होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मार्तडीको डुंग्री-खलाडिललाई आलुको पकेट क्षेत्रका रुपमा विस्तार गरिदै
समाचार

मार्तडीको डुंग्री-खलाडिललाई आलुको पकेट क्षेत्रका रुपमा विस्तार गरिदै

  • नागरिक रैबार
मार्तडीको डुंग्री-खलाडिललाई आलुको पकेट क्षेत्रका रुपमा विस्तार गरिदै

नागरिक रैबार/बाजुरा २७ जेठ।बडीमालिका नगरपालिका वडा नम्वर ८ स्थित डुंग्री-खलाडिल क्षेत्रलाई आलुको पकेट क्षेत्रका रुपमा विस्तार गरिने भएको छ । डुंग्री-खलाडिल क्षेत्रको करिव ७ हेक्टर क्षेत्रफलमा गएको एक वर्षदेखि आलु खेति गरिदै आएको छ ।

No description available.

बडीमालिका नगरपालिका, कृषि ज्ञान केन्द्र र कृषि विकास शाखाको सहयोगमा उपरकोट महिला कृषक समूहले डुंग्री खलाडिलमा आलु बालि उत्पादन गर्ने क्षेत्रका रुपमा विकास गर्न लागेको हो । गएको वर्षबाट आलु खेति गरिदै आएको डुंग्री- खलाडिल क्षेत्रमा पहिलो वर्ष प्रति परिवारले १० क्वीन्टलसम्म आलु उत्पादन गरेका थिए । यस वर्ष समेत पोहोर सालको भन्दा दोव्वर आलु उत्पादन हुने अपेक्षा गरिएको छ ।

विज्ञापन

डुंग्री-खलाडिल क्षेत्रका करिव ६५ परिवार लाभान्वित हुने गरी बडीमालिका नगरपालिकाले आलु पकेट क्षेत्रका रुपमा विकास गर्न लागेको बडीमालिका नगरपालिकाको कृषि विकास शाखाका प्राविधिक नवराज पण्डितले बताएका छन् ।

No description available.

बडीमालिका ८ का कृषकहरुलाई कृषि पेशामा आत्मनिर्भर बनाउन सो क्षेत्रलाई आलु बालीको पकेट क्षेत्र बनाउने उद्देश्यका साथ बडीमालिका नगरपालिकाले बजेट छुट्याएको छ । जसमा समुदायको तिन लाख ४५ हजार लगानी रहेको छ भने बडिमालिका नगरपालिका ६ लाख रकम लगानी गरी जम्मा ९ लाख ४५ हजार लगानी गरेको छ ।

No description available.

आलु पकेट क्षेत्रको बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा थापा, बडीमालिका नगरपालिका वडा नम्मर ८ का वडा अध्यक्ष चन्द्र थापा, २ का अध्यक्ष डम्मर महत, कृषि विकास शाखाका प्राविधिक नवराज पण्डित र उपरकोट महिला कृषक समुहका पदाधिकारीको नेतृत्वमा सयुक्त रुपमा अनुगमन समेत गरिएको थियो । आलु पकेट क्षेत्रको अनुगमन गर्दै उपप्रमुख थापाले यस क्षेत्रमा सिचाईको व्यवस्थापनका लागी पहल गर्ने बताएकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार