१ धुरालसैन मतदान केन्द्र क मा मतदान अधिकृतका रुपमा खटाइएको छ । उनले मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षणपछि मतदान केन्द्रमा पठाइएको बताए ।

विज्ञापन

बुढीगंगाका वडा नम्बर २,३,५ र ९ वडामा नेकपा एमालेका नेता तथा कार्यकर्ताले बुथ कब्जा गरेको आरोप लगाउदै काँग्रेसले पुनः मतदान गर्न माग गर्दै आएको थियो । एमालेले भने कुनै पनि वडामा बुथ कब्जा नभएको र स्वतन्त्र रुपमा मतदान भएको भन्दै पुनरावेदन र सर्वोच्च अदालतमा रिट दायर गरेको थियो ।

पुन निर्वाचन हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको जिल्ला सुरक्षा समिति बाजुराले जनाएको छ । १९ वटै मतदान केन्द्रमा नेपाल प्रहरी,शसस्त्र प्रहरी र नेपाली सेना खटाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार