होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, बैशाख २६, २०८१
जोडिनुहोस
  • होमपेज
  • बाजुरा बिशेष
  • क्यान्सर पिडित जानकीको उपचारका लागि बुढीगंगाले गर्यो ५० हजार सहयोग
बाजुरा बिशेष

क्यान्सर पिडित जानकीको उपचारका लागि बुढीगंगाले गर्यो ५० हजार सहयोग

  • नागरिक रैबार
क्यान्सर पिडित जानकीको उपचारका लागि बुढीगंगाले गर्यो ५० हजार सहयोग

नागरिक रैबार/बाजुरा २० जेठ। भारतको मुम्वईको टाटा क्यान्सर अस्पतालमा उपचारारत रहेकी बाजुराकी जानकी देवि विकको उपचारका लागि बुढीगंगा नगरपालिकाले नगद ५० हजार आर्थिक रकम सहयोग गरेको छ ।

बुढीगगा नगरपालिका-१० का भरत विककी ३५ वर्षिया श्रीमति जानकीको आन्द्रामा क्यान्सर भएपछि विगत ८ महिनादेखि मुम्बईमा रहेको टाटा क्यान्सर अस्पतालमा उपचार भईरहेको छ ।

क्यान्सर पिडित जानकीको उपचारका लागि थप सहयोग पुगोस भन्ने उद्देश्यले बुढीगंगा नगरपालिकाले कार्यपालिकाको बैठकबाटै निणर्य गरेर उनलाई नगद ५० हजार आर्थिक सहयोग नगरप्रमुख रामबहादुर बानियाँले बताएका छन् ।

विज्ञापन

क्यान्सर पिडित जानकीको ८ महिनादेखि उपचार गर्दागर्दै उनका परिवारसंग भएको आर्थिक रकम सकिएको र घरको आर्थिक अवस्थाले जानकीको उपचारमा समस्या भएको जानकीका श्रीमान भरत विकले बताएका छन् ।

जानकीको आन्द्राको क्यान्सरको उपचार गर्न करिव ७ लाख नेपाली रुपैयाँ खर्च लाग्ने अस्पतालले जनाएपछि जानकीका श्रीमान भरतले आफन्तहरुसंग आर्थिक सहयोगका लागि गुहार मागिरहेका छन् ।

सामाजिक संजालमा क्यान्सर पिडित जानकी देवि विक बचाउँ अभियान संचालन गरेर विभिन्न सहयोगी निकायहरुबाट १ महिनाको अवधिमा करिव २ लाख बढि रकम संकलन भएको सामाजिक अभियान्ता तथा विरामीका गृह वडाका आफन्त पारस रावलले बताएका छन् ।

आफन्तका अनुसार जानकीको आन्द्राको क्यान्सरको पुर्ण रुपमा उपचार गर्नका लागि अझै ५ लाख रकम आवश्यक परेको छ । तर परिवारसंग जानकीको उपचारका लागि भने आर्थिक छैन् ।

यदि तपाइहरु समेत जानकीको उपचारका लागि सहयोग गर्न चाहानु हुन्छ भने भारतमा सहयोगको लागि सम्पर्क व्यक्ति शंकर विक 8652325492 Gpay पुरन बिक 8454896772 GPay भीम बि क 9076392501 GPay लोकेश बिक 8424839654 नीर्मल बि क 9619574094 Gpa र नेपालको सहयोगी मनहरुको लागि सम्पर्क व्यक्ति हंश बि क सम्पर्क न : 9848648246 Bank details Account name :- Saddharth bank A/C 03115138311 Budhiganga branch मा सहयोगका लागि जानकीका परिवारले आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार