होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नहकुल जाेशी/ काेल्टी १ फागुन । बाजुराको उत्तरपूर्वी क्षेत्रमा ट्राफिक प्रहरी खटिएको चार दिनमा ११ हजार ५ सय राजस्व संकलन भएको छ । ट्राफिक नियम उलंघन गर्ने सवारी साधनलाई कारवाहि गर्दा सो मात्रामा राजस्व संकलन भएको बाजुराका ट्राफिक प्रहरी जवान लम्वोधर नायकले बताए । हाल बाजुराको निर्वाचन क्षेत्र नं कमा सञ्चालीत कर्णाली करिडोर, मार्तडी कोल्टी […]
नागरिक रैबार/बाजुरा २८ माघ। २ महिना अघि दुवईम हत्या भएका हिमाली गाउँपालिका ७ का पुर्णविर नेपालीको शव घरमा लगिएको छ । दुवईमा हत्या भएको दुई महिना पछि नेपालीको सोमबार साँझ बाकसमा शव ल्याएर जिल्ला अस्पताल बाजुरामा रखिएको थियो । नेपालीको गत पौष ३ गते दुवईमा हत्या भएको थियो । घरपरिवारको गुजरा चलाउनका लागि २०७५ साल […]
नागरिक रैबार/बाजुरा २७ माघ । दलित अधिकारकर्मी गाेरख बहादुर सार्की सम्मानित भएका छन् । साेमबार बडीमालिका मिडिया हाउसकाे प्रथम बार्षिक उत्सव अवसरमा दलित अधिकारकर्मी सार्की सम्मानित भएका हुन् । दलित अधिकारकर्मी सार्कीले बाजुरा जिल्लामा सम्पूर्ण दलितका हक अधिकारका क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गरेकाे भन्दै सार्कीलाई सम्मानित गरिएकाे हाे । त्यस्तै कार्यक्रमा बाजुरा जिल्लामा विभिन्न क्षेत्रमा […]
नागरिक रैबार/बाजुरा २७ माघ। मार्तडीमा घरकाे छतबाट लडेर घाईते भएका हिमाली गाउँपालिका वडा न ६ का भिम प्रसाद पाण्डेका २ वर्षका छाेरा किस्मत पाण्डेकाे हेलिकप्टर मार्फत उद्घार गरिएकाे छ । साेमबार घरकाे छतवाट लडेर घाइते भएका बालककाे बाजुरा जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि नेपाली सेनाकाे हेलिकप्टर मार्फत उद्घार गरि थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा […]
नागरिक रैबार/बाजुरा २३ माघ। जिल्लाको स्वामीकार्तिक र हिमाली गाउँपालिकामा हप्तादिन देखि फैलिएको रुघाखोकी र भाईरल ज्वरो नियन्त्रण गर्न स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा परिचालन गरिएपछि विरामीहरुको संख्यामा कमि आएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वय जिल्ला अस्पतालबाट डाक्टर राजुराज जैशी सहित स्वास्थ्य कार्यालय बाजुरा मातहतका स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मीहरुको टोलीले रुघाखोकी र भाईरल ज्वरो प्रभावित क्षेत्रमा पुगेर […]
नागरिक रैबार/ बाजुरा १९ माघ। बाजुरा जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धीत निकायलाई नागरिक समाज बाजुराले हप्तादिन अगाडि जिल्लाका समसामयिक विषयमा ८ बुदे ध्यान आर्कषण पत्र दिएको थियो । आईतबार फेरि ८ बुदे ज्ञापनपत्र नागरिक सेवा सरोकार मञ्च बाजुराले तिनै विषयका सन्दर्भमा सिडियोलाई गुहार्न पुग्यो । र, भन्दै छ । सिडियो साहेव ! कोल्टीतिर निकै दुख […]
नागरिक रैबार/बाजुरा ६ माघ। लोक गायक विर्ख एल आरले बाजुराको कर्णाली नदिमा खसेको जीप दुर्घटना सम्वन्धि समसामयिक गीत बनाएर बजारमा ल्याएका छन् । गत पुस १७ गते जिल्लाको हिमाली गाउँपालिका वडा नं. ६ धु्लाचौरबाट कोल्टीका तर्फ आउँदै गरेको से १ ज १०६४ नम्बरको जीप कालापडा भन्ने ठाउँबाट कर्णाली नदीमा खस्दा चार जनाको ज्यान गएको थियो […]
नागरिक रैबार/बाजुरा ३ माघ। जिल्लाको हिमाली गाउँपालिका ३ बिच्छ्यामा हिउँपहिरोमा परेर ९ वटा बाख्रा मरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिउँपहिरोमा परेर ९ वटा बाख्रा मरेका छन् । त्यस्तै हिउँपहिरोमा परि १४ बाख्रा ब्यपत्ता भएका छन । व्यपत्ता भएका बाख्राहरुको खोजि भईरहेको छ । जिल्लाको उच्च हिमाली क्षेत्रमा […]
नागरिक रैबार/बाजुरा २० पुस। हिमाली गाउँपालिकाको धुलाचौरबाट कोल्टी तर्फ आउँदै गरेको जीप बाँधु नजिकैको कालापडा भिरमा दुर्घटनामा परि मृत्यु भएकाहरुको ४ दिनपछि पोष्टमार्टम गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा डाक्टर नहुँदा शव पोष्टमार्टममा ढिलाई भएको थियो । शव पोष्टमार्टमका लागि शनिवार जिल्ला अस्पताल बाजुराबा डाक्टर राजु जैशी नेतृत्वको चिकित्सक टोली झिकाईपछि ४ ओटै शवको […]
दयाराम पण्डित/ बाजुरा २९ कार्तिक। हिमाली गाउँपालिका वडा नं ३ लाम्पाटाका बालबालिका आधारभुत शिक्षाबाट पनि बञ्चित भएका छन् । भोटे जनजातीको बस्ती रहेको लाम्पाटमा अधारभुत विद्यालय पनि नहुँदा शिक्षाबाट बञ्चित हुनुपरेको हो । स्थानीय बासिन्दा एबं नेकपा जिल्ला कमिटी सदस्य छप्पीलाल बुढाका अनुसार “लामपाटावासी पेमागारा गुरुङ्ग, नर गुरुङ्ग,धार्चे लामा, खडकसिं गुरुङ्ग, इन्द्र गुरुङ्ग, लगायत १३ […]
नागरिक रैबार/बाजुरा ३१ भदौ। जिल्लाको हिमाली गाउँपालिका गुम्बामा भालुको आक्रमणमा परी गम्भिर घाईते भएका एक जनालाई हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको छ । हिमाली गाउँपालिका वडा नं. ३ गुम्बा निवाशि ३२ बर्षीया मंगल थापा भालुको आक्रमणमा परी घाईत भएका थिए । सोमबार बिहान भेडा चराउन गएका बेला भालुले आक्रमण गरेका थापालाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको […]
नागरिक रैबार/बाजुरा ३० भदौ। जिल्लाको हिमाली गाउँपालिका वडा न. ३ गुम्बामा भालुको आक्रमणबाट एकजना गम्भिर घाईते भएका छन् । सोमबार विहान गाउँ नजिकै रहेको जंगलमा गाईवस्त चराउन गएको बेला स्थानीय मंगल थापालाई भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भालुको आक्रमणमा परि गम्भिर घाइते भएका थापाको उपचारका लागि हेलिकप्टर चार्टर गर्ने पहल […]
नागरिक रैबार/बाजुरा २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा नेकपा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । दुई दिन अघि धनगढीमा बसेको नेकपा सुदूरपश्चिम कमिटीको बैठकले सुदूरपश्चिमका ९ वटै जिल्लाका ८८ वटा स्थानीय तहमा अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशले […]
नागरिक रैबार/बाजुरा १८ भदौ। बाजुरा जिल्लाका कृषकहरुले फलाएका स्याउहरु अव बारी बाटै ढुवानी गरिने भएको छ । कृषि ज्ञान केन्द्र बाजुराको २०७६÷७७ को वार्षिक कार्यक्रम अनुसार स्याउको बजार प्रर्वद्धन गर्ने उद्देश्यले कृषकहरुले खेतबारीमा फलाएका स्याउलाई बारीबाटै ढुवानी गर्नका लागि सूचना आह्वान गरेको छ । कृषकले फलाएका स्याउहरु बारीमै पुगेर ढुवानी गर्नका लागि कृषि ज्ञान केन्द्र […]
नागरिक रैबार/बाजुरा ८ भदौ। जातीय भेदभाव गरेको आरोपमा पक्राउ परेका २ जना जिल्ला प्रहरी कार्यालय बाजुराबाट ४ दिन पछि सरी दिदी भन्दै छुटेका छन् । हिमाली गाउँपालिका वडा नं. ६ धिमका गोरख सार्की र उनकी पत्नी आप्सरी ऐडी सार्कीले आफुलाई घरमै आएर सोही ठाउँका चिरिम मल्ल र भुपी मल्लले जातीय भेदभाव हुने गरी गाली गलौज […]
नागरिक रैबार/ बाजुरा ५ भदौ। बाजुरा जिल्लाको हिमाली गाउँपालिकामा जातीय विभेदकाे गरेकाे आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । हिमाली गाउँपालिकाको वडा नं. ६ धिममा भदौ २ गते लागेको खौं मेला हेरेर दलित अधिकारकर्मी गोरखबहादुर शार्की र उनकी श्रीमति आप्सरी ऐडी शार्की राति आफ्नाे घरमा सुतिरहेको बेला हिमाली गाउँपालिका अध्यक्ष मल्लका छोरा र भतिजाले […]
धर्मराज सुनार/बाजुरा १९ साउन । बाजुराको हिमाली गाउँपालिका वडा नं १ कि १६ वर्षिया किशोरी बासमति भण्डारीको २ महिना १० दिन पछि वेवारिसे अवस्थामा शव फेला परेको छ । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि विच्छ्या माध्यामिक विद्यालय बाट खेलमा सहभागी भएकी बासमति भण्डारी जेष्ठ महिनाको ७ गते बाट बेपत्ता भएकि थिईन् । किसोरी भण्डारीको शनिबार […]
राजेन्द्र वि.क./बाजुरा ११ साउन. समुदायमा अतिरिक्त सिकाई कक्षा संचालन भएपछि बालवालिकाको पढाई प्रभावकारी बन्दै गएको छ । युनिसेफ बिश्व शिक्षा नेपालको आर्थिक तथा प्राबिधिक सहयोग तथा बाजुराका स्थानीय तहहरुसंगको समन्वय र सेतोगुराँस बालबिकास सेवा बाजुराद्वारा संन्चालित समता र समाबेशी शिक्षा कार्यक्रम संचालन पश्चात समुदायका बालवालिकाहरुमा पढाई प्रति परिवर्तन आएको हो । समता र समाबेशी शिक्षा […]
नागरिक रैबार/बाजुरा १ साउन। बाजुराको हिमाली गाउँपालिका–३ युनामा भीरबाट लडेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका ३० वर्षीय बेलधन बुढा रहेका छन् । मगलबार विहान घर नजिकै रहेको वनमा घाँस काट्न गएका वेला उनकाे भिरबाट चिप्लिएर लडेपछि मृत्यु भएको हो । मगलबार गाइवस्तुका लागि घाँस काट्न गएका मृतक बुढा समयमै घर […]
नागरिक रैबार/बाजुरा २३ असार। ईलाका प्रहरी कार्यालय कोल्टीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका २ जना कार्यकर्तालाई पक्राउ गरेको छ । सोमबार विहान ईलाका प्रहरी कार्यालय कोल्टीबाट प्रहरी नायव निरिक्षक शेरबहादुर कुँवरको नेतृत्वमा खटिएको प्रहरीको टोलिले हिमाली गाउँपालिकाको धुलाचौरबाट विप्लव समूहका मुगु जिल्ला कमिटी सदस्य खत्याड गाउँपालिका ८ का बाँचे दमाई र नन्दविर ढोलीलाई पक्राउ गरेको हो […]