होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • यात्रा
  • नागरिक रैबार चाैथो वर्ष पुरा गरि पाँचाै वर्षमा प्रवेश !
यात्रा

नागरिक रैबार चाैथो वर्ष पुरा गरि पाँचाै वर्षमा प्रवेश !

  • नागरिक रैबार
नागरिक रैबार चाैथो वर्ष पुरा गरि पाँचाै वर्षमा प्रवेश !

हामीले ४ वर्षअघि आजैको दिन २०७६ जेठ ३१ गते नागरिक रैबार डटकम (nagarikraibar.com) न्युज पोर्टल पाठकहरु माँझ ल्याएका थियौँ ।

लाटा घटाल मल्टिमिडिया प्रालिद्वारा बाजुराको सदरमुकाम मार्तडीबाट संचालित नागरिक रैबार डटकम पाठक, दर्शक र श्रोतामाझ ४ वर्ष अगाडि संचालनमा आएको थियो । यहाँहरूको निरन्तर साथ र सहयोगमा आजबाट हाम्रो यात्रा चौथोे वर्ष पुरा गरेर आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ ।

पाँचौं वर्षमा प्रवेश गरेको सुखद् अवसरमा हाम्रा पाठक वर्ग, श्रोता-दर्शक, समाचार स्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक एवं नागरिक रैबारको यो अनवरत यात्रामा जोडिनु भएका सबै सबैप्रति हामी हार्दिक आभार प्रकट गर्न चाहान्छौ ।

विज्ञापन

राज्यकै पुछारमा रहेको विकट बाजुरा जिल्लामा नागरिक रैबार डटकम डिजिटल पत्रिकालाई संचालन गरेर पत्रकारिताको माध्यमलाई आफ्नो गहन जिम्मेवारी ठानेर हामी ४ वर्षको अवधि पुरा गरि पाँचाै वर्षको सूरुवातमा आएका छाै ।

बाजुरा जस्तो विकट ठाउँमा हामी कसैसँग प्रतिस्पर्धामा छैनौँ । हाम्रो प्रतिस्पर्धा भनेकै बाजुराका दविएका र दवाईएका जनताका आवाजहरु बुलन्द गर्नु हो । तसर्थ समाजका बेथिति, विकृति र विसंगतिविरुद्ध जनताको आवाज बन्दै सामाजिक न्यायसहितको समृद्धिका लागि हामी कटिबद्ध भएर लाग्दै आएका छौ र लागिरहने छौ ।

अनलाईनको ४ वर्षे अनवरत यात्रामा हामीसँग देश तथा विदेश र जिल्ला भित्रका पाठक, दर्शक र श्रोताहरुको मन जित्ने प्रयास गरेका छौ । हाम्रो टिमले ४ वर्षमा थुप्रै शुभचिन्तकहरूको निरन्तरको साथ र सहयोग पाउँदा निकै हर्षित छौँ ।

सत्य तथ्यमा आधारित निष्पक्ष खबर जनतालाई दिनुनै हाम्रो कर्तव्य हो । हामी सोही संकल्पका साथ अगाडि बढीरहेका छौं यो कुरा ४ वर्षको यात्रामा पाठक वर्गहरुले देखिसक्नु भएको छ । आगामी वर्षमा पनि हामी नागरिक रैबार डटकमलाई स्वतन्त्र निश्पक्ष बनाउँदै लैजाने अठोट गर्दछौं ।

यो अनलाईनकोे बाजुराबाट प्रारम्भ गर्नुनै अनलाइन पत्रकारितामा नयाँ अभ्यासको थालनीको जमर्को थियो । सूचना प्रविधीको वर्तमान युगमा हरेक मानिसका हात-हातमा यहाँका नागरिकका सवालहरुको पहिचान गरि सत्य तथ्य समाचार, सूचना, विचार र मनोरन्जन र्पुयाउने हाम्रो एकमात्र लक्ष्य हो । र, पाँचौ वर्षमा पाइला टेक्दै गर्दा हामी दोर्होयाउन चाहन्छौं यो क्रम जारी रहनेछ ।
तथ्यपरक पत्रकारितामार्फत समाजलाई जागरुक गराउनेतिर पनि हामी क्रियाशील हुनेछौं ।

हामी हाम्रा पाठकहरुहरुको सुझावलाई जहिल्यै उच्च महत्व दिन्छौं, आगामी दिनहरुमा यहाँका सुझावहरु हाम्रा लागि अझ महत्वपूर्ण हुने कुरामा विश्वास दिलाउन चाहन्छौं ।

नागरिक रैबार डटकम गएको ४ वर्षमा बाजुरा जिल्लामा जस्तो दुर्गम ठाउँमा नियमित विजुली बत्ती नहुने र कछुवाको गतिमा दोडिरहेको बाजुराको इन्टरनेट सेवाको विचपनि अनलाइन पत्रकारितामा नागरिक रैबार सशक्त संचार माध्यमको रूपमा उदाइसकेको छ ।

हामीले ४ वर्षमा अनलाईन पत्रकारितामा फरक अभ्यास सहित दुर्त गतिमा अगाडी बढ्ने कोसिस गरेका थियौं । अव पाँचौ वर्षमा त्यसलाई निरन्तरता दिनका लागि सदैव यहाँहरुको साथ, सहयोग र शुभेच्छा हामीलाई जरुरी पर्नेछ ।

अन्तमा निष्पक्ष, स्वतन्त्र, सन्तुलित र निर्भिकतापूर्वक समाचार सामग्री प्रवाह गर्ने दायित्वबाट हामी कदापि विचलित हुने छैनौं । साथै हाम्रो सफलताको ४ वर्षे यात्राका क्रममा हामीलाई सहयोग गर्नुहुने बाजुरा जिल्लाका ९ वटै स्थानीय तह, जिल्ला प्रशासन कार्यालय बाजुरा, जिल्ला हुँलाक कार्यालय, जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयहरु, आमपाठकवर्ग, शुभेच्छुक, विज्ञापनदाता, सहकर्मी पत्रकार तथा कर्मचारी सबैमा धन्यवाद दिन चाहन्छौं ।

रमेश विक
संचालक/अध्यक्ष
धन्यवाद !

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार