होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दन र गलैंचा उत्पादन सम्वन्धि ९० दिने तालिम सम्पन्न
समाचार

दन र गलैंचा उत्पादन सम्वन्धि ९० दिने तालिम सम्पन्न

  • नागरिक रैबार
दन र गलैंचा उत्पादन सम्वन्धि ९० दिने तालिम सम्पन्न

नागरिक रैबार/बाजुरा २९ जेठ।मार्तडीमा परम्परागत दन र गलैंचा उत्पादन सम्वन्धि ९० दिने तालिमको समापन गरिएको छ ।
बडीमालिका नगरपालिकाको आर्थिक सहयोग, घरेल तथा साना उद्योग कार्यालयको साझेदारी र नेपाल भोटे जनजाति सेवा संघ केन्द्रिय कार्यालय बाजुराको आयोजनामा ३ महिना देखि संचालन भएको उक्त तालिम आज सम्पन्न गरिएको हो ।

९० दिने उक्त तालिमको आज बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले एक कार्यक्रमका विच सम्पन्न गरेका हुन् ।तालिमको समापन कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले भोटे जनजाति समयुदायको परम्परागत पेशालाई यो तालिमले थप प्रभावकारी र आत्मनिर्भर बन्न सजिलो हुने बताएका छन् ।

May be an image of 10 people

विज्ञापन

९० दिने तालिममा भोटे जनजाति समुदायका ११ जनाले तालिममा सहभागि भएका थिए । तालिमा सहभागी जनजाति समुदायका स्थानीयहरुले यो तालिमले हाम्रो परम्परा देखि गर्दै आएको काममा थप सहयोग पुगेको बताएका छन् ।

नेपाल भोटे जनजाति सेवा संघ केन्द्रिय कार्यालय बाजुराका अध्यक्ष गम्भिरसिंह गुरुङको अध्यक्षतामा सम्पन्न गरिएको तालिमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का रहेका थिए ।

May be an image of 7 people and text

समापन कार्यक्रममा बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्याय, बडिमालिका नगरपालिका आदिवासी जनजाति (भोटे) समन्वय समितिका संयोजक बुद्धी बोगटी, घरेलु तथा साना उद्योग कार्यालय बाजुराका कार्यालय प्रमुख मानबहादुर चाट, प्राविधिक पदम ऐर लगायत सहभागि भएका थिए । तालिम समापन कार्यक्रमको संचालन नेपाल भोटे जनजाति सेवा संघ केन्द्रिय कार्यालय बाजुराका सचिव दावा गरुङ भोटेले गरेका थिए ।

No description available.

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार