होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाज
  • सुदूरपश्चिम प्रदेशले तोकेको नयाँ भाडादर बाजुरामा कायम भएन
समाज

सुदूरपश्चिम प्रदेशले तोकेको नयाँ भाडादर बाजुरामा कायम भएन

  • नागरिक रैबार
सुदूरपश्चिम प्रदेशले तोकेको नयाँ भाडादर बाजुरामा कायम भएन

नागरिक रैबार/बाजुरा २१ जेठ।सुदूरपश्चिम प्रदेश सरकाले तोकेको भाडादर बाजुरामा कायम नभएको पाईएको छ ।सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रीपरिषद) को जेठ १६ गते गरेको निणर्य अनुसार प्रदेश भित्र चल्ने सार्वजनिक सवारी साधानको नयाँ भाडादर बाजुरामा कायम नभएको पाईएको हो ।

प्रदेश सरकारले जेठ १८ गतेबाट कायम हुने गरी गरेको निणर्य अनुसार धनगढी देखि बाजुराको सदरमुकाम मार्तडीसम्मको ३ सय १७ किलोमिटर सडकमा १ हजार १ सय ४१ रुपैयाँ कायम गरेको छ । तर बाजुराको सदरमुकाम मार्तडीबाट धनगढी जाने यात्रुहरुले अहिलेपनि १ हजार ५ सय ८४ रकम तिर्दै आएका छन् ।

No description available.

विज्ञापन

प्रदेश सरकारले नयाँ भाडादर कायम गर्ने निणर्य गरेको २ दिनपछि बडीमालिका नगरपालिका २ कि सोनाम चम्बों तामाङले बाजुराबाट धनगढी सम्म जानको लागि १ हजार ५ सय ८० रुपैयाँ गाडी भाडा तिर्नु परेको बताएकी छन् ।

May be an image of ticket stub

यता यातायात व्यवसायीले भने सुदूरपश्चिम प्रदेश सरकारले निणर्य गरे अनुसारको नयाँ भाडादर कायम बारे यातायात व्यवसायीहरुलाई कुनै जानकारी नभएपछि बाजुरामा यात्रुहरुबाट पुरानै भाडादरमा यात्रुहरुलाई पठाउने काम भईरहेको काउन्टरका प्रतिनिधि धनबहादुर रोकायाले बताएका छन् । बाजुराबाट काठमाण्डौ, नेपालगंज, महेन्द्रनगर र धनगढीसम्म बससेवा संचालन हुँदै आएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार