होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जगन्नाथ-५ ले गर्यो पहिलो एक वर्षको वार्षिक समिक्षा
समाचार

जगन्नाथ-५ ले गर्यो पहिलो एक वर्षको वार्षिक समिक्षा

  • नागरिक रैबार
जगन्नाथ-५ ले गर्यो पहिलो एक वर्षको वार्षिक समिक्षा

नागरिक रैबार/बाजुरा २१ जेठ।बाजुराको जगन्नाथ गाउँपालिका वडा नम्वर ५ ले आफ्नो पहिलो एक वर्षको वार्षिक समिक्षा गरेको छ । वडा भित्र २०७९/८० मा सम्पन्न भएका भौतिक पुर्वाधार विकासका योजनाहरुको सार्वजनिक गर्दै आगामी वर्ष २०८०/८१ का लागि वडा भित्र गर्ने योजना छनोटका बारेमा समिक्षा गरेको हो ।

पहिलो वर्ष वडामा ३ करोड १२ लाख ६२ हजार ९ सय पचास रुपैया विनियोजन भएको थियो । सोही रकम अनुसार वडामा सिंचाई कुलो, खानेपानी मर्मत, गोरेटो बाटो निर्माण,  स्वास्थ्य, शिक्षा, सडक, कृषि, विद्युत र पशुपालनका क्षेत्रका कामहरु काम गरिएका छन् ।

त्यसै गरी गएको असोज महिनामा आएको अविरल वर्षाले क्षति पुर्याएका संरचनाहरुको मर्मत समेत गरिएको छ ।वडाले आर्थिक वर्ष २०८०/०८१ मा स्वास्थ्य, शिक्षा र कृषि क्षेत्र लाई पहिलो प्रथामिकतामा राख्ने भएको छ ।

विज्ञापन

चुनावका बेला बाचा गरे अनुसार वडामा काम गरिएको वडा अध्यक्ष गौरी सार्कीले बताएका छन् । वडामा पहिलो वर्ष गरेका कामहरु जनताको हितमा गरिएको वडा अध्यक्ष सार्कीको भनाई छ । आगामी दिनमा समेत जनताका चाहान अनुसार नै सवै योजनाहरु प्रमुख प्राथमिकतामा राखेर अगाडि बढ्ने बताएका हुन् ।

वडामा ७ वटा योजना उपभोक्ता समिति मार्फत छनोट भएका थिए भने ति सवै योजनाहरु सम्पन्न भईसकेका छन् । आज वडामा एक औपचारीक कार्यक्रमको आयोजना गरेर वडाले आगामी दिनमा गर्ने विभिन्न योजनाहरुको काम बारे जानकारी गराएको छ ।

वडा अध्यक्ष गौरी सार्कीको अध्यक्षतामा आयोजना गरिएको वार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रमको प्रमुख अतिथि जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाही प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा वडा भित्रका विभिन्न राजनीतिक दलका प्रतिनिधी वडाबासी सहभागि भएका थिए ।
यि हुन् वडामा २०७९/८० मा भएका कामहरुः

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार