होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
हामीले ४ वर्षअघि आजैको दिन २०७६ जेठ ३१ गते नागरिक रैबार डटकम (nagarikraibar.com) न्युज पोर्टल पाठकहरु माँझ ल्याएका थियौँ । लाटा घटाल मल्टिमिडिया प्रालिद्वारा बाजुराको सदरमुकाम मार्तडीबाट संचालित नागरिक रैबार डटकम पाठक, दर्शक र श्रोतामाझ ४ वर्ष अगाडि संचालनमा आएको थियो । यहाँहरूको निरन्तर साथ र सहयोगमा आजबाट हाम्रो यात्रा चौथोे वर्ष पुरा गरेर आजबाट […]
नागरिक रैबार/बाजुरा ३१ जेठ। बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु गएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ३१ वर्षका यमराज विष्ट रहेका छन् । मंगलवार साझ आएको अविरल वर्षा संगै चट्याङ पर्दा बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृतक बिष्ट गाउँमै रहेकाे देउडा पाटन भन्ने ठाउँमा भैंसी […]
नागरिक रैबार/बाजुरा २० जेठ। भारतको मुम्वईको टाटा क्यान्सर अस्पतालमा उपचारारत रहेकी बाजुराकी जानकी देवि विकको उपचारका लागि बुढीगंगा नगरपालिकाले नगद ५० हजार आर्थिक रकम सहयोग गरेको छ । बुढीगगा नगरपालिका-१० का भरत विककी ३५ वर्षिया श्रीमति जानकीको आन्द्रामा क्यान्सर भएपछि विगत ८ महिनादेखि मुम्बईमा रहेको टाटा क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । क्यान्सर पिडित जानकीको […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ६ कोर्धमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा ६ नम्वर वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि र समुदाय स्तरका नागरिकहरुसंग अभिमुखीकरण कार्यक्रम गरी सम्पन्न भएको हो । […]
नागरिक रैबार/बाजुरा ३० जेठ।बाजुराको बडीमालिका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २ सय ८२ जनाले रोजगार पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका भित्रका ९ वटै वडामा २ सय ८२ जनाले रोजगार प्रदान गरेको बडीमालिकाका रोजगार संयोजक प्रमिला थापाले बताएकी छन् । नगरपालिका भित्रका बेरोजगारलाई लक्षित गरी रोजगारी सिर्जना गर्ने गरी आएको बजेटबाट नगरपालिकाको […]
नागरिक रैबार/बाजुरा २९ जेठ।मार्तडीमा परम्परागत दन र गलैंचा उत्पादन सम्वन्धि ९० दिने तालिमको समापन गरिएको छ । बडीमालिका नगरपालिकाको आर्थिक सहयोग, घरेल तथा साना उद्योग कार्यालयको साझेदारी र नेपाल भोटे जनजाति सेवा संघ केन्द्रिय कार्यालय बाजुराको आयोजनामा ३ महिना देखि संचालन भएको उक्त तालिम आज सम्पन्न गरिएको हो । ९० दिने उक्त तालिमको आज बडीमालिका […]
राजेन्द्र रोकाया/बाजुरा २९ जेठ। सन नेपाल लाईफ इन्स्योरेन्स बाजुरा उप-शाखाले मृत्यु दावि भुक्तानी वापत ८ लाख ८८ हजार ९ सय २७ को चेक हस्तान्तरण गरेको छ । विमित मेल्लेख गाउँपालिका वडा नं. २ निवासी केशर बहादुर बुढा, बुढीनन्दा नगरपालिका १० निवासी लालचन्द्र राेकाया र गाैमुल गाउँपालिका २ निवासी रामबहादुर बाेहराकाे निधनपछि मृत्यु दावि भुक्तानी गरिएको […]
नागरिक रैबार/बाजुरा २८ जेठ। बडीमालिका नगरपालिका वडा नम्वर ७ मा शहरी स्वास्थ्य केन्द्र स्थापना गरि संचालनमा ल्याइएको छ । स्वास्थ्य क्षेत्रबाट टाढा रहेको बडिमालिका ७ ढम्कनेमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरी नगरपालिकाले स्वास्थ्य सेवा बिस्तार गरेको हो । स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै नगरपालिकाले पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवा बिस्तार र संरचना निर्माणका कार्यलाई अगाडि बढाएको […]
नागरिक रैबार/बाजुरा २७ जेठ।बडीमालिका नगरपालिका वडा नम्वर ८ स्थित डुंग्री-खलाडिल क्षेत्रलाई आलुको पकेट क्षेत्रका रुपमा विस्तार गरिने भएको छ । डुंग्री-खलाडिल क्षेत्रको करिव ७ हेक्टर क्षेत्रफलमा गएको एक वर्षदेखि आलु खेति गरिदै आएको छ । बडीमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र र कृषि विकास शाखाको सहयोगमा उपरकोट महिला कृषक समूहले डुंग्री खलाडिलमा आलु बालि उत्पादन गर्ने […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुरा जिल्लाको स्वामीकार्तिक खापर गाउँपालिका वडा नम्बर ५ को मिगु गाउँका ७० घर परिवारलाई सोलार वितरण गरिएको छ । गएको असोज महिनामा आएको अविरल वर्षाले गाउँमा रहेको बत्तीको नहर भत्किए पछि ८ महिनादेखि अध्यारोमा बस्दै आएका वडा नम्वर ५ का स्थानीयलाई साेलार वितरण गरिएको स्वामीकार्तिक खापर गाउँपालिकाले जनाएको छ । अध्यारो […]
नागरिक रैबार/बाजुरा २७ जेठ।व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम बडीमालिका नगरपालिका वडा नम्वर ५ मनामा सम्पन्न भएको छ । बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि र समुदाय स्तरका नागरिकहरु संग अभिमुखीकरण गर्दै कार्यक्रम सम्पन्न भएको हो । शुक्रबार बडीमालिका नगरपालिका वडा […]
नागरिक रैबार/बाजुरा २१ जेठ।बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्वर ५ ले आफ्नो पहिलो एक वर्षको वार्षिक समिक्षा गरेको छ । वडा भित्र २०७९/८० मा सम्पन्न भएका भौतिक पुर्वाधार विकासका योजनाहरुको सार्वजनिक गर्दै आगामी वर्ष २०८०/८१ का लागि वडा भित्र गर्ने योजना छनोटका बारेमा समिक्षा गरेको हो । पहिलो वर्ष वडामा ३ करोड १२ लाख ६२ हजार ९ […]
नागरिक रैबार/बाजुरा २१ जेठ।सुदूरपश्चिम प्रदेश सरकाले तोकेको भाडादर बाजुरामा कायम नभएको पाईएको छ ।सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रीपरिषद) को जेठ १६ गते गरेको निणर्य अनुसार प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधानको नयाँ भाडादर बाजुरामा कायम नभएको पाईएको हो । प्रदेश सरकारले जेठ १८ गतेबाट कायम हुने गरी गरेको निणर्य अनुसार धनगढी देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ३ […]
नागरिक रैबार/बाजुरा २० जेठ।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाजुराले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटोमा जुत्ताको माला र कालोमोसो दलेका छन् । राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले देशको हित विपरित कामहरु गरेको आरोप लगाउँदै शुक्रबार साँझ सदरमुकाम मार्तडीमा अनेरास्ववीयु बाजुराले विरोध प्रर्दशन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको […]
नागरिक रैबार/बाजुरा २० जेठ।आर्थिक अभाव हुँदा बाजुराको बुढीगगा नगरपालिका वडा- १० सिगाडाका भरत बिककि श्रीमती जानकी देवि विकको उपचारमा समस्या भएको छ । ३५ वर्षिया जानकी देबी बिकको आन्द्रामा क्यान्सर भएपछि विगत ८ महिनादेखि भारतको मुम्बईमा रहेको टाटा क्यान्सर अस्पतालमा उपचारारत रहेकी छन् । अस्पतालमा उपचारारत रहेकी उनको आर्थिक नहुँदा उपचार हुन् सकेको छैन् । […]
नागरिक रैबार/बाजुरा २० जेठ।बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडीमालिका नगरपालिका ७ ढम्कनेका ४२ वर्षका देब बहादुर धामी रहेको वडा अध्यक्ष धर्मराज पाध्यायले बताएका छन् । उनका अनुसार धामी शनिवार विहान घरबाट गाईबस्तुका लागि कालाजग्रा ठाम्रा सामुदायिक बनमा घाँस काट्ने क्रममा रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको हो । मृतक धामीको […]
नागरिक रैबार बाजुरा १७ जेठ नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल बाजुराले मार्तडीमा राष्ट्रपति रामचन्द्र पाैडेल र प्रधानमन्त्री पुष्पकमल दाहलको पुतला जलाएका छन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष दिल थापा भाेटे र राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष मिलनजंग अयडीकाे नेतृत्वमा युवा र विद्यार्थीहरूले सदरमुकाममा आज राष्ट्रपति पाैडेल र […]
नागरिक रैबार/बाजुरा १७ जेठ। बाजुराकाे गौमुल गाउँपालिका–६ टुनीमा एक घरमा आगलागी भएको छ । आज विहान विद्युतको तार सट भएर गाैमुल ६ का स्थानीय गोरे विक र उज्वल विकको घरमा आगलागी हुदा तीन तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । विद्युतको तार सट भएर घरमा आगलागी हुँदा ३ तले पत्थरले […]
१) त्रिबेणी नगरपालिकामा ३० करोड ७७ लाख २) बडिमालिका नगरपालिकामा ३० करोड २२लाख ३) बुढीगगा नगरपालिकामा ३७करोड ७ लाख ४) बुढीनन्दा नगरपालिकामा ३१ करोड ५९ लाख ५) गौमुल गाँउपालिकामा २५ करोड ४७ लाख ६) खप्तड छेडेदह गाँउपालिकामा ३१ करोड ६० लाख ७) जगन्नाथ गाँउपालिकामा १९ करोड ३७ लाख ८) स्वामिकार्तिक खापर गाँउपालिकामा २४ करोड ७३ […]
नागरिक रैबार/बाजुरा १५ जेठ।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ८ रावलवाडाका ५५ वर्षका परे रावल एक हप्ता देखि सम्पर्क विहिन बनेका छन् । परिवारका अनुसार रावल यही जेठ ७ गते आईतबार विहान ६ बजे आफ्नै घरबाट हिँडेको र एकहप्तासम्म घरको सम्पर्कमा नआएको उनका छोरा विरेन्द्र रावलले बताएका छन् । सम्पर्क विहिन बनेका परे रावलको माथि कालो […]