होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्वन्धि १ दिने अभिमुखिकरण
समाचार

व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्वन्धि १ दिने अभिमुखिकरण

  • नागरिक रैबार
व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्वन्धि १ दिने अभिमुखिकरण

नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ६ कोर्धमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सोमबार बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा ६ नम्वर वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि र समुदाय स्तरका नागरिकहरुसंग अभिमुखीकरण कार्यक्रम गरी सम्पन्न भएको हो ।

वडा नम्मर ६ कोर्धका वडाबासीहरुका लागि जन्म, मत्यु, विवाह, बसाई सराई, सामाजिक सुरक्षा, व्यक्तिगत घटनाहरु समुदायमै दर्ता गरी व्यक्तिको पहिचान तथा कानुनी अधिकार स्थापना गर्नका लागि अभिप्रेरित गर्ने उद्देश्यले ६ नंं वडामा उक्त अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको बडीमालिका नगरपालिका महिला तथा बालवालिका कार्यालयकी शाखा प्रमुख केशरी रोकायले बताएकी छन् ।

विज्ञापन

अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि समेत रहेकी बडीमालिका नगरपालिकाकी नगरउपप्रमख नन्दा कुमारी थापाले नगरपालिका तथा वडाबाट पाउने सेवा सुविधाहरुबाट बन्चित नहुने गरी जन्म, मृत्यु, विवाह, वसाईसराई र सम्बन्धविच्छेद जस्ता घटनाहरु वडाबासीले अनिवार्य रुपमा दर्ता गर्न जरुरी रहेको बताएकी छन् ।

त्यस्तै ६ नम्वर वडाका कार्यवाहक वडा अध्यक्ष परे बडुवालले वडामा व्यक्तिगत घटना दर्ता गर्ने कार्य न्यून रहेकोले यो एक दिने अभिमुखीकरण कार्यक्रमले वडाका नागरिकहरुलाई व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्वन्धिको बारेमा सहयोग पुगेको बताएका छन् ।

अभिुमुखिकरण कार्यक्रममा बडीमालिका नगरपालिकाका पञ्जीकरण शाखाका प्रमुख मोहनराज पण्डितले व्यक्तिगत घटना दर्ताको परिचय, अवधारणा र विकास, महत्व र उद्देश्य, व्यक्तिगत घटना दर्ता प्रक्रिया र आवश्यक कागजपत्रहरु, घटना दर्ता गर्ने कर्तव्य भएको व्यक्तिको बारेमा जानकारी, सूचकले भर्नुपर्ने अनुसूचि, घटना विवरण सच्याउने आवश्यक कागजपत्र र तरिका बारे कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षण गरेका थिए ।

No description available.

बडिमालिका नगरपालिका वडा नम्मर ६ का कार्यवाहक वडा परे बडुवालको अध्यक्षतामा संचालन गरिएको अभिमुखिकरण कार्यक्रमको प्रमुख अथिती नगर उपप्रमुख नन्दा कुमारी थापा रहेकी थिइन् ।  वडासचिव अम्मर बहादुर बडुवाल संचालन गरेको अभिमुखिकरण कार्यक्रममा वडा भित्रका राजनितिक दलका प्रतिनिधी, वडाका प्रतिनिधि, स्वास्थ्य स्वंम सेविका, स्थानिय लगाएत ५० जना बढीको सहभागिता रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार