होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बाजुरा । स्वामीकार्तिक खापर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०।८१ का लागि ३५ करोड ८९ लाख २१ हजार बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको दोश्रो गाउँ सभामा पालिकाका उपाध्यक्ष मैना जोशीले बजेट प्रस्तुत गरेकी हुन् । पालिकाले चालु तर्फ २५ करोड ९५ लाख ११ हजार र पुजिँगत तर्फ ९ करोड ९४ लाख १० हजार विनियोजन गरेको […]
बाजुरा। खप्तड छेडेदह गाउँपालिकाले आर्थिक वर्षका लागि ४५ करोड ५८ लाख ४४ हजार ३ सय बजेट प्रस्ताव गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष विसुदेवी नाथले १३ औं गाउँ सभामा उक्त बजेट प्रस्तुत गरेकी हुन् । बजेटमा संघको समानीकरणमा १० करोड ४१ लाख र प्रदेशको १ करोड बजेटको अनुमानित गरिएको प्रस्तुत गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णराज […]
नागरिक रैबार/बाजुरा १० असार । जिल्लाको बुढीगङ्गा नगरपालिकाको आठौं नगरसभाले जम्मा ६१ करोड ७६ लाख को बजेट ल्याएको छ । जस मध्ये ५२ करोड ५१ लाख पुजिगत र ९करोड पैसठ्ठी लाख चालु बजेट अनुमोदन गरेको छ भने नितिगत रुपमा यस नगरपालिकाको आर्थिक एन ,स्थानिय भु-उपयोग नीति लगायत २१ वटा कार्यबिधी निर्माण गर्ने निर्णय भएको छ […]
नागरिक रैबार/बाजुरा १० असार।जिल्लाको गौमुल गाउँपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेको छ । यस वर्षको निति तथा कार्यक्रमबाट पालिकाले विशेष गरेर स्वास्थ्य शिक्षा, र सडकलाई प्रमुख प्राथमिकतामा राख्ने निति लिएको छ । पालिका भित्रका सवै वडाका कार्यालय सम्म सडकको पहुँच पुगाउने निति तथा कार्यक्रममा समावेश गरिएको गाउँपालिकाका अध्यक्ष हरीबहादुर रोकायाले […]
नागरिक रैबार/बाजुरा १० असार। बाजुराको हिमाली गाउँपालिकाले यस वर्षबाट गाउँपालिका भित्रका एकल पुरुषलाई भत्ता र उमेर पुगेपछि मात्रै विहे गर्ने छोरीलाइ सम्मान गर्ने निति तथा कार्यक्रम ल्याएको छ । त्यस्तै पालिकाले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा अपाङ्गता भएका बालबालिका र र पाठेघर खसेका महिलाको उपचार पालिकाले आफै गर्ने नितिलाइ अघि सारेको […]
नागरिक रैबार/बाजुरा १० असार । बाजुराको बुढीनन्दा नगरपालकिाले ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट प्रस्तुत गरेको छ । संघयि र प्रदेश सरकारको अनुदान, आन्तरकि आम्दानी र राजश्व सहीत ४४ करोड ४९ लाख २३ हजार २ सय ५७ रुपैया बजेट आगामी वर्षका लाग प्रस्ताव गरिएको हो । यस वर्ष शिक्षा क्षेत्रलाई […]
नागरिक रैबार/बाजुरा १० असार। बाजुराको बडीमालिका नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४७ करोड ३६ लाख १९ हजार रुपैयाँको बजेट ल्याएको छ । संघ र प्रदेशबाट प्राप्त बजेट दाता निकायसँगको साझेदारीमा सञ्चालित कार्यक्रम र आन्तरिक राजश्वबाट प्राप्त आम्दानी गरि ४७ करोड ३६ लाख १९ हजार ९ सय बजेट ल्याएको हो । हेर्नुहोस बजेटको पूर्णपाठ
नागरिक रैबार/बाजुरा ७ असार।जिल्लाको खप्तड क्षेडेदह गाउँपालिका आजबाट आफ्नै नयाँ भवनमा सरेको छ । स्थानीय तह घोषणासंगै साविकको डोगडी गाउँ विकास समितिको कार्यालयमा सेवा सञ्चालन गर्दै आएको पालिका आजबाट आफ्नै नयाँ भवनमा सरेको हो । स्थानीय तह घोषणा भएको ६ वर्षपछि पालिकाले आफ्नै प्रसासकीय भवन निर्माण गरेर सरेको हो । नयाँ भवनमा आज पुजापाठ गरेर […]
नागरिक रैबार/बाजुरा ७ असार। बाजुराका सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश बहादुर सिह राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले पत्रकार सिंहलाई नगद ५० हजार सहित सम्मानित गरेको हो । सिंहले युवाका क्षेत्रमा कलम चलाएको भन्दै सम्मानित गरेको हो । सिंह बडीमालिका खबरका सम्पादक तथा नेपाल टेलिभिजन र त्यस्तै दि हिमालयन […]
नागरिक रैबार/बाजुरा ५ असार।होटल तथा पर्यटन व्यवसायीहरुका लागि ५ दिने तालिम बुढीनन्दा नगरपालिकाको कोल्टीमा सूरु गरिएको छ । नेपाल पर्यटन बोर्ड संगको सहकार्य र मुगु जिल्लाको खत्याड गाउँपालिकाको आयोजनामा उक्त तालिम आजबाट कोल्टीमा रहेको होटल इको भेलेजमा सूरु गरिएको हो । कर्णाली करिडोर आसपास क्षेत्रमा पर्ने होटल तथा पर्यटन व्यवसायीहरुलाई होटल व्यवस्थापन तथा पर्यटन मैत्री […]
नागरिक रैबार बाजुरा ५ असार बाजुराको बडीमालिका नगरपालिकाले कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । बडीमालिका नगरपालिकाले विभिन्न वडामा उत्पादन भएका कृषि उपज सुरक्षित तवरले बजार र उपभोक्तासम्म पुर्याउन आजबाट एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । कृषकका उत्पादनले सही समयमा बजारसम्म पहुँचको अवस्था सिर्जना गर्न नगरपालिकाले कृषि एम्बुलेन्से सेवा संचालन गरेको बडिमालिका नगरपालिकाका प्रमुख अमर खड्काले […]
नागरिक रैबार/बाजुरा ३ असार।बाजुराको बुढीगंगा नगरपालिका वडा नम्वर ६ स्थित फालासैनमा मदन भण्डारी सामुदायिक पुस्तकालय भवन निर्माण हुने भएको छ । भवनको आज बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले सिलान्यास गरेका छन् । बुढीगगा नगरपालिकाकाे १५ लाख लगानीमा उक्त पुस्तकालय भवन निर्माण हुन् लागेकाे बताइएको छ । भवन निर्माणको काम भने उपभोक्ता समिति मार्फत गरिने भएको […]
नागरिक रैबार/बाजुरा ३ असार।बाजुराको बुढीगंगा नगरपालिका-९ जुवापानीमा नगर स्वास्थ्य केन्द्र संचालनमा ल्याइएको छ । बुढीगंगाको सहयोगमा वडा नम्वर ९ मा रहेको जुवापानी गाउँमा नगर स्वास्थ्य सेवा केन्द्र संचालनमा ल्याइएको हो । नगर स्वास्थ्य केन्द्रको आइतबार एक औपचारिक कार्यक्रमका विच बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बानियाँले उद्धघाटन् गरेका हुन् । जुवापानी गाउँका स्थानीयहरु विगत लामो समयदेखि […]
नागरिक रैबार/बाजुरा ३२ जेठ।जिल्लाकाे बुढीनन्दा नगरपालिकाले नगरभित्रका ९५ जना कृषकहरूलाई प्राेत्साहन सहित सम्मान गरेकाे छ । नगरपालिकामा २०७९/०८० मा संचालित कृषक संंग नगर प्रमुख कार्यक्रम अन्तर्गत बुढीनन्दाले प्रति कृषकहरूलाई २५ सयका दरले प्राेत्साहन सहित सम्मान गरेकाे हाे । बुढिनन्दा नगरपालिकाकाे आयाेजनामा २०७९ असाेज १६ र १७ गतेका दिन बडा दशैंकाे अवसरमा आयाेजना गरिएकाे कृषि मेला […]
नागरिक रैबार/बाजुरा ३१ जेठ।बाजुराको सदरमुकाम मार्तडीमा रहेको समता स्कुलका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । बेलायतमा बस्दै आएकी सामाजिक अभियान्ता इशा गुरुङले समता स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरेकी हुन् । दुर्गममा रहेको विद्यालयमा विद्यार्थीहरुको पठन पाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले समता स्कुलका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएको अभियन्ता गुरुङ बताएकी छन् । विदेशमा […]
हामीले ४ वर्षअघि आजैको दिन २०७६ जेठ ३१ गते नागरिक रैबार डटकम (nagarikraibar.com) न्युज पोर्टल पाठकहरु माँझ ल्याएका थियौँ । लाटा घटाल मल्टिमिडिया प्रालिद्वारा बाजुराको सदरमुकाम मार्तडीबाट संचालित नागरिक रैबार डटकम पाठक, दर्शक र श्रोतामाझ ४ वर्ष अगाडि संचालनमा आएको थियो । यहाँहरूको निरन्तर साथ र सहयोगमा आजबाट हाम्रो यात्रा चौथोे वर्ष पुरा गरेर आजबाट […]
नागरिक रैबार/बाजुरा ३१ जेठ। बाजुरामा चट्याङ लागेर एक युवकको मृत्यु गएको छ । मृत्यु हुनेमा जगन्नाथ गाउँपालिका १ का ३१ वर्षका यमराज विष्ट रहेका छन् । मंगलवार साझ आएको अविरल वर्षा संगै चट्याङ पर्दा बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । प्रहरीका अनुसार मृतक बिष्ट गाउँमै रहेकाे देउडा पाटन भन्ने ठाउँमा भैंसी […]
नागरिक रैबार/बाजुरा २० जेठ। भारतको मुम्वईको टाटा क्यान्सर अस्पतालमा उपचारारत रहेकी बाजुराकी जानकी देवि विकको उपचारका लागि बुढीगंगा नगरपालिकाले नगद ५० हजार आर्थिक रकम सहयोग गरेको छ । बुढीगगा नगरपालिका-१० का भरत विककी ३५ वर्षिया श्रीमति जानकीको आन्द्रामा क्यान्सर भएपछि विगत ८ महिनादेखि मुम्बईमा रहेको टाटा क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । क्यान्सर पिडित जानकीको […]
नागरिक रैबार/बाजुरा २७ जेठ। बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर ६ कोर्धमा व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सोमबार बडीमालिका नगरपालिका महिला तथा बालवालिका शाखाको आयोजना र युनिसेफको सहयोगमा ६ नम्वर वडा कार्यालयका कर्मचारी तथा जनप्रतिनिधि र समुदाय स्तरका नागरिकहरुसंग अभिमुखीकरण कार्यक्रम गरी सम्पन्न भएको हो । […]
नागरिक रैबार/बाजुरा ३० जेठ।बाजुराको बडीमालिका नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २ सय ८२ जनाले रोजगार पाएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत बडीमालिका नगरपालिका भित्रका ९ वटै वडामा २ सय ८२ जनाले रोजगार प्रदान गरेको बडीमालिकाका रोजगार संयोजक प्रमिला थापाले बताएकी छन् । नगरपालिका भित्रका बेरोजगारलाई लक्षित गरी रोजगारी सिर्जना गर्ने गरी आएको बजेटबाट नगरपालिकाको […]