होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सन नेपाल लाईफ इन्स्योरेन्स बाजुराद्वारा मृत्यु दावि भुक्तानी
समाचार

सन नेपाल लाईफ इन्स्योरेन्स बाजुराद्वारा मृत्यु दावि भुक्तानी

  • नागरिक रैबार
सन नेपाल लाईफ इन्स्योरेन्स बाजुराद्वारा मृत्यु दावि भुक्तानी

राजेन्द्र रोकाया/बाजुरा २९ जेठ। सन नेपाल लाईफ इन्स्योरेन्स बाजुरा उप-शाखाले मृत्यु दावि भुक्तानी वापत ८ लाख ८८ हजार ९ सय २७ को चेक हस्तान्तरण गरेको छ । विमित मेल्लेख गाउँपालिका वडा नं. २ निवासी केशर बहादुर बुढा, बुढीनन्दा नगरपालिका १० निवासी लालचन्द्र राेकाया र गाैमुल गाउँपालिका २ निवासी रामबहादुर बाेहराकाे निधनपछि मृत्यु दावि भुक्तानी गरिएको सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उप-शाखा बाजुरा प्रमुख हेमन्त नाथले जानकारी दिनुभयो ।

मृत्यु दावि भुक्तानी मृतक बुढाकी श्रीमती धनकला बुढा, राेकायाकी श्रीमती निर्मला कुमारी राेकाया र बाेहराकी श्रीमती बेलुदेवि बाेहरालाई उप-शाखा प्रमुख हेमन्त नाथले चेक हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरण गर्दै उप-शाखा प्रमुख नाथले भन्नुभयो “भनिन्छ नि जन्म पश्चात् मरण अवस्य हुन्छ, यो बिज्ञान संबत नियम नै हो ।

एउटा परिवारको जिम्मेवार सदस्य गुमाउनुको पिडा बेग्लै छ । तर मृत्यु पछिको परिवारको आर्थिक अवस्थालाई थोरै भए पनि सहजता ल्याउन सक्यो भने पनि ठूलो राहत हुन्छ, यसर्थ विमा गर्न जरुरी छ ।” विमित केशर बुढाले १ लाख २८ हजारकाे विमा गराउनुभएको थियो । बार्षिक बिमाशुल्क रु ८ हजार ४ सय ८० रुपैयाँ ४ किस्ता भरेर जम्मा रकम रू ३३ हजार ९ सय २० रुपैयाँ जम्मा गर्नुभएको थियाे । बनाेस सहित रु १ लाख ४३ हजार ४ सय ७७ रुपैयाँ श्रीमती धनकला बुढालाई हस्तान्तरण गरिएको हाे । विमित बुढाको एक बर्ष अघि भारतमा निधन भएको थियो ।

विज्ञापन

त्यस्तै विमित लालचन्द्र राेकायाले १ लाख ५० हजारकाे विमा गराउनुभएको थियो । बार्षिक बिमाशुल्क रु ९ हजार ९ सय ३७ रुपैयाँ ५ किस्ता भरेर जम्मा रकम ४९ हजार ६ सय ८५ जम्मा गर्नुभएको थियाे । बनाेस सहित रु ३ लाख २२ हजार ९ सय ५० रुपैयाँ श्रीमती निर्मला कुमारी राेकायालाई हस्तान्तरण गरिएको हाे । विमित राेकायाका एक बर्ष अघि घाँस काट्ने क्रममा भिरबाट लडेर निधन भएको थियो । साथै विमित रामबहादुर बाेहराले २ लाख विमा गराउनुभएको थियो ।

बार्षिक बिमाशुल्क रु १५ हजार ७ सय ३५ रुपैयाँ ४ किस्ता भरेर जम्मा रकम ६२ हजार ९ सय ४० जम्मा गर्नुभएको थियाे । बनाेस सहित रु ४ लाख २२ हजार ५ सय रुपैयाँ श्रीमती बेलुदेबि बाेहरालाई हस्तान्तरण गरिएको हाे । विमित बाेहराकाे तीन महिना अघि भीरबाट लडेर निधन भएको थियो । उक्त कार्यक्रम सन नेपाल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड बाजुरा उप-शाकाे कार्यालयमा गरिएको थियोे ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार