होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, बैशाख १६, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अनेरास्ववियुले लगायो राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जत्ताको माला
समाचार

अनेरास्ववियुले लगायो राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जत्ताको माला

  • नागरिक रैबार
अनेरास्ववियुले लगायो राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जत्ताको माला

नागरिक रैबार/बाजुरा २० जेठ।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाजुराले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालको फोटोमा जुत्ताको माला र कालोमोसो दलेका छन् ।

राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालले देशको हित विपरित कामहरु गरेको आरोप लगाउँदै शुक्रबार साँझ सदरमुकाम मार्तडीमा अनेरास्ववीयु बाजुराले विरोध प्रर्दशन गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको फोटोमा जुत्ताको माला र कालोमोसो दल्दै पुत्ला समेत जलाएका हुन् ।

नागरिकता प्रमाणीकरण खारेज र भारतीय हस्तक्षेप बन्द गर्नुपर्ने माग गर्दै अनेरास्ववियु बाजुराले जिल्ला खेलकुद विकास समिति हुँदै गैरीबजार वन डिभिजन कार्यालय, खुलामंच हुदै लोकतान्त्रिक चोकमा विरोध प्रर्दशन गर्दै कोण सभा गरेको थियो ।

विज्ञापन

अनेरास्ववियु बाजुराका सचिव हिक्मत रोकायाको नेतृत्वमा गरिएको विरोध प्रर्दशनमा राष्ट्रिय युवा संघ नेपालका जिल्ला सचिव विष्णु कार्की लगायतका युवा विद्यार्थीहरु सहभागि भएका थिए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार